२५० दिन अनिवार्य नेपाली फिल्म चलाउनुपर्ने निर्माता संघको माग

चलचित्र निर्माता संघले वर्षमा २५० दिन अनिवार्य रुपमा नेपाली फिल्म प्रदर्शन गर्ने नीति ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ । यसै साता निर्माता संघले सञ्चारमन्त्री रेखा शर्मालाई ज्ञापन बुझाउँदै यस्तो माग राखेको हो । चलचित्र संघसँग चरणवद्ध वार्ता जारी रहँदा निर्माता संघले दबाबस्वरुप सेयर बाँडफाँटसहितका माग अघि

राखी सावन्तका पति आदिल पक्राउ, विवाहेत्तर सम्बन्ध र ठगीको आरोप

राखी सावन्तका पति आदिल खान दुर्रानीलाई भारतको ओशिवारा प्रहरीले पक्राउ गरेको छ । सोमबार राति राखीले आदिलविरुद्ध विवाहेत्तर सम्बन्ध र ठगीको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि प्रहरीले मंगलबार आदिललाई राखीको घरबाट पक्राउ गरेको हो । आदिलले विवाहको नाममा आफूबाट सबै गहना र पैसा लिएको पनि राखीले प्रहरीलाई बताएकी छन् ।

रविन्द्र खड्काले दिए चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा

चलचित्र विकास बोर्डको सल्लाहकार समितिको सदस्य पदबाट अभिनेता तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा राजीनामा पत्रसहितको जानकारी सार्वजनिक गर्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन् । सल्लाहकार समितिले दिएका सुझाव कार्यान्वयन हुन नसकेको र केही महिनायता बोर्डबाट विवादित काम हुँदै आएकाले राजीनामा दिएको

हिमालय लोकस्टारमा आजदेखि मेगा अडिसन, महाजजको रुपमा आउँदै कुमार बस्‍नेत

टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारमा आज (मंगलबार)देखि मेगा अडिसन सुरु हुँदैछ । दर्शकले यो एपिसोडदेखि वरिष्ठ लोकगायक कुमार बस्नेतलाई जजको रुपमा देख्न पाउनेछन् । उनी यो रियालिटी शोमा महाजजको रुपमा प्रस्तुत हुँदैछन् । मंगलबार र बुधबार प्रसारण हुने एपिसोडमा मेगा राउण्ड हुँदैछ । यो चरणमा डिजिटल अडिसनबाट छानिएकाबीच प्रतिस्पर्धा हुनेछ

कलाकार पदमप्रसाद पौडेलको निधन, कलाकार संघले झण्डा ओढाएर श्रद्धाञ्जली दिने

पाका कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे पौडेलको निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । बेलुका ६ बजे पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरीरमा कलाकार संघको झण्डा

‘अगस्त्य’का लागि २५ किलो तौल बढाउँदै नाजिर, सौगातले २० किलो घटाउने

अभिनेता नाजिर हुसेन चरित्र चित्रणका लागि प्रशंसनीय मानिन्छन् । चरित्रमा ज्यान भर्न उनी मेहनत गरिरहेका हुन्छन् । अघिल्लो फिल्म ‘गुलाबी’मा पारालैंगिक महिलाको चरित्रमा आफूलाई रुपान्तरण गर्न उनले १५ किलो तौल घटाए । फिल्मको फस्टलुकमा पनि उनको यो मेहनत झल्किएको छ । अब भने हुसेन एक्सन थ्रिलर फिल्म ‘अगस्त्य : च्याप्टर

अभिनयबाट पाँच महिना विश्राम लिने तयारीमा विपिन कार्की

विपिन कार्की यतिबेलाका सबैभन्दा व्यस्त फिल्म कलाकार हुन् । आगामी एक वर्षसम्मै उनको व्यस्त तालिका छ । गत साता मात्र ‘प्रसाद २’ सकेर उनी आगामी फिल्म ‘भगवत् गीता’को छायांकनका लागि जनकपुर पुगेका छन् । फागुन ५ गते उनकै प्रमुख भूमिका रहेको ‘फूलबारी’ प्रदर्शन हुँदैछ । झरना थापाको निर्देशनमा बन्न लागेको

मिस नेपाल–२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै

मिस नेपाल–२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । इटहरीको होटल मादेन इनमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका

‘कान्तारा’को प्रिक्वेल सन् २०२४ मा रिलिज हुने

फिल्म ‘कान्तारा’बाट विश्वभर सनसनी मच्चाउने अभिनेता तथा निर्देशक ऋषभ शेट्टी अब छिट्टै यही फिल्मको पहिलो भाग अर्थात् प्रिक्वेल लिएर आउँदैछन् । शेट्टीले प्रिक्वेलसँग सम्बन्धित जानकारी सामाजिक सञ्जालबाट सेयर गरेका छन् । जम्मा १६ करोड भारुको बजेटमा बनेको ‘कान्तारा’ देवताको मिथकको कथा थियो, जुन यसअघि कन्नड भाषामा मात्रै रिलिज भएको थियो

फिल्म हलसम्म दर्शक तान्न सक्ने कलाकार अनमोल, प्रदीप र पूजा मात्र हुन् : शोभित बस्‍नेत

फिल्म निर्देशक शोभित बस्नेत बेलाबेलामा आफ्ना अभिव्यक्तिले चर्चामा आइरहन्छन् । लाखौं पारिश्रमिक लिने स्टारको फिल्मले पाँच शो पनि हाउसफुल गराउन नसक्ने उनको अभिव्यक्तिले चर्चा पाएको थियो । ‘तिम्रो मेरो साथ’ फिल्म चलिरहेको बेला उनले दिएको यो भनाइ अभिनेत्री साम्राज्ञी शाहतर्फ लक्षित रहेको बुझ्न कठिन छैन । साम्राज्ञीले पनि शोभितको यो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.