निर्माता रोहित अधिकारीको फिल्मबाट डेब्यु गर्दै दिलीप रायमाझीकी छोरी दिव्या

अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले रोहित अधिकारीले निर्माण गर्ने फिल्मबाट अभिनय करिअर थाल्ने भएकी छन् । सोसल तथा लभस्टोरी ड्रामालाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । फिल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछाने पनि तय भइसकेका छन् । खगेन्द्रको पटकथा लेखन रहने यो ‘अनटाइटल’ फिल्मलाई भदौ पहिलो सातादेखि छायांकन गर्ने तयारी छ ।

प्रबल गुरुङको डिजाइन पहिरिएर आलियाले मेटगालामा डेब्यु गर्ने

बलिउड अभिनेत्री आलिया भट्टले विश्व फेसनको महाकुम्भ मानिने मेटगालामा यस वर्ष डेब्यु गर्ने भएकी छन् । रोचक कुरा के छ भने नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले तयार पारेको पहिरनमै उनले मेटगालामा डेब्यु गर्नेछिन् । यसअघि पनि आलियाले प्रबलको डिजाइन लगाएकी छन् भने उनी प्रबलकी फ्यान समेत हुन् । गत

ब्ल्याकपिंक बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिने ब्याण्ड

दक्षिण कोरियाली गर्ल्स पपब्याण्ड ‘ब्ल्याकपिंक’ले युट्युबमा सर्वाधिक हेरिने कलाकारको विश्व कीर्तिमान राखेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गायक जस्टिन बिबरको रेकर्डलाई उछिन्दै ब्ल्याकपिंकले विश्व रेकर्ड रचेको हो । सन् २०१६ मा स्थापना भएको ब्याण्डलाई अहिलेसम्म युट्युबमा ३०.१ बिलियन पटक हेरिएको छ । १३ वर्षपछि जस्टिन बिबरको कीर्तिमान तोडिएको हो ।

‘केजीएफ ३’ बन्ने, आगामी वर्षदेखि छायांकन हुने

केजीएफ फ्रेन्चाइजी भारत मात्र नभएर नेपालमा समेत उत्तिकै रुचाइएको फिल्म हो । यसका अघिल्ला दुवै शृंखलाले नेपाली बक्स अफिसमा समेत उधुम कमाइ गरे । फ्यानहरु तेस्रो श्रृंखलालाई लिएर अधैर्य छन् । गत वर्ष रिलिज भएको दोस्रो अध्यायले विश्व बक्सअफिसमा हजार करोड भारु कमायो ।त्यसयता यो भारतीय फिल्ममा परिवर्तनकारी घटना बनिसकेको

सीमा संरक्षणको सन्देश बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक

सीमा संरक्षणको सन्देश दिने कथावस्तु बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा नवल खड्का, सुरविना कार्कीसहित शीर्ष कलाकारको अभिनय छ । नयाँवर्षको अवसरमा सार्वजनिक गीतले राष्ट्रिय हितको पक्षमा उभिन आह्वान समेत गर्छ । गीतमा गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा,

कम शो पाएको ‘बुलाकी’को सुखद व्यापार, सकारात्मक प्रतिक्रिया

  शुक्रबारदेखि रिलिज भएको फिल्म ‘बुलाकी’ले बक्सअफिसमा सुखद सुरुआत गरेको छ । यो फिल्मलाई मल्टिप्लेक्सले निकै नै कम शो उपलब्ध गराएका छन् । ‘जारी र बिहे पास’को तुलानामा कम शो पाएको फिल्मले प्रिमियरबाट नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो । शुक्रबार यो फिल्मले देशभरका मल्टिप्लेक्समा दर्शकको सुखद साथ पाएको छ ।

कृष्ण मल्लले ‘कीर्तिमय राष्ट्रदीप विभूषण’ पदक नलिने

अभिनेता कृष्ण मल्लले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिएको पदक नलिने भएका छन् । शीतल निवासमा पदक वितरण भइरहेकै समयमा फेसबुकमा स्टाटस लेख्दै मल्लले आफूलाई प्रदान गर्ने भनिएको ‘कीर्तिमय राष्ट्रदीप विभूषण’ स्वीकार नगर्ने बताएका हुन् । पदक नलिने घोषणा गरेपछि अभिनेता मल्लसँग जिज्ञासा राखेको थियो । आफूलाई सुरुमा सुकीर्तिमय पदक दिने

यस वर्ष विवाह गर्ने तयारीमा पूजा शर्मा

  अभिनेत्री पूजा शर्माले नयाँवर्ष २०८० मा विवाह गर्ने बताएकी छन् । उनले भनिन्, ‘यो वर्ष मैले जिन्दगीको एउटा नयाँ निर्णय समेत लिंदैछु । यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’ अभिनेत्री शर्मा र प्रेमी युद्ध बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । नयाँवर्षको अवसरमा काठमाडौं मलस्थित फेसियल

महेश त्रिपाठीको ‘हल्कारा’ ट्रेलर :हुलाकीले गर्ने संघर्षको कथा

कथानक फिल्म ‘हल्कारा’को अधिकारिक ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरियो । दुई मिनेट ५१ सेकेण्ड लामो ट्रेलर जिजिविषाका लागि हुलाकीले गर्ने संघर्षको कथा पेश गर्छ । वैदेशिक रोजगारीको एक आयाम फिल्मको प्रमुख कथ्य हो । शीर्ष चरित्रमा देखिएका महेश त्रिपाठीको अभिनय सशक्त

‘बुलाकी’ प्रिमियरमा कलाकार र सांसद शाही आक्रोशित, शो बाँडफाँटमा विभेद गरेको गुनासो

शुक्रबारदेखि प्रदर्शन हुन लागिरहेको फिल्म ‘बुलाकी’को बुधबार बेलुका रेडकार्पेट प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित समारोहमा फिल्म टोलीसँगै सेलिब्रिटी सहभागी रहे । सुरक्षा पन्त, नरेन खड्का, नीता ढुंगाना, हरिहर अधिकारीदेखि राप्रपा सांसद ज्ञानेन्द्र शाहीसम्म प्रिमियरमा उपस्थित भए ।‘बुलाकी’को प्रिमियरमा फिल्मको चर्चाभन्दा यसले प्राप्त गरेको हल शो संख्याको विषयले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.