आर्यन सिग्देलबिनै निर्माताले घोषणा गरे ‘डिसेम्बर फल्स’को सिक्वेल

निर्माताले आर्यन सिग्देलबिनै फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरेका छन् । यसबारे जानकारी दिन सार्वजनिक गरिएको पोस्टरमा उपासना सिंह ठकुरीलाई मात्र चित्रण गरिएको छ । तर सिक्वेलमा आर्यनको सम्भावनाबारे संकेत गरिएको छैन । पहिलो शृंखलामा प्रमुख भूमिकामा रहेका सिग्देलबिनै पोस्टर सार्वजनिक गर्नुले उनी दोस्रो शृंखलामा नहुने संकेत

ओलीलाई भेट्न बालकोट पुगे वसुन्धरा भुसाल र चैत्यदेवी

अभिनेत्रीहरु चैत्यदेवी र वसुन्धरा भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । विवादास्पद सिभिल सहकारीमा फसेको निक्षेप फिर्ता ल्याउन मद्दत माग्दै अभिनेत्रीद्वयसहित २५ जना पीडित ओली निवास बालकोट पुगेका थिए । उक्त सहकारीका सञ्चालक इच्छाराज तामाङ एमालेका पूर्वसांसद समेत भएकाले यो समस्यामा अध्यक्ष ओलीले मद्दत गर्न सक्ने आशा

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसले छोटो फिल्म प्रतियोगिता गर्ने

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा छोटो फिल्म प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी हुन बिहीबारदेखि नै आवेदन खुला गरिएको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । क्याम्पस प्रमुख शिशिर उप्रेतीले यो प्रतिस्पर्धा फिल्मकर्मीलाई गतिलो प्लेटफर्म हुने बताए । धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि

अमेरिकी राजदूतले गरे काठमाडौंको इनसेसेन्ट रेन फिल्म स्टुडियोको अवलोकन

नेपालका लागि अमेरिका राजदूत डीनआर थम्पसनले नेपालको चर्चित भिजुअल इफेक्ट तथा एनिमेसन फिल्म स्टुडियो इनसेसेन्ट रेनको अवलोकन गरेका छन् । छाउनीस्थित स्टुडियोको भ्रमण गर्दै उनले फिल्मको पढाइ थालेका विद्यार्थीलाई उत्साहपूवर्क सिक्न सुझाव समेत दिए । हात्तीसारस्थित कार्यालय र छाउनीको स्टुडियोमा झण्डै दुई घण्टा बिताएका राजदूत थम्पसनले त्यहाँ हुने कामको शैली

लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन् । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको हो । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको

मलिका महत स्टारर फिल्म ‘सतीदेवी’ फागुनदेखि छायांकनमा जाने

अभिनेत्री मलिका महतलाई प्रमुख भूमिकामा लिएर बनाउन लागिएको फिल्म ‘सतीदेवी’को छायांकन आगामी फागुन तेस्रो सातादेखि हुने भएको छ । लक्ष्मण सुवेदीको निर्देशन, निर्माण र लेखन रहेको फिल्म नारीप्रधान कथावस्तुमा निर्माण हुन लागेको हो । ग्रामीण युवतीको संघर्षको कथा प्रस्तुत गर्ने यो फिल्मलाई काठमाडौं र उपत्यकाबाहिर छायांकन गर्ने तयारी छ ।

भारतीय बक्स अफिसमा ‘पठान’ :दुई दिनमै १२७ करोड भारु, बिहीबार एकैदिन ७० करोड

बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय

नाटु नाटु : ओस्कारमा छानिएको यो गीत कसरी तयार भयो ?

तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ओस्कारको ९५ औं संस्करणअन्तर्गत मौलिक गीत विधामा मनोनित भएको छ । यो त्यही फिल्मको गीत हो जसमा हिजोआज बालबालिका र वृद्धवृद्धा सँगै नाचिरहेका छन् । यो गीतले फिल्मप्रेमीको मन जितेको छ । गीत ‘नाटु नाटु’ (नेपालीमा नाच नाच)मा रामचरण र जुनियर एनटीआरले

भारतमा ‘पठान’को आक्रामक ओपनिङ, हिन्दी संस्करणमा मात्र ५१ करोड भारु

शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान राखेको छ । फिल्मले बुधबार हिन्दी संस्करणमा मात्र ५० देखि ५२ करोड भारुको हाराहारीमा ओपनिङ गरेको बलिउड हंगामाले जनाएको छ । यो बिदा नभएको दिनमा समेत सर्वाधिक ओपनिङ गर्ने रेकर्ड समेत बनेको छ । भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा

सलमान खानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

‘पठान’ रिलिज भएकै दिनको छेकोमा बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ । फरहाद सम्जी निर्देशित फिल्मको टिजरमा प्रशस्तै एक्सन दृश्य समावेश गरिएको छ । दर्शकले टिजरमा पनि सलमान खान शैलीलाई महसुस गर्न सक्छन् । सलमानको पात्रलाई पूर्णतः एक्सन स्टन्टमा प्रस्तुत गरिएको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.