'रातो गलबन्दी प्रेम कथामा आधारित चलचित्र हो' - Crazysaptahik.com

‘रातो गलबन्दी प्रेम कथामा आधारित चलचित्र हो’

– हिमाल कडरिया, निर्माता
फिल्म : ‘रातो गलबन्दी’

मनिषमा फिल्म प्रा.लि.द्वारा निर्मित ‘रातो गलबन्दी’का निर्माता हुन् हिमाल कडरिया । उनले यो फिल्म १ करोडको लगानीमा निर्माण गरिरहेका छन् । झापा, मोरङ र इलामका विभिन्न रमणीय स्थलमा धमाधम फिल्म सुटिङ भइरहेको छ । मुख्य कलाकारका रुपमा कोसिश क्षेत्री, बुद्धी तामाङ, केकी अधिकारी र हेमन्त बुढाथोको रहेका छन् । कथा र एउटा गीतको शब्द स्वय्म निर्माता कडरियाले नै लेखेका हुन् । यस फिल्मको पाश्र्व गायकमा रुपमा राजेश पायल राई, उत्तमजङ्ग लावती र नायक कोशिस क्षेत्री रहेका छन् । संगीत बिनोद खम्बुले गरेका छन् । यो फिल्मको गीतको शब्द उत्तमजङ्ग लावतीले पनि लेखेका छन् । अनिष थापाले निर्देशन गरेको यो फिल्ममा, सुमन योञ्जनले खिचेका हुन् । प्रस्तुत छ यस फिल्मको सन्दर्भमा फिल्मका निर्माता कडरियासँग गरिएका अन्तर्वार्ता : –

आजकाल दिनचर्या कसरी विताइरहनु भएको छ ?
–  हेर्नुहोस् । मेरो दिनचर्या भन्नुपर्दा खासमा माघ–६ बाट ‘रातो गलबन्दी’ फिल्म छायाङ्कन गरिदैछ । त्यसमा पनि रातोदिन नभनिकन यो फिल्म कसरी राम्रो बनाउन सकिन्छ भनेर नै जुटिरहेको छु । त्यसमा फिल्म लाइनमा हात हालेको छु । कसरी राम्रो बनाउने ध्यानमा छु, त्यसैले मेरा दिनचर्या अति नै व्यस्त भएर बित्छ ।

यो फिल्मको ‘रातो गलबन्दी’ राख्नुको कारण के हो ?
– ‘रातो’ भनेको क्रान्तिको प्रतीक हो । ‘गलबन्दी’ भनेको जाडो छल्ने एक प्रकारको कपडा हो । जुन चाहि भुटानमा बसेर क्रान्ति गर्दा गाँस–वास कपास खोसिए पछि शरणार्थी भएर आउँदा गलबन्दीको भूमिका नेपाल सरकारले आश्रय दिएर भूमिका निर्वाह गरेकाले पनि ‘रातो गलबन्दी’ राख्नुको प्रमुख कारण हो ।

यो फिल्म कस्तो खालको हो ?
– यो नितान्त नेपाली भाषामा रहेको, प्रेम कथामा आधारित समसामयिक चलचित्र हो । यो चलचित्र भुटानी शरणार्थीका कथामा आधारित रहेर उनीहरुका दःख, पीर–पीडा र वेदनालाई समेटिएर बनाइएको चलचित्र हो ।

तपाईँले पूर्वाञ्चलका अधिकांश कलाकारले नै यस फिल्ममा राख्नुको कारण चाहिँ के होला ?
– धेरैजसो, यो मेरो लगानीमा रहेको फिल्ममा स्थानीय कलाकारहरुलाई मौका प्रदान गरेको छु वहाँहरुले सकेसम्म राम्रो प्रस्तुति गर्न भएको छ । त्यसमा पनि स्थानीयलाई प्रवद्र्धन गर्ने हेतुले, स्थानीय कलाकारहरलाई बढावा दिन पनि मैले प्रयत्न गरेको छु । अहिलेको टिमबाट म खुसी नै छु । भोलिका दिनमा वहाँहरुबाट म धेरै आशावादी छु ।

अहिले नेपालमा साह्रै धेरै फिल्म बनाउने होडबाजी चलिरहेको अवस्था छ, यसमा लगानी उठाउन कतिको सहज होला त् ?
– सबै नेपाली चलचित्रले लगानी उठाउनु भनेको चाहिँ ‘समुन्द्रमा एउटा ढुङगा हान्नु बराबर हो ।’ सम्भवतः यो मेरो चलचित्र रमाइलो र पैसाको लागि नभएर, भुटानी शरणार्थीहरुको इतिहाँसमा केन्द्रित छ । उनीहरुले भोगेको पीडा, दुःख, सुख र देश छोड्नु परेको वेदनामा जो चाहिँ चलचित्रको माध्यमबाट सम्पूर्ण दर्शकहरुलाई सन्देश प्रवाह गर्ने हो । दर्शकहरुले देश विदेशबाट माया गरिदिनु भयो भनि मेरो लगानी पनि उठ्ने सुनिश्चित नै छ ।

अहिले नेपालमा नेपाली फिल्मको अवस्था चाहिँ कस्तो छ ?
– पहिलेको तुलनामा अहिले नेपाली चलचित्र गुणस्तरीयता अत्यन्त राम्रो छ । आधुनिक युगसँगै प्रविधिमा धेरै विकास भएको अवस्था छ । त्यसैले, प्रविधिसँगै धेरै स्तरीय फिल्महरु बनेका छन् । त्यसैले मेरो विश्लेषणमा नेपाली फिल्मको अवस्था भनेको बलिउडभन्दा राम्रो र समृद्ध रहेको छ ।

यत्रो लगानी गरेर चलचित्र बनाउनु भयो ? तपाईलाई कतिको सजिलो भएको छ त ?
– म निर्माता भएतापनि, स्थानीय साथीहरुबाट नै सहयोग पाइरहेको छु । मलाई त्यति खासै गाह्रो भएको छैन । जाडो मौसम भएकाले, इलामतिर कहिले कुहिरोको छायाङ्कन प्रक्रियामा निकै गाह्रो भइरहेको छ ।

यो फिल्मको रिलिज कहिले गर्दै हुनुहुन्छ ?
– माघ ६ गते बाट छायाङ्कन गरिएको हो । रिलिज चाहिँ छ महिनाभित्र सम्पूर्ण प्रक्र्रिया पूरा गरिन्छ ।

अन्त्यमा केही भन्नु छ ?
– जुन चलचित्र ‘रातो गलबन्दी’ बनाइदैछ । यो सिनेमा क्षेत्रका उत्कृष्ट उत्पादन दिऊ । दर्शकहरुबाट पनि पूर्ण रुपमा आशावादी सोचे अनुसारको माया पाऊ भनी गरेको छु । मलाई आशा छ, पक्कै पनि मलाई मेरो चलचित्रले सोचे अनुरुप हजुरहरुले माया गर्नु हुन्छ । मेरा विचार राख्ने यस मिडियामार्फत दिनु भएकोमा सम्पूर्ण टिमलाई मुरीमुरी धन्यवाद दिन चाहान्छ ।

  • प्रस्तुति भूमिप्रसाद पाठक

सम्बन्धित खवर