मिलानको जीतविहीन यात्रामा पूर्णविराम

एसी मिलानको ७ खेलको जीतविहीन यात्रा अन्त्य भएको छ । इटालियन सिरिए ए अन्तरगतको खेलमा मिलानलेघरेलु मैदानमाटोरिनोलनाई हराएको हो । मिलानको जीतमा ओलिभिए जिरुको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६२ औँ मिनेटमा जिरुले थियो हर्नान्डेडको पासमा गोल गरेका थिए । पहिलो हाफमा पाहुना टोलीले पनि गोलका अवसरहरू पाएको

फिफा वर्ष खेलाडीको अन्तिम तीनमा मेसी, एमबाप्पे र बेन्जेमा

लियोनेल मेसी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेस्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो । सन् २०२१ अगस्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरूलाई

भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह

अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलाको पहिलो खेलमा भारतले एक इनिङ र १ सय ३२ रनको शानदार जीत हासिल गरेको छ । दोस्रो इनिङ्समा अस्ट्रेलिया मात्र ९१ रनमा सीमित बनेको हो । भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह देखिएको थियो । स्टीभ स्मिथले नटआउट रहँदै २५ रन बनाउनुबाहेक अरुले खासै योगदान दिनसकेनन् । भारतका

महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल

आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा आज शनिबार दुई खेल हुदैछ । आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुबै

रुपन्देहीमा आजदेखि २२ औँ संस्करणको सुपरलिग

रुपन्देहीको भैरहवामा आज देखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको २२ औं संस्करण सुरु हुँदैछ । २०५४ साल देखि निरन्तर जिल्लास्तरमा आयोजना हुँदै आएको नेपालकै एक मात्र सुपरलिग आज शनिबारदेखि भैरहवामा सुरू हुने भएको हो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगिता चैत्र २ गतेसम्म हुनेछ

महिला टी–२० विश्वकपको पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका स्तब्ध

आईसीसी महिला टी–२० विश्वकपको पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका श्रीलङ्कासँग ३ रनले पराजित भएको छ । श्रीलङ्काले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सफल भयो । कप्तान सुन लुसले २८ तथा लाउरा वुल्भार्डटले १८ रन बनाए

अल नसरको जितमा रोनाल्डोको ४ गोल

साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४\० गोल अन्तरले हराएको हो । अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे । यससँगै रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् ।जितसँगै नसर लिगको शीर्ष

आजबाट महिला टी–ट्वान्टी विश्वकप

आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आज शुक्रबार सुरु हुँदैछ । दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् । केपटाउनको न्युल्याण्डस्मा हुने खेल नेपाली समयअनुसार राति १०ः ४५ बजेबाट सुरु हुनेछ ।प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई ५\५ टोलीको

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीद्वारा नाम दर्ता

वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका लागि पाँच नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले आयोजना गर्न लागेको डब्लुपिएको अक्सनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउण्डर सीता रानामगर, अलराउण्डर कविता कुँवर, तिव्र गतिकी बलर अश्मिना कर्माचार्य र ब्याटर

ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो । ए डिभिजनका अधिकांश
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.