युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा
कासिमिरोको दुई गोलको सहयोगमा म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित रिडीङलाई ३–१ गोल अन्तरले हराउँदै युनाइटेड पाँचौँ चरणमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कासिमिरोले दुई गोल गरे ।त्यस्तै फ्रेडले एक गोल गरे ।


