‘नगरकै गौरब पथरीशनिश्चरे गोल्डकपको तयारी गर्दैछौं’ - Crazysaptahik.com

‘नगरकै गौरब पथरीशनिश्चरे गोल्डकपको तयारी गर्दैछौं’

– मनी लिम्बु, अध्यक्ष, पथरीशनिश्चरे नगर खेलकुद विकास समिति

नगर खेलकुद विकास समितिको उद्देश्य के हो बताइदिनुस् न ?
– स्थानीय वार्ड, नगर र राष्ट्रको पहिचान बनाउन खेलकुदको पनि महत्वपूर्ण भमिका रहन्छ । अहिले यति सानो देशबाट अन्तराष्ट्रिय खेलमा पनि सहभागी भइरहेका छन् । यो एउटा उपलब्धि हो । अझै राम्रा खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य हो । साथै ओझेलमा परेका खेलाडीहरुलाई नगरको  गौरब बढाउने हिसाबले अझ सशक्त बनाउनु पनि हाम्रो उद्देश्य हो ।

नगर खेलकुद समितिले हालसम्म कस्ता–कस्ता कार्यक्रमहरु ग¥यो ? बताइदिनुस न ?
– हामीले अहिलेसम्म खेलकुद सम्वन्धी विविध कार्यक्रमहरु ग¥यौ, वडा नं १ मा खुल्ला नकाउट फुटवल प्रतियोगिता, वडा नं. ४ मा तेक्वान्दो प्रतियोगिता साथै हामी पथरीशनिश्चरे नगरपालिकाका सबै वडामा खेलकुद प्रतियोगिता गर्ने योजनामा छौं ।

अब कुन–कुन वडामा कस्ता कस्ता खेलकुद कार्यक्रम कार्यक्रम गर्ने योजना छ त ?
– अब हामी बाँकी रहेका वडाहरु वडा नं १ मा क्रिकेट, २ मा वडास्तरीय फुटबल, ८ मा जिल्ला स्तरीय महिला भलिबल, ७ मा अन्तर विद्यालय हाजिरी जवाफ ६ नं. मा म्याराथुन दौड लगायत अन्य वार्डमा पनि योजना बनाउँदैछौं ।

वार्डमाहरुमा खेलकुद सञ्चालन गर्दा कसरी छनौट गर्नुहुन्छ ?
– नगर खेलकुद विकास समितिमा सबै वडाका कम्तीमा एक–एक जना प्रतिनिधि सदस्यहरु हुनुहुन्छ उहाँहरुले आफ्नो वडाको राय लिएर आएपछि खेलकुद कार्यक्रमको तय गरिन्छ ।

आगामी योजना योजनाहरु के–के छन् ? बताइदिनुस न ।
– नगरका १० वटै वार्डभरि रहेका विभिन्न खेल सम्बन्धी क्लबहरुलाई एकीकरण गर्ने हाम्रो योजना छ । खेलकुदमा अब्बल भएर पनि विभिन्न बाध्यात्मक परिस्थितिले बाहिरिएका खेलाडीहरुलाई एकत्रित गरेर पुनः फर्काउने योजनामा छौं । त्यस्तै १० वटै वार्डका खेलाडी भाइबहिनीहरुलाई खेलकुद सामग्री वितरण गर्नेछौँ । जसले गर्दा उनीहरुप्रति थप हौसला प्राप्त होस् र नगरको पनि पहिचानमा मद्दत पुगोस् । त्यसैगरी हाम्रा अग्रजहरुले सुरुवात गर्नुभएको पथरीशनिश्चरे गोल्डकपको तयारीमा पनि हामी जुटिरहेका छौैं । जसका लागि हामीले मैदान मर्मत गर्न सुरु गरिसकेका छौँ जसमा वैज्ञानिक तरिकाबाट हरियो झार उमारी मैदानलाई अहिलेको जस्तो गिट्टीमै पनि खेल्नुपर्ने वाध्यताको अन्त्य गर्दै उक्तर दक्षिणको मैदान निर्माण गर्न हामीले सम्वन्धित निकायमा पहल सुरु गरिसकेका छौं ।

नगरमा खेल मैदानको अभाव टरेको छैन । यसमा तपाईहरुको भूमिका कस्तो रहन्छ ?
– ठिक भन्नुभयो तपाईले, हाम्रो नगरमा मैदानको अभाव नै छ । नगरभरि कम्तीमा ५ वटा खेलको सबै भू–भाग समेटिने गरी ५ वटा ब्यवस्थित बहुउश्यीय कभर्डहल मैदान हुनुपर्दछ भनी हामीले माग र पहल गर्दै आइरहेका छौँ । जसमा एउटा क्रिकेट मैदान, कभर्ड हल, र पथरी रंगशाला निर्माणको लागि पहल गर्दैछौ।

समितिलाई चुनौती तथा समस्याहरु चाहि“ कस्ता कस्ता छन् ?
– विशेषतः चुनौती र समस्याहरु हरेक ठाउँमा तथा कार्यमा हुने गर्दछ । हामीसँग योजना छ तर कहिलेकाँही योजना अनुसारको कार्य गर्न नसकिने पनि स्थिति आउँछ कार्यक्रमहरु सबै वार्ड र सबै खेललाई समेटेर लैजाने योजना छ । तर बजेटले सबै कार्यक्रम नधान्ने पनि स्थिति आउने डर छ । त्यस्तै मैदानको अभाव त झनै ठूलो समस्या भइ नै गयो ।

नगर खेलकुद समितिले के कस्ता उपलब्धिहरु हासिल गरेको छ त ?
– विशेषः त खेलकुद समितिले मात्र भन्दा पनि नगरले पनि उपलब्धि हासिल गरेको छ । हिजोको दिनमा खेलमा जुनशोषकता थियो आज त्यसको अन्त्य भएको छ । हिजोको दिनमा खेल भनेको एकाथलाई मात्र प्राथमिकतामा राखेर भनिन्थ्यो तर आज सबै खेललाई हामीले समेटेर लैजाने गरेका छौं । खेलाडी उत्पालनलाई हामीले विशेष ध्यान दिएका छौं जसबाट नगरलाई समेत उपलब्धी हुनेछ ।

अन्त्यमा केही भन्नु छ ?
– हामीले चाँडै नै नगरकै गौरब पथरीशनिश्चरे गोल्डकपको तयारी गर्दैछौँ । अन्य खेलकुदको पनि विकास र उन्नति गर्न जोडले लागिरहेका छौँ । हिजो हाम्रा अग्रजहरु, अभिभावक, खेलप्रेमीले खेलकुद क्षेत्रलाई यहाँसम्म ल्याउन जुन मेहनत गर्नुभयो उहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छौं र ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भनाइलाई अवलम्वन गरी सम्पूर्ण युवाहरुलाई खेल क्षेत्रमा आउन र विकास गर्न अनुरोध गर्दछु ।

– प्रस्तुति : प्रेमप्रसाद भट्टराई (केडी)

सम्बन्धित खवर