मेस्सीद्वारा भूकम्पग्रस्त टर्की र सिरियालाई ३.५ मिलियन युरो सहयोग

चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन् । टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको बताएको छ । ३.५ मिलियन युरो भनेको करिब ५० करोड रुपैयाँ हो

चितवनमा शनिबारदेखि भेट्रान कप फुटबल

चितवनमा शनिबारदेखि स्व दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने प्रतियोगिताका संयोजक हरिप्रसाद भट्टले जानकारी दिए ।

फ्रेन्च कपबाट बाहिरियो पीएसजी

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपबाट बाहिरिएको छ। अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित भए पछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो । पिएसजीबिरुद्ध मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरेपछि अन्ततः १४ औं पटक फ्रेन्च कप उपाधि विजेता पिएसजी बाहिरिनुपरेको हो । खेलको ३१ औं

युनाइटेडले आत्मघाती गोलगर्दा लिडससँग अङ्क बाँड्न बाध्य

म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा लिड्ससँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँड्न बाध्य भएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेड अङ्क बाडन बाध्य मात्रै भएन, हाफ टाइम पछि गरेको कडा मेहनतका कारण हारबाट जोगिन पनि सफल भयो । युनाइटेडका लागि मार्कस ¥यासफर्ड र जेडोन

साफ महिला यु–२० को फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने छन् । बङ्गलादेशले ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमबार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो । गत मंगलबार सम्पन्न लिग चरणको

वुमन्स प्रिमियर लिगको अक्सनमा नेपाली खेलाडी परेनन्

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पहिलो पटक आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेनन् । नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराए पनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन् । सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी

साफ महिला यु–२० को च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशबीच भिडन्त

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने भएका छन् । बङ्गलादेशले ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बङ्गलादेश

भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु

टर्कीमा सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु भएको छ । गोलकिपर अहमेट इयुप तुर्कासलानाको भूकम्पका कारण मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । भूकम्पका कारण टर्की र सिरियामा झन्डै ८ हजार मानिसले ज्यान गुमाएका छन् । क्लबले आफ्नो ट्विटरमा भनेको छ, ‘हाम्रा गोलकिपर अहमेट इयुप

सन २०३० को विश्वकप आयोजनामा दक्षिण अमेरिकी राष्ट्र समूहको दाबी पेस

सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधबार औपचारिक रूपमा दाबी पेस गरेका छन् । विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् र तिनीहरू मंगलबार नै पहिलो औपचारिक बैठक पनि गरेका छन् । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले

भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ ।भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा नेपालले तीन गोलले जित निकालेसँगे नेपाल फाइनलमा प्रवेश गरेको हो । खेलको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.