‘पठान’को प्रशंसा गर्दै नेहाले भनिन्– बलिउडमा कि सेक्स बिक्छ कि शाहरुख खान
शाहरुख खानको ‘पठान’ले बक्स अफिसमा एकपछि अर्को रेकर्ड बनाइरहेको छ । जासूस–थ्रिलर फिल्म पठानपछि बलिउडमा ताजा हावा सञ्चार भएको व्याख्या भइरहेको छ । शाहरुखका फ्यान यतिबेला उत्सव मनाइरहेका छन् । नहोस् पनि किन, उनलाई मात्र होइन, बलिउडकै समेत यसले उद्धार गरेको छ । बलिउडकर्मीले यतिबेला पठानका निर्माताको प्रशंसा गरिरहेका छन्


