‘मिस पथरीशनिश्चरेले नगरकै गरिमा बढाएको छ’ - Crazysaptahik.com

‘मिस पथरीशनिश्चरेले नगरकै गरिमा बढाएको छ’

– सुमन कुरुङवाङ, प्रबन्ध निर्देशक
मिस पथरीशनिश्चरे २०१९

मिस पथरीशनिश्चरे सन् २०१९ का कार्यक्रमका प्रबन्ध निर्देशक हुन् सुमन कुरुङवाङ । गत चैत्र ८ गतेबाट बैशाख ३ गतेसम्म २५ दिनको बन्द–प्रशिक्षण चलिरहेको छ । मिस पथरीशनिश्चरे सन् २०१९ को ग्राण्ड फिनाले २०७६ बैशाख ४ गते हँुदैछ । पहिलो र दोस्रो अडिसनबाट १६ जना छानिएका छन् । प्रथम हुनेलाई ७५ हजार पुरस्कार ‘टाइटल विजेता’ को रुपमा दिइनेछ । त्यसैगरी प्रथम रनरअप ५० हजार र दोस्रो रनरअप २५ हजार दिइनेछ । ८ वटा विधामा ७ हजारका दरले विभिन्न पुरस्कार प्रदान गरिनेछ । प्रत्येक पुरस्कारमा नेपाल सरकारले तोकेको राजस्व काटिनेछ । यही बिषयवस्तुमा रहेर सुमन कुरुङवाङ्सँग गरिएको अन्तर्वार्ताका मुख्य अंशहरु :–

प्रथमपटक मिस पथरीशनिश्चरे भइरहेको छ, कस्तो फिल गर्दैहुनुहुन्छ ?
– यो चुनौतीसँगसँगै, आफैमा सुनौलो अवसर हो । अन्य विभिन्न क्षेत्रमा नगरका धेरै गतिविधिहरु हुँदै आइरहेका छन् । यो विधामा पहिलो कार्यक्रम हो । यस क्षेत्रमा लाग्न चाहने प्रतिभाहरुका लागि आफ्नो क्षमतालाई प्रष्फुटन गर्ने सुनौलो मौका भएको कारणले गर्दा, यसमा एकदमै खुसी नै छौँ । यो कार्यक्रम सम्पन्न गर्नका लागि धेरै मिहिनेतका साथ हाम्रो टिमले काम गरिरहेको छ ।

यत्रो कार्यक्रम सम्पन्न गर्नका लागि आर्थिक व्यवस्थापन कसरी जुटाइरहनु भएको छ ?
– हामीसंग शून्य मौज्जाद हुँदा, एउटा बलियो विचारलाई बोकेर हिँडेका छौँ । अहिलेसम्म आइपुग्दा धेरै सकारात्मक सोच र नगरकै एउटा गरिमा बोकेको कार्यक्रम हो भनेर बुझ्नु भएको छ । जसका कारण, स्थानीय नगरपालिका व्यवसायीहरु, समाजसेवी, बुद्धिजिविहरु, सबैको आर्थिक सहयोगले कार्यक्रम सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।

यो २५ दिनको तालिमको अवधिमा के–कस्तो कुन–कुन बिषय समेट्नु भएको छ ?
– हाम्रो चाहना शारिरीक सुन्दरताको प्रतिस्पर्धा मात्र होइन । तर यसमा क्षमताको बौद्धिकता प्रतिस्पर्धाको रुपमा यस प्रतियोगितालाई स्थापित गर्न, आम–सञ्चार, व्यक्तित्व विकास, लैङ्गिक विभेद नेतृत्व विकास र उद्यमशीलता र उद्घोषण तालिम र नारी स्वास्थ्यसम्बन्धी जानकारीमूलक कक्षा व्यवसायीक भ्रमण लगायतका बिषयवस्तुलाई समेटेका छौँ ।

यो टिम समूहमा को–को हुनुहुन्छ त ?
– यो टिम समूहमा कार्यक्रम संयोजक सन्तोष राई(छत्र) र इभेन्ट म्यानेजर दिपेश रिजाल, फिल्ड–कोर्डिनेटर सन्दीप लिम्वु, सञ्चार संयोजकमा सन्तोष राई र प्राविधिक सहयोग सिल्भर इन्टरटेनमेन्ट र एसोसिएट पार्टनर जेसीजआइ पथरी लगायत रहेका छन् ।

सहभागी भित्रका अभिभावकहरुले कस्तो प्रतिक्रिया दिइरहेका छन् ?
– अभिभावक भेला पनि सम्पन्न गरिसकेका छौँ । यतिवेला ट्रेनिङ सो मात्र नै वहाँहरुको प्रत्यक्ष उपस्थितिले अत्यन्तै सकारात्मक पृष्ठपोषण प्रदान गर्नुभएको छ ।

आम नगरवासीले कस्तो प्रतिक्रिया दिइरहनुभएको छ ?
– सुरुवातमा अपेक्षा गरेभन्दा धेरै सकारात्मक रुपमा जानकारी पाएका छौँ । नगरवासीहरु सँगै, अन्य छिमेकी नगरवाट पनि हामीलाई सरसल्लाह र सहयोग प्राप्त भइरहेको छ ।

अन्त्यमा केही भन्नु छ कि ?
– आउने बैशाख–४ गते ग्राण्ड फिनाले हुँदैछ, हामीले अत्यन्तै धेरै मिहिनेत गरिरहेका छौँ । सहभागीहरुले पनि यसको परिणामकालागि फिनालेमा उपस्थित भई हामीलाई थप उर्जा साथै कार्यक्रमको शोभा बढाइदिनुहुन अनुरोध गर्दछौँ । यस बिषयमा तपाईहरुलाई केही जानकारी भए सल्लाह तथा सुझाव राय दिनुहुन अनुरोध गर्दछौँ । साथै मेरा विचार राख्ने यस सञ्चार टिमलाई मुरी–मुरी धन्यवाद दिन चाहन्छु ।
                                                                                                                                        प्रस्तुतिः– भूमिप्रसाद पाठक

सम्बन्धित खवर