‘अभिभावक, शिक्षक र विद्यार्थी बीच राम्रो सम्बन्ध हुनुपर्छ’ - Crazysaptahik.com

‘अभिभावक, शिक्षक र विद्यार्थी बीच राम्रो सम्बन्ध हुनुपर्छ’

– मनरथ खरेल, प्रिन्सिपल

मोरङ्ग मेरीगोल्ड अङ्ग्रेजी हाई स्कुल, पथरीशनिश्चरे–९

मोरङ्ग मोरङ्ग, मेरीगोल्ड अङ्ग्रेजी हाई स्कुलका प्रिन्सिपल हुनुहुन्छ मनरथ खरेल । औपचारिक शिक्षाका रुपमा अङ्ग्रेजीमा बीए र शिक्षामा एमएको उपाधि हासिल गर्नुभएका खरेल करिब तीन दशकभन्दा बढी शिक्षण पेशाको अनुभवले खारिनु भएको छ । यस विद्यालयमा २१ बर्षदेखि अनवरत रुपमा प्रिन्सिपल जस्तो गरिमामय पद समालिरहनु भएका खरेलसँग एसईई उत्कृष्ट नतिजा पछि यस विद्यालयमा कक्षा ११ र १२ तर्फ व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्काय चलाउने सन्दर्भमा प्रिन्सिपल खरेलसँग गरिएका संवादका मुख्य अंशहरू :–

अहिले एसईईको नतिजा पछि कक्षा ११ र १२ चलाउदै हुनुहुन्छ नि ? यसमा के-के चुनौतीहरु देख्नुभएको छ ?
– कक्षा ११ र १२ सञ्चालन गर्ने कुरामा केही चुनौतीहरु त पक्कै छन् । किनकी आज पनि सबै अभिभावकज्यूहरु आफ्ना छोरा छोरीहरुको क्षमता बुझेर के बिषय लिएर कुन स्कुल ÷कलेजमा पढ्न भने उपयुक्त सल्लाह दिन सक्ने हुनुहुन्न । जसको फलस्वरुप आफ्ना लागि उपयुक्त निर्णय गर्न नसकी विद्यार्थीहरु देखासिकी गदै आफैं निर्णय गरी कता कता भौतारिन्छन् । पढेर पार लगाउन नसकी विचैमा कलेज छाडेर विदेश पलायन हुनबाट रोक्न यो एउटा ठूलो चुनौती हो । यस्तो अवस्थामा ती अभिभावकले र विद्यार्थी सामु चेतना जगाएर सही दिशातर्फ समेट्न एउटा अर्को चुनौती हो । त्यसैले विद्यार्थी भाइबहिनीहरुलाई आफ्ना शिक्षक र अभिभावकहरुसँग राम्रो सल्लाह गरेर मात्र अगाडि बढ्न आग्रह गर्दछौं ।

व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय चलाउनुका कारण के होला ?
– आजको विश्वमा वाणिज्य शास्त्रको अत्यन्तै महत्वपूर्ण भएको कुरा महसुस गरेर प्रचलित बजार अनुरुप उपयुक्त जनशक्क्ति उत्पादन गर्ने हेतुले सञ्चालन गरिएको हो । शिक्षाशास्त्र सङ्काय यतिबेला कमजोर अवस्थामा छ , सबै विद्यार्थी रोजाइ विज्ञान सङ्काय हुने भएकाले, आगामी दिनमा शिक्षकको शिक्षण संस्थामा दक्ष जनशक्तिको अभावका कारण पनि शिक्षक मागलाई परिपूर्ति गर्न शिक्षाशास्त्र सङ्काय पनि चलाउने भनेका हौं ।

शिक्षक, अभिभावक र विद्यार्थीबीच कस्तो सम्बन्ध हुनुपर्छ ?
– अभिभावक, शिक्षक र विद्यार्थीबीच राम्रो सम्बन्ध हुनुपर्छ । त्यसमा अत्यन्तै विश्वास सद्भाव वातावरण हुनुपर्छ । एकअर्काप्रति समझदारी कायम राख्ने, एक—आपसमा सहकार्य गर्ने किसिमका, एकअर्काको हार्दिकता सप्रेम गर्ने र आपसी समझदारीमा सहयोगी हुनुपर्छ ।

अन्त्यमा के भन्नु छ ?
– विद्यालयमा शिक्षक र अभिभावकहरुको सफल सहकार्यले नै आजका बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित हुन्छ । जसमा विद्यार्थी माथि उल्लेखित तीन वटा शक्तिहरुको उद्देश्यले पनि विद्यालय सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । त्यसमा समयसापेक्षीय र वैज्ञानिक ढंगबाट उनीहरुलाई डो¥याउन सकेमा सफलतापूर्वक जिन्दगीको संघार पार गराउँदै एउटा ठूलो मार्गनिर्देशन गर्नसकेको खण्डमा सक्षम र योग्य नागरिक बनाउन सकिन्छ । मेरा सारगर्मित भनाइहरु यहाँहरुको मिडिया मार्फत् राख्ने मौका प्रदान गरदिनु भएकोमा यस टिमका सम्पूर्ण पत्रकार मित्रलाई धेरै–धेरै साधुवाद दिन चाहान्छु ।

सम्बन्धित खवर