जय झोडा - Crazysaptahik.com

जय झोडा

तिलक वान्तवा

पथरीशनिश्चरे नगरपालिका अन्र्तगतको झोडा समस्या इलाम जिल्लाको हंसे, दुम्से, बुकुवा, पेल्टीमारी, चाँजो र सुनसरी जिल्लाको कोशी टप्पु र धरान सर्दुजलधाराबाट सट्टाभरणाका लागि वि.सं. २०३५ सालमा खोलिएको झोडा पथरीशनिश्चरे नगरपालिका क्षेत्र भित्र पर्दछ । नगरपालिकाको १० वटा वडाहरू मध्ये ३, ४, ७, ९, १० वार्डहरु अहिले अधिकांश जग्गा द्वैद स्वामित्वमा पर्दछन् ।

एउटाको नाममा पुर्जा अर्काको भोग, यो समस्याले सिङ्गै नगरपालिकाको राजश्व संकलनमा समेत असर परिरहेको छ भन्नु अत्युक्ति नहोला ।मेरो कार्यकाल २०५० साल तिर झोडाको उमेर १५ वर्षको रहेछ । त्यतिखेर रुखका ठुटा बुटा, टुना काठ, दाउरा प्रशस्त बारीमा खेतमा देख्न पाइन्थ्यो । त्यो समयमा मैले यो समस्यालाई हल गर्नका लागि पुर्जावालालाई आधा, भोग वालालाई आधा गरी पुर्जा र भोग बाडे । भोगलाई रोजी पुर्जावाललाई छाडी किनकि १५ वर्षमा घरबार बगैंचा भोग गर्नेले बनाएको छ । यो शर्तमा केही क्षेत्रमा मिले, मिल्दै थिए तर त्यो सहमति पहिलो दोस्रो पक्षले माने पनि सुकुम्वासीको नेता हँु भन्नेहरुले सिङ्गै खानुपर्छ भनी यसरी मिल्नेलाई राति नै खेदाउने यो जग्गा पनि उपयोग गर्न नदिने भनी आफ्नो आउरे बाउरे, अघुवा पछुवा लिएर आतंकित बनाएपछि काम ठप्प मिल्न ठप्प पारेर अहिले सम्म उस्तै छ झनै विकराल भएर अन्धकार भित्र रुमलिएको समस्याको निकास कसरी आउने हो ?

भोगलाई मात्र सम्पत्तिको रुपमा कानुनले परिभाषित गर्दैन, पुर्जा, नक्सा र भोग भए मात्र त्यो नागरिकको कानुनी सम्पत्ति ठहर्ला । जसको जोत उसको पोत हुनका लागि कुन प्रकृत्तिको जग्गा हुनुपर्र्ने हो विज्ञहरुलाई थाहा होला । संसारको इतिहास र घटनाक्रम अध्ययन गर्दा जस्तोसुकै कठोर, अप्ठ्यारो, शंकटग्रस्त, हिंस्रात्मक द्वन्द्वहरु पनि वार्ताका टेवलबाट साम्य भएका छन भने हाम्रो समस्या एउटाको पुर्र्जा अर्काको भोग दुवै पक्षले (विन विन) जित्ने गरी समस्यालाई निकास दिन सकिन्छ भन्ने आत्मविश्वासका साथ नगरपालिका कार्यालयमा छलफल भयो । छलफलबाट पथरीशनिश्चरे नगरपालिकाका अस्तित्वमा रहेका दलहरु (आठ दल) का २/२ जना र पूर्व नगर अध्यक्ष पूर्व गा.वि.स. अध्यक्षहरु सहितको सर्वदलीय सर्वपक्षीय झोडा समस्या समाधान समिति गठन भयो । त्यस्को संयोजक र सहसंयोजक क्रमशः मेयर र उपमेयर रहने गरी जिम्मेवारी तोकियो ।

झोडाका पुर्जावालहरु मध्ये बाट ११ सदस्यीय समिति गठन गरी समितिको नामावली पेश भयो । बेलवारी नगरपालिकामा एक मिटिङ भयो । पुर्जावालाहरुको मनसाय बुझ्ने काम समितिले ग¥यो, त्यो समिति पनि निर्विवाद देखिएन । कानूनी सहयोगको लागि जिल्ला प्रशासन मोरङ, मालपोत कार्यालय बेलबारी नापी शाखा बेलवारी इयलाका प्रहरी कार्यालय पथरी र नगरपालिका कार्यालय प्रमुख सहितको एउटा संयन्त्र बनाउने निधो भयो ।

अनि अर्को समिति पथरीशनिश्चरे नगरपालिका अन्र्तगतको द्वैद स्वामित्व प्रभावित वार्डहरू ६ वटा वार्डहरुबाट २÷२ जना गरी ढालफाड सुकुम्वासीहरुको प्रतिनिधित्व भएको समिति गठन गर्ने क्रममा अब कसरी जाने ? लामो समयको झोडा समस्यालाई कसरी निमिट्याउने ? भन्ने बिषय वस्तुमा प्रवेश नै नगरी समिति गठन मात्र गरिसकेको अवस्थामा एकैचोटी ३० वर्षसम्म जग्गा धनीले भोग चलनमा अनुपस्थित भए स्वतः पुर्जा खारेज हुने भूमि ऐन विधेयक आउँदैछ दफा उपदफा समेत पढेर फेसबुकबाट श्री टंक भण्डारी जी जो पूर्व एमालेबाट प्रतिनिधि भएर झोडा समस्या समाधान समितिमा आउनु भएको हो । उहाँले फेसबुकबाट त्यस्तो विधेयक पढेर सुनाउनु भएपछि उहाँको पक्षमा लोकप्रिय माहौल त बन्ने नै भयो । मैले भने त्यस्तो विधेयक आउदैछ भने ३० वर्ष होइन ४०/४१ वर्ष अघिदेखि ढालफाड गरी सुकुम्बासीले भोगचलन गर्दै आएका छन् । यो झम्मार काममा किन लागिरहने ? जयहोस ढालफाड सुकुम्वासीहरुको ।

म छिटो कुरा नबुझ्ने पार्टी पुर्जा खारेज हुने भन्ने विधेयक फेसबुकबाट पढीबाची भएकै घडीबाट समितिको औचित्व सकिएको रहेछ । औचित्व सकिएर पनि विगठन हुन बाँकी भए समितिमा नरहने घोषणा गर्दछु । नेतृत्वले बझेरै कुरा ल्याएको हुनुपर्ने जहरमान दाई पुरानै नेतृत्व मध्येको एक हो । उहाँ अनवरस जिम्मेवारीमा रहँदै आउनुभएको व्यक्तित्व हो । उहाँले झोडा सुरुकाल देखि नै पुर्जा बदरको अभियानमा लाग्दै आउनु भएको म स्मरण गर्दछु । ठिक छ पुर्जा खारेजी हुँदा मेरो टाउको दुखाई हँुदै होइन लेना देना केही छैन् तर नेतृत्वले कहिले काही मार्ग निर्देशनमा कमजोरी गर्दा पुस्तौ पुस्तासम्म जनताले दुःख पाउने हुन्छन् । यो मुद्दामा पनि पुस्ता गलिसकेकै छ । अरु पुरानै पुस्ता गल्नेछ तर पुर्जा खारेज पनि हँुदैन खारेज नभएपछि सुकुम्वासीहरुले पुर्जा पाउने कुरै भएन । एउटा नक्साको दुई वटा पुर्जा हुँदा पनि हुँदैन ।

संविधानसँग नबाझिने गरी ऐन कानून र विधेयकहरु बन्ने हुन् । संविधानमा नगरिकको सम्पत्तिको हक अधिकार महल हुनुपर्ने । यो झोडाको समस्याले टाउको दुखायो । कोही भन्छन् हामी सुकुम्बासी पक्ष, सरकार विपक्षमा तिलक दाई कता ? जे आग्रह पूर्वाग्रहबाट यस्तो वाक्यांश उठाइए पनि इमान साथ म भन्छु पक्ष विपक्ष होइन म निश्पक्ष दुबै पक्षलाई कानूनी मान्यता प्राप्त गराउँदै (विन विन)को दुवै पक्षको जित गराउने लक्ष्य हो । एकाध मुर्ख झोडेली वाहेक, एकाध अहमता बोकेको पुर्जावाल बाहेक अधिकांश मानिसहरु त्यो क्यान्सर रोगबाट मुक्त हुन चाहान्छन् । चाहिरहेका छन् ।
घत लाग्दो कुरा त
यो पो छ त झन्
पुर्जावालले मुद्दा गर्छन्
आफ्नै पुर्जा जित्छन
भोगवालाले मुद्दा लाउँछन्
आफै भोग जित्छन
यो क्रम पुस्तौं चलिरहन्छ
कस्ले गर्छ समाधान
नेता जि हो कस्ले गर्छ समाधान ।
– लेखक भूपू गाविस अध्यक्ष हुनुहुन्छ । –सम्पादक

सम्बन्धित खवर