संवादहीनता तोड्दै भुवन र प्रदीपले हाले अंगालो
गत असोजमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ‘प्रेमगीत ३’ निर्माण समूहबीच निकै आरोप–प्रत्यारोप चल्यो । विवाद र नोकझोंक यति चल्यो कि अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष केसीको राजीनामा मागे । यसपछि झनै विवाद चुलियो । विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन ।


