अमित मिश्रा चम्किएपछि सस्तोमै समेटियो मुम्बई इन्डियन्स
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले १३७ रनमा रोकेको छ । यो योगफलमा पुग्न मुम्बईले आफ्ना ९ विकेट गुमाएको थियो । चेन्नईको मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको मुम्बई इन्डियन्सले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । दिल्ली क्यापिटल्सका बलरहरुले मुम्बईका ब्याट्सम्यानलाई क्रिजमा जम्न दिएनन् ।


