कृति सेननसँग इन्गेजमेन्टको खबरबीच प्रभासले लिए फिल्म छायांकनबाट लामो बिदा

भारतीय अभिनेता प्रभास गत सातादेखि मिडिया हेडलाइन बनिरहेका छन् । अभिनेत्री कृति सेननसँगको इन्गेजमेन्टको खबर भाइरल बनिरहेको बेला उनको स्वास्थ्यलाई लिएर नयाँ खबर छ । विवरणका अनुसार ‘बाहुबली’ स्टार स्वास्थ्य समस्याबाट पीडित भएका छन् । स्वास्थ्यका कारण उनले आगामी फिल्मको छायांकन पनि स्थगित गरेको बताइएको छ । प्रभास केही दिनदेखि

निफको जुरी प्रमुखमा डिन ली र प्रेमेन्द्र

आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुन लागेको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी प्रमुख मनोनित गरिएको छ । निफले फिचर फिल्मतर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री फिल्मतर्फको प्रमुखमा बेइजिङ फिल्म एकेडेमीकी डिन ली रान छनोट

मलाई ‘बहिष्कार’ गर्नेहरूलाई चुनौती दिएँ : गायिका ज्योति मगर

गायिका ज्योति मगर यतिबेला फेरि चर्चामा छिन् । चर्चाको बिषय हो, अर्घाखाँची महोत्सवमा उनलाई बहिष्कार प्रसंग । उक्त जिल्लाका संगीतसम्बद्ध १० संघसंस्थाले महोत्सवमा उनलाई बहिष्कार गरेका थिए । त्यसको बाबजुद पनि उनले महोत्सवमा पुगेर आफ्नो प्रस्तुति दिएकी छन् ।बहिष्कार गर्ने सबै संघसंस्थालाई आफूले ‘बहिष्कार’ गर्ने भन्दै ज्योतिले हिम्मत भए रोकेर

‘परदेशी २’ को सरेको हो त रिलिज ?

फिल्मको प्राविधिक लगायत केही काम अझै बाँकी रहेकोले फिल्म फागुन ५ मा रिलिज हुन नसक्ने निर्माण युनिटले जानकारी दिएको छ । फिल्मका निर्माता निर्देशक नारायण रायमाझी हुन् ।‘फिल्मको केही दृश्य अझै खिच्नुपर्ने छ । प्राविधिक कार्यपनि सकिएको छैन । सायद अहिले भनेको फागुनको मितिमा फिल्म नआउन सक्छ’, निर्देशक रायमाझीले भने

नाना पाटेकर भन्छन्– मनिषा कोइरालासँग ब्रेकअपको क्षण निकै कठिन थियो

कुनै समय अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाबीचको अफेयरको खबरले बलिउड तातेको थियो । नानाले हालै फिल्मफेयर म्यागजिनसँगको अन्तर्वार्तामा मनिषासँगको अफेयरबारे कुरा गरेपछि यी दुईबीचको चर्चाले बलिउड फेरि गर्माएको छ । उक्त अन्तर्वार्तामा नानाले मनिषासँग आफ्नो विवाहेत्तर सम्बन्ध रहेको पनि स्वीकारेका छन् । यी दुईबीच प्रेमकथाको सुखद अन्त्य चाहिं

‘क्यामिनो’को औपचारिक घोषणाअघि मुम्बई पुगेर प्रदीपले गरे ग्रहशान्ति पूजा

निर्माताले फिल्म ‘क्यामिनो’को प्रमुख भूमिकामा प्रदीप खड्का हुने भनेर टिजर पोस्टर सार्वजनिक गरेपनि अभिनेता खड्का स्वयं यसबारे मौनजस्तै थिए । उनले सामाजिक सञ्जालमा समेत यसबारे केही उल्लेख गरेका थिएनन् । फिल्म साइन गरेर केही साइनिङ अमाउन्ट लिएपनि प्रदीपले खुलेर फिल्मबारे औपचारिक जानकारी दिएका थिएनन् । तर बिहीबार क्यामिनोको टिजर पोस्टर

संसदमा मोदीले गरे ‘पठान’को प्रशंसा, भने– दशकौंपछि कश्मीरका हल हाउसफुल चले

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको हालैको भाषणमा शाहरुख खानको फिल्म ‘पठान’को प्रशंसा गरेका छन् । कश्मीरको ठूलो सहर श्रीनगरका थिएटर हाउसफुल चलिरहेको पनि उनले टिप्पणी गरे । ३२ वर्षपछि श्रीनगरका हलहरु हाउसफुल चलिरहेका थिए । चाखलाग्दो कुरा के छ भने मोदीले आम दर्शकमा पठानको प्रभावको बारेमा चर्चा गर्दै भने, ‘श्रीनगरका

नीर शाहले दिए चलचित्र विकास बोर्डको सल्लाहकार संयोजकबाट राजीनामा

चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यले राजीनामा दिएका छन् । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको राजीनामा आएको साता

वर्षा सिवाकोटीको फिल्म ‘ए साथी सुन’ चैत १० मा आउने

वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘ए साथी सुन’को प्रदर्शन मिति घोषणा भएको छ । लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्म चैत १० गते देशव्यापी प्रदर्शन हुन लागेको हो । वितरण कम्पनी आरआर डिष्ट्रिब्युसनले फिल्मलाई उक्त मितिमा ल्याउने समझदारी बनेको छ । राजराघव आचार्यले निर्देशन गरेको फिल्ममा वर्षासहित

अभिनेत्री करिश्माले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिका विरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी छन् । उनले डिल्लीराम खनाल नामका एक व्यक्तिले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोप लगाउँदै उजुरी दिएकी हुन् । ‘कुनै आधार र प्रमाणबिना मलाई विभिन्न लाञ्छना लगाइन्छ भने म त्यो सहेर बस्न सक्दिन’ करिश्माले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.