कोरोनापछिको आर्थिक व्यवस्था र सहकारी - Crazysaptahik.com

कोरोनापछिको आर्थिक व्यवस्था र सहकारी

   – भूमिप्रसाद पाठक

विश्व व्यवस्था कस्तो छ ? कसको हितमा छ ? विश्व आर्थिक सामाजिक व्यवस्था कस्तो दर्शन सिद्धान्त मूल्य–मान्यताबाट सञ्चालित छ ? सङ्कट र महामारीबाट समाजलाई कसरी हेर्न गरिएको छ । त्यसै आधारमा क्षति कम गर्न सकिने/नसकिने विषयको निर्धारण हुने गर्छ । प्रथम विश्वयुद्धुका क्रममा विश्वासका ठूला पूँजीवादी शक्ति र राष्ट्रमा संयुक्त राज्य अमेरिका र युनाटेड किङ्डम थिए । उनीहरूले निर्देशित आर्थिक सामाजिक व्यवस्था माग र पूर्तिको स्वतन्त्र र अभ्यासलाई अवलम्बन गरेका थिए । यसले यस्तो नीति सामाजिक न्यायलाई समेटन नसक्ने हँदा त्यस्तो माग र पूर्तिको अभ्यासलाई स्थगन गरेर आवश्यक सामाग्री अभावग्रस्त देशमा पुर्याउनेअभ्यासलाई सहमत गराउन बाँकी विश्व सफल भएको थियो । उक्त सकारात्मक सोचाइकै जगमा प्रथम विश्वयुद्ध पछि ‘लिग अफ नेसन्स’ गठन भएको थियो । यसले निक्कै राम्रो काम गर्न थालेको थियोे । पछि क्रमशः राष्ट्रका आफ्ना इच्छा अनुसार विश्व सञ्चालन गर्न सहयोगी नभएको देखेर सन् १९३० तिर ‘लिग अफ नेसन्स’ लगभग विघटन जस्तै भयो ।

यसै क्रममा भयानक महामन्दी व्यहोदै आएको विश्वले सन् १९३९ मा दोस्रो विश्व युद्ध भोग्नुप¥यो । यसबाट विश्वमा मानवीय, भौतिक, मनोवैज्ञानिक, क्षति अकल्पनीय भयो । खासगरी दोस्रो विश्वयुद्धपछिको शक्तिशाली विश्व संस्था केवल कमजोर राष्ट्रका लागि होइन शक्तिशाली राष्ट्रकै हितमा पनि आवश्यक रहेछ, भन्ने निष्कर्षमा पुगेर संयुक्त राष्ट्र संघ गठन भयो । जसले गर्दा आजसम्म कमसेकम तेस्रो विश्वयुद्ध हुनबाट जोगिएको छ ।

यस्तो विश्व संस्था जसले सन्तुलनकारी भूमिका सहित अतिकम विकसित, विकासन्मुख राष्ट्रको हित सहित विश्व शान्तिमा महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । पछिल्लो १०/२० वर्ष यता आएर केही शक्तिशाली राष्ट्रले संयुक्त राष्ट्र संघको भूमिकालाई आफू अनुकूल सञ्चालन गर्न खोज्ने त्यसो नहुँदा आर्थिक नाकाबन्दी गर्ने क्रम बढेको छ । अहिले कोरोना भाइरसको महामारीका कारण विश्व नै आक्रान्त बेला विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको सहयोग बढाउनुपर्ने बेलामा झन बन्द गर्ने जस्तो घोषण अमेरिकाले जस्तो देशले गर्नुले तिनको नियत प्रष्ट भएको छ ।

संयुक्त राष्ट्र संघ र त्यसकै अडानको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनलाई असहयोग गर्ने निस्तेज पार्ने क्रियाकलाप अत्यन्त अमानवीय हो । यो महामारीको सामना गर्न संयुक्त राष्ट्र, संघ विश्व स्वास्थ्य सङ्गठन र सारा विश्व एक भएर हल गर्नुपर्छ । यसका लागि अन्र्तराष्ट्रिय सहकारी महासंघ आइ.सी.ए. सबै क्षेत्रीय र राष्ट्रिय सहकारी महासंघ तथा सबै संघहरुले सशक्त लबिङ गर्नुप¥यो । वास्तवमा सामाजिक न्याय सहितको आर्थिक विकास र उत्पादकत्व वृद्धिका लागि सामाजिक व्यवसायको ठूलो महत्व छ । त्यस्तो व्यवसाय सहकारी नै हो । हरेक देशले राज्य, सहकारी र निजी क्षेत्र गरी तीन क्षेत्र सशक्त बनाएर मात्रै सबै खाले महामारीको सामना गर्ने सामथ्र्य राख्दछन् । अहिलेको समयमा विश्व संस्थालाई कमजोर बनाउन खोज्ने अमानवीय कुरा हो । यसले गर्दा सहकारी र सहकारीको महत्व विश्वव्यापी रुपमा बोध गराउन अन्तर्राष्ट्रिय सहकारी महासंघको भूमिका अझ सशक्त हुन जरुरी छ ।

पहिलो र दोस्रो विश्व युद्धबाट ध्वस्त युरोपलाई उठाउन सहाकारीको महत्वपूर्ण भूमिका रहेको थियो । त्यसबेला युरोपमा सहकारीका अग्रणी व्यक्तित्वहरुको सचेत प्रयासबाट आपसमा प्रायः लडिरहने युरोपियन देशहरुलाई युरोपियन युनियनमा सङ्गठित हुने पेरित गरेको थियो । सामान्यतया द्वन्द्वहरु असमानताका कारण उत्पन्न हुने गर्दछ । आर्थिक, जातीय, सामाजिक, साँस्कृतिक असमानताका कारण उत्पन्न हुने द्वन्द्वलाई निस्तेज बनाउने सहकारी दर्शन र सिद्धान्त नै हो ।

जसले जुनसुकै जात, भाषा, धर्म, संस्कृति, राष्ट्रियता, रुपरङ्ग र आस्थाका आधारमा विभेद गर्न निषेध गर्दछ । जुनसुकै जात, भाषा, धर्म, वर्ग, लिङ्ग भए पनि मिलेर काम गर्नुपर्छ, मिलेर बस्नुपर्छ भन्ने भावना जागृत गर्ने सामाजिक व्यवसाय भएकाले प्रकृति वा मानव सिर्जित महामारीको सामना गर्न सहाकारीले ठूलो महत्व छ ।

अहिलेको कोरोना महामारीमा पनि नेपालका प्रत्येक सबै सहकारीले सचेतना कार्यक्रम, राहत पहँचका लागि र माहामारीको प्रभाव न्यून गर्ने योगदान गरेका छन् । देशका सबै सहकारीकर्मीहरुले आफ्ना कार्यक्षेत्र भित्रमा पालिका वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका मेयर, उपमेयरसँग सहकार्य गर्ने र स्थान अनुसारका समस्या समाधानमा हातेमालो गरेर सामाजिक उत्तरदायित्व पूरा गर्न लागिपरेका छन् । अहिलेको महामारीले संविधानले अंगीकार गरेको तीन खम्बे अर्थ नीतिको सान्दर्भिकतालाई अझ प्रष्ट पारेको छ । आ–आफनो क्षेत्रको महत्व र भूमिका स्थापित गर्न सबै सहकारीको अगुवाईहरुको क्रियाशीलता समाजले अपेक्षा गरेको छ ।

प्रत्येक सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रका जनप्रतिविधिहरुसँग वस्तु र सेवाको उत्पादन क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्ति र व्यक्तित्वसँगको सहकार्यमा सामाजिक न्याय र उत्पादकत्व वृद्धिका लागि अनुसन्धान र विकासमा सक्रिय भूमिका निभाउनुपर्छ ।

सहाकारीको सामाजिक उत्तरदायित्व पनि यही हो । सामाजिक व्यवसाय जति सशक्त हुन्छ त्यही मात्रामा सबै खाले समस्या समाधान गर्न र सङ्गठन र विपत्तिको सामना गर्ने क्षमता विकास गर्न सकिन्छ । कोरोना कहरको बेला सहकारी पनि आर्थिक रुपमा क्षति व्यहोर्नु परेको अवस्था छ । त्यसमा पनि समुदायमा सहकारीले खेलेको भूमिका पनि कम महत्वपूर्ण रहेको छैन । यसर्थ सहकारीको विश्लेषणबाट कति मानिसहरु सहकारीमा संलग्न छन् भन्ने कुरा त जानकारी हुन्छ नै साथसाथै सहकारीले कतिको वित्तीय परिचालन भएको छ ? भन्ने कुराको मात्र हैन रोजगारीको अवस्था पनि अवगत नै हुनेगर्दछ । त्यसमा पनि कोरोनाका कारण अभाव, गरिबी, मुद्रास्फिति बढेको छ र अझै बढ्ने क्रममा छ । विश्वका धेरै उद्योग भन्दा ठूला साना कम्पनी, कृषि, उद्योग, सेवा व्यवसायमा ठूलो क्षति भएको छ । विश्वको कूल उत्पादन मात्रामा घट्ने अवस्था छ । यही अवस्था अरु केही महिना रहेका २० प्रतिशत उत्पादनमा ह्रास आउने विश्लेषण हुन थालेको छ ।

यसकारण मानसिक समस्या बढ्ने, निराशाका कारण डिप्रेसन र आत्महत्या बढ्ने खतरा छ । यसले अझ अशान्ति, अन्यौल र अस्तव्यस्तता हुने खतरा छ । हरेक महामारीले सबैलाई प्रभावित गर्ने भएता पनि सबैभन्दा वढी पीडा तल्लो वर्ग, श्रमिक वर्ग र असङ्गठित क्षेत्रमा काम गर्ने ज्यामी मजदूर व्यहोर्नु परेको हुन्छ ।

सबैभन्दा पहिलो रोजगारी गुमाउने, न्यूनतम आधारभूत आवश्यकताको पहुँच बाहिर
रहनुपर्ने वर्ग पनि तिनै हुन् । यो कोरानाले पनि तिनै वर्गलाई बढी आक्रान्त पारेको छ । यस्तो अवस्थामा सामाजिक न्याय उत्पादनमा वृद्धि र समतामूलक वितरण प्रणाली सहितको लोककल्याणकारी राज्य व्यवस्था, राज्य, सहकारी र निजी सहितको तीनखम्बे अर्थ नीतिको आवश्यकता टड्कारो देखिएको छ ।

– पथरीशनिश्चरे–१, एकता चौक, मोरङ

सम्बन्धित खवर