प्रकाशकीय : हामी आठौं वर्षमा - Crazysaptahik.com

प्रकाशकीय : हामी आठौं वर्षमा

क्रेजी डटकम साप्ताहिकले यसै अंकदेखि आठौं वर्षको यात्रा प्रारम्भ गरेको छ । हामी प्रदेश नं. १ मा रहेर राजनीतिक परिपेक्ष्यबाट थोरै टाढंै अनि सामाजिक गतिविधि र मनोरञ्जनलाई मुख्य विधा बनाइ निरन्तर अघि बढिइरहेका छौं । मोरङको पथरी गाविस हु“दा ७ वर्षअघि ग्ल्यामर फिल्डको पत्रकारिताता गर्दा भनेजति खुराक पाउन धेरै मुश्किल थियो । तर, अहिले केही हदसम्म सहज बन्दै हाम्रो यात्रा अघि बढिरहेको सम्पूर्ण पाठकहरुलाई सर्वविदितै छ ।

यस क्षेत्रमा रहेर पत्रपत्रिका प्रकाशन गर्नु निक्कै मुश्किलकै कुरा थियो । तर, हाल तपाईहरुको माया र हौसलाले नै क्रेजी डटकम साप्ताहिक आठौं वर्षमा पाइला टेक्न सफल भएको छ । यसको श्रेय पथरीशनिश्चरेका आदरणीय विज्ञापनदाता, ग्राहक तथा हाम्रा आम शुभेच्छुकहरुलाई नै दिन चाहन्छौं । अझ तपाईहरुको माया र हौसला हामीलाई निरन्तर रहिरहोस् । हो, हामी यही चाहन्छौं । हाम्रो प्रकाशनको पहिलो अंक पत्रिका बजारमा जा“दा केहिले भनेका थिए पथरीशनिश्चरे जस्तो सानो ठाउ“मा पत्रिका चलाउन असम्भव । चलेको एउटा साप्ताहिक पत्रिका त बन्द भयो । मनोरञ्जन पत्रिका कहा“ चल्नु । वास्तविकता पनि त्यस्तै थियो त्यो बेला । त्यस समय न त यहा“ अफसेट प्रेस थियो, अहिले त्यो समस्या दुर भएको गएको छ । एउटा अफसेट प्रेस भित्रिएको छ । यसले हामीलाई केही राहत भने पक्कै दिएकै छ ।

अतः सुरुवातताका पत्रिका प्रकाशनको समयमा जस्तो केही साथीहरुले चासो दिन छाडे पनि सम्पादक÷प्रकाशकको हिसावले पत्रिका बन्द भो रे भन्ने शब्द तपाईहरुको कानमा पर्न नदिने प्रतिवद्धता पनि जाहेर गरेका थियौं र गरिनै पनि रहन्छौं । तपाईहरुको सल्लाह सुझावले सधैं हामीलाई मार्गदर्शन गरिरहेको आभाष हामीले गरेका छौं । तर, यदा कदा कहिले कांही पत्रकारिताको विषयमा केही व्यक्तिहरुले भने सामाजिक सञ्जालमा टिका टिप्पणी नगरेका भने होइनन् । तर, त्यो कुरालाई हामी खासै वास्ता नि गर्दैन, किनकि हामी सत्यतथ्य अनि वास्तविकताको पछि लागिरहने छौं ।

सबैको चित्त र सबैको आश पूरा गर्न कठिन नै हुन्छ । हामी पनि समाजबाट टाढा रहेर बस्न सक्दैनौं । तर, यथार्थ र सांचो स्रोत आए आम कुरालाई निक्र्याैल गरेरै जाने प्रतिवद्धता जाहेर गर्दछौं ।
अहिलेसम्म हामी मोफसलमा भएका कला, मनोरञ्जन, स्थानीय समाचारहरु र कलाकारितामा झुकाव राख्नेहरुलाई मध्य पृष्ठमा पर्याप्त स्थान दिइरहेको सर्वविधितै छ ।

हुन त यो खासै ठूलो कुरो होइन तर, स्थानीय स्तरमा कलाकारितामा होमिने र समाजमा सकारात्मक सन्देश छर्न खोज्नेहरुलाई त थोरबहुत भएनि जोश, जा“गर, उत्साह जगाउने कार्य भएकै पाएका छौं । र, सधैं हामी त्यही चाहन्छौं पनि । र, अन्त्यमा धन्यवाद नदिरहन सक्दैनौं आम पाठक, अनि हामीलाई विज्ञापन दिएर सहयोग गर्नुहुने निजी विद्यालय, संघ, संस्था, व्यापारी, बुद्धिजिवीहरुलाई । धन्यवाद ।
– सन्तोष राई
सम्पादक/प्रकाशक

सम्बन्धित खवर