एनएसएल : एफसी चितवनले भित्र्यायो फ्रेन्च–सर्बियन खेलाडी गोरन जेर्भिक

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले युरोपियन खेलाडीलाई भित्र्याएको छ। चितवनले फ्रेन्च–सर्बियन खेलाडी गोरन जेर्भिकलाई अनुबन्ध गरेको छ । गोरनलाई नेपालमा स्वागत गरेको फोटो चितवनले आफ्नो सामाजिक सञ्जालमा राखेको छ। यसअघि नै चितवनले इजिप्टका दुई खेलाडी अहमेद

आईपीएल : धोनीको दुई सयौं खेलमा चेन्नाई विजयी

महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई सुपर किंग्सले जित हात पारेको छ । १४औं संस्करणमा पहिलो जित हात पार्ने क्रममा चेन्नाईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले

त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

काठमाडौंमा शनिबार शुरु हुने त्रिकोणात्मक टी–२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज शुरु हुँदैछ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लर नेदरल्याण्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले शुक्रबार सोल्टी होटलमा ट्रफी सार्वजनिक गरे ।  सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना

विराट गोल्डकपको फाइनलमा एपीएफ र पञ्जाव भिड्ने

विराटनगर । छैटौं संस्करणको विराट विराट गोल्डकपको उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब भिड्ने भएका छन् । विराटनगरको सहीद रंगशालामा जारी रात्रिकालीन प्रतियोगिताको उपाधिका लाथि एपिएफ र पञ्जाब पुलिस भिड्न लागेका हुन् । गोल्डकप आयोजक समितिले शुक्रबार विराटनगरमा ‘प्री–म्याच कन्फरेन्स’ गर्दै फाइनल प्रतिस्पर्धा शनिबारसाँझ ६

एनएसएलका लागि चितवनले भित्र्यायो इजिप्टका दुई खेलाडी

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा वैशाख ११ देखि शुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले इजिप्टका दुई खेलाडी अनुबन्ध गरेको छ । चितवनले इजिप्टका अहमद मोहम्मद गबला र अल सायद शाबनलाई अनुबन्ध गरेको हो । चितवनले शुक्रबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत दुई खेलाडीलाई सार्वजनिक गरेको हो

संकटालाई हराउँदै पंजाव पुलिस विराट गोल्डकपको फाइनलमा

  विराटनगर । आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै भारतको पंजाव पुलिस क्लव विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १–० गोलले निराश बनाउँदै पंजाव फाइनलमा पुगेको हो । पंजावले

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

  इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बवरुसिया डर्टमण्डलाई समग्रमा ४–२ ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो लेगमा घरेलु मैदानमा २–१ को जित हात पारेको सिटीले दोस्रो लिगमा डर्टमण्डको मैदान पनि उही नतिजा हात पारेको हो ।

बेंगलुरुसँग ५–० ले पराजित हुँदै आर्मी बाहिरियो

नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ । गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा भारतको बेंगलुरु एफसीसँग ५–० को फराकिलो हार व्यहोर्दै आर्मी छनोट चरणबाटै बाहिरिएको हो । अब बेंगलुरुले एएफसी कप पुग्नका लागि अबहानी लिमिटेड र क्लब इगल्सबीचको विजेतासँग प्लेअफ फाइनल खेल्नेछ

रियल मड्रिड दुई वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

स्पानिस क्लब रियल मड्रिड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । क्वाटरफाइनलमा दोस्रो लिगमा इंग्लिस क्लब लिभरपुलसग गोलरहित बराबरी खेले पनि समग्रमा ३–१ को जितहित रियलले अन्तिम चारमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको पहिलो लिग रियलले ३–१ ले जितेको थियो । लिभरपुलको मैदानमा भएको दोस्रो

आईपीएलमा बेंगलोरको लगातार दोस्रो जित

रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार चेन्नाइमा भएको खेलमा बेंगलोरले सनराइजर्स हैदरवालाई ६ रनले पराजित गरेको हो । बेंगलोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो । हैदरावादका लागि कप्तान
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.