नेपाली भाषा कसरी शुद्ध लेख्ने ? - Crazysaptahik.com

नेपाली भाषा कसरी शुद्ध लेख्ने ?

भूमिप्रसाद पाठक
लिखित रचनाको शुद्धीकरण लेखाइ शिक्षणको अभिन्न अङ्ग हो। शुद्धीकरणले विद्यार्थीहरुका लेखन सीपको विकासमा मदत पु«¥याउन सक्नुपर्छ र यसबाट उनीहरुलाई लेख्नको अभ्यासका क्रममा पृष्ठपोषण समेत प्राप्त हुनुपर्छ । प्रत्येक विद्यार्थीले लेखेको कपीहरु शिक्षकले हेरेर अशुुद्ध गरेर वा नमिलेका ठाउँमा चिनो लगाइदिनाले मात्र लेखाइमा सुधार्न गाह्रो छ ।

त्यसकारण विद्यार्थीले गर्ने सामान्य त्रुटिका क्षेत्रहरुको र विशेष त्रुटिका क्षेत्रहरुको पहिचान गरी तिनका कारणहरु समेत ठम्याएर तिनको निराकरणार्थ शिक्षण तथा अभ्यास गराउन सकिएमा निकै सफलता प्राप्त हुने अपेक्षा राख्न सकिन्छ ।

यहाँ विद्यार्थीहरुबाट हुने सामान्य त्रुटीहरु भनेर कुनै कक्षा वा तहका धेरैजसो विद्यार्थीहरुका लेखनमा्र पाइने त्रुटिलाई लिइएको हो र विशेष त्रुटि भनेर त्यस्ताहरुलाई भन्न खोजिएको हो, जुन खास विद्यार्थीका लेखनमा फेला पर्दछन् । उदाहरणार्थ नेपाली भाषाका लेखनमा ह्रस्वदीर्घ, ब र व श ष स जस्ता पदयोग पदयोगसम्बन्धी वर्णविन्यासयीय त्रुटिहरु सामान्य त्रुटि र भिन्न–भिन्न मातृभाषाबाट र भिन्न–भिन्न भाषिकाबाट प्रभावित वर्णविन्यास तथा वाक्यगठन सम्बन्धी विशेष त्रुटि मान्न सकिन्छ तर विद्यार्थीहरुको भाषिक पृष्ठभूमि अनुसार वाक्यगठन तथा शब्दप्रयोग सम्बन्धी त्रुटिहरु पनि सामान्य मानिन सक्दछन् ।

यसरी कक्षाका धेरैजसो विद्यार्थीहरुमा पाईने सामान्य वा बिशेष त्रुटिहरु के कस्ता तिनका सूची बनाई त्रुटि हुने ती ती क्षेत्रका अशुद्ध रुप व्वाइट बोर्डमा शिक्षकले लेखिदिई विद्यार्थीहरुबाट नै सच्याउन समेत लगाउने वा ती—ती शब्द वा वाक्यगठनको बारम्बार उपयोग गरी कुनै कुराको लिखित रुपमा वर्णन गर्न लगाउने, अनि विद्यार्थीहरुका बीच आपसमा कपी साटासाट गरी एक अर्काको लेखन जाँच्न लगाउने पनि गर्न सकिन्छ ।

एकअर्काको कपी साटासाट गरी संशोधन गर्ने तरिकामा प्रत्येक विद्यार्थीलाई मुल्याङ्कन कर्ताका रुपमा आफूले जानेअनुसार इमान्दार हुन सक्ने गराउन आवश्यक छ र विद्यार्थीहरुको योग्यतास्तर भिन्नाभिन्नै हुने हुँदा यसमा पूर्णतस् भर नपरी संशोधन वा शुद्धीकरणका अन्य तरिकालाई अङ्गका रुपमा कक्षा हेरी उपयोग गर्नुपर्ने हुन्छ । साथै त्रुटि भएका ठाउँमा किन त्रुटि भयो अथवा हुनुपर्ने हो आदि प्रश्नगरी उक्त बिषयमा कक्षामा विद्यार्थीहरुका बीचमा प्रश्नोत्तर वा अनौपचारिक छलफल गराउनु पनि उपयुक्त हुन्छ ।

उपयुक्त ढङ्गले त्रुटि संशोधनमा विद्यार्थीहरुलाई संलग्न बनाउनाले संशोधन रुचिपूर्ण हुन जाने हुँदैछ । उनीहरुलाई गल्ती नगर्नका लागि यसबाट विशेष सचेतता समेत प्राप्त हुन्छ बिशेष त्रुटि हुने ठाउँ वा विशेष किसिमका क्षेत्रहरुमा गर्न ती त्रुटिहरु हुनाका कारण समेत ठम्याई जुन–जुन विद्यार्थीहरुमा त्यस्ता किसिमका त्रुटिहरु फेला पर्दछन्, ती–ती विद्यार्थीलाई बिशेष गरेर वैयक्तिक अभ्यास गराउन उत्तम हुन्छ । वास्तवमा, लिखित रचनामा शिक्षणका प्रसङगमा विद्यार्थीहरुका लेखनमा भेटाईने वाक्यगठन तथा वर्णविन्याससम्बन्धी त्रुटिहरुको शुद्धीकरणलाई चाहिँ गौण बिषय नै बनाउनुपर्दछ । निबन्ध लेखन, प्रतिवेदन लेखन, दैनिकी लेखन आदि खालका लिखित रचना गराउँदा उक्त वाक्य गठन तथा वर्णविन्यासगत त्रुटिहरुमा नै विद्यार्थीहरुलाई विशेष केन्द्रित गराउनुपर्ने स्थिति आइप¥यो भन्ने रचना सिकाउने मुख्य प्रयोजन नै गौण हुन जाने हुन्छ ।

अतः रचना शिक्षणका क्रममा लेखनको शुद्धीकरण भन्नाले उक्त रचनामा फेला परेका वाक्यगठन तथा वर्णविन्यास सम्बन्धी त्रुटिहरुका शुद्धीकरण नभई त्त्त््त् रचना अनुुकूल प्रस्तुतीकरणका ढङ्गढाँचा, विचारको सिलसिलावद्धता, अनुच्छेदगठन शीर्षक, उप–शीर्षकहरुको चयन किनार छोडाइ आदि मुख्यतः बुझ्नुपर्छ र सोही अनुरुपको शुद्धीकरणमा शिक्षकले विशेष ख्याल राख्नु आवश्यक छ ।

वर्णविन्यास तथा वाक्यगठनको त्रुटि क्षेत्र पत्ता लगाउन लिखित रचनाहरु निकै उपयोगी भए तापनि ती त्रुटिहरुको निराकरण गर्ने अभ्यासका लागि र शुद्धीकरणका लागि पनि उक्त रचनाहरुलाई न्युनतम रुपमा मात्र उपयोग गरिनु राम्रो हुन्छ । हुनतः स साना लिखित रचनाहरु (उदाहरणार्थं, अनुच्छेद लेखन, वस्तु चित्र वा स साना घटनावर्णन) लाई खास वाक्यगठनगत गर्ने त्रुटि निराकरणका लागि उपयोगी बनाउन नसकिने होइन तर त्यस स्थितिमा उक्त किसिमका रचनाको प्रयोजन स्वतन्त्र रचना शिल्पको विकास गर्नु नभएर निर्देशित वा अभ्यासिक प्रकृतिको हुने कुरा स्पष्ट छ । उक्त त्रुटि निराकरणको प्रयोजन नै मुख्य बनाई उपयोगमा ल्याइएका स–साना लिखित रचनाका अभ्यासमा चाहिँ शुद्धीकरण पनि सोही प्रयोजन अनुरुप नै हुनु आवश्यक छ ।

यसबाट के थाहा हुन्छ भने शिक्षकले के कस्तो अपेक्षा वा प्रयोजन राखेर खास कार्यकलाप सञ्चालन गरेका छन् । सोही अनुरुप नै शुद्धीकरण प्रकिया पनि चल्नुपर्छ । रचनाको अभ्यासका लागि गराइएका कार्यकलापलाई वर्णविन्यासका लागि वाक्यगठन सम्बन्धी त्रुटिहरुको शुद्धीकरण तथा खास वाक्यगठनको अभ्यासका लागि गराइएका कार्यकलापलाई रचनात्मक सीपसम्बन्धी त्रुटिहरुको शुद्धीकरणका लागि उपयोग गरिँदा कार्यकलाप दिशाहीन बन्नु स्वभाविक छ । अतः कार्यकलापको प्रयोजनअनुरुपको शुद्धीकरणमा नै शिक्षक बिशेष केन्द्रित हुनु आवश्यक देखिन्छ ।

– पथरीशनिश्चरे–१, एकता चौक (मोरङ)

सम्बन्धित खवर