जुर्मुराए सृजना चौतारीमा सर्जकहरू - Crazysaptahik.com

जुर्मुराए सृजना चौतारीमा सर्जकहरू

भूमिप्रसाद पाठक

साहित्यको उर्जाशील ठाउँ भनेकै पथरीशनिश्चरे नगरपालिका हो । यहाँ विभिन्न साहित्य गतिविधिहरू पहिलेदेखि नै हुने गर्दछ । त्यसमा पनि हरेक शनिवारको अन्तिम साता ‘सृजना चौतारी’ को श्रृङ्खलाहरु पनि यहाँ नभएका होइनन् ।

त्यसमा विगत केही बर्षदेखि नै शिथिल बन्दै गएको साहित्यको यात्राले पूर्णविराम लगाउँछ भन्नेहरुको जमात पनि यहाँ निकै छ । त्यो जमातले पनि साहित्यका गतिविधि नगरेका होइनन् । त्यसैले, पथरीशनिश्चरे नगरपालिका साहित्यिक कार्यक्रम सिन भिलेज पार्टी प्यालेसमा हँदा राखै साहित्यिकप्रेमीहरुको उपस्थित हुन सकेन । तर पनि नगर साहित्यिक व्यक्तित्वहरु जुरमुराएर उठेको उत्साह पनि कम थिएन ।

तस्बिरहरु : करण धिताल/ क्रेजी साप्ताहिक

त्यही अवसरमा साहित्यिक गतिविधिले भने जस्तो झ्याङ्निे अवसर पाएको छैन । नगरपालिका छुट्याएको बजेटबाट भन्ने जस्तो साहित्यिक कार्यक्रम हुन त सकेन तर प्रयत्न जारी रह्यो । त्यसलाई मध्यनजर राख्दै साहित्यिक गतिविधिमा केही साथीहरुको सक्रियता निकै बढेको देखियो । साहित्य सबै व्यक्तिहरूलाई मन पर्ने विधा हो ।

अहिलेको जमाना साहित्यलाई कसैले पनि प्राथमिकतामा नपारेको अवस्था छ । वास्तवमा एभरेष्ट आर्ट फ्युजनको पछिल्लो सक्रियता पनि हामी सबैले मान्नैपर्छ । विभिन्न तालिमहरु सम्पन्न गरेको फ्युजन एउटा गतिले संस्थाको रुपमा परिचय वनाएको छ ।

सेरामिक तालिम र माटाका भाडावर्तन विभिन्न सामग्री निर्माण गरेर मानिससँग राम्रो परिचय बनाइरहेको छ । यसलाई मध्यनजर राख्दै गत शनिवार एभरेष्ट आर्ट फ्युजनको बजेटबाट ३० हजारको बजेटलाई सृजना चौतारीको ११ औँ श्रृङखलामा पूर्वका चर्चित गजलकार ‘विवश’ बलिभद्र कोइराला र गायक÷संगीतकार अनिल फागोको गजल–तथा गीत प्रस्तुतिको कार्यक्रमले यतिबेला चर्चा कमाएको अवस्था छ ।

त्यसमा पनि शक्तिशाली गजलकार कोइराला एकल गायनले साँच्चैको मन्त्रमुग्ध जो कोहीलाई बनाउथ्यो र ‘हाम्रो अभियान स्रष्टा र सृजनाको सम्मान’ नाराका साथ यस श्रृङखलालाई निरन्तर दिएको हो ।

पूर्वी क्षेत्रमा सक्रिय बनेको पथरीशनिश्चरे एभरेष्ट आर्ट फ्युजनको मुख्य आयोजना तथा सीएम कन्दङ्वा स्मृति कोषको सह–आयोजनामा सृजना चौतारी गीत–गजल वाचनले निरन्तरता पाउनु पनि साहित्यप्रेमीहरुका लागि एउटा नौलो आयाम हो ।

सो कार्यक्रममा इलाम चुलाचुली स्थायी घर भएका विवशले २ दर्जन गजल वाचन गरेका छन् । उनका गलजका एक शेरबाट ः–
‘आफ्नो छोडेर चिन्ता जो गर्छ गर्छ देशका लागि
सुरु उही हो सुयोग्य सन्तान जो पर्छ देशका लागि’

भारतको दार्जिलिङ घर भइ झापाको दमकलाई कर्मथलो बनाएका अनिल फागो आधा दर्जन गीत र गजलको गायन प्रस्तुत गर्दा जो कोही पनि उनका गीत सुनेर मन्त्रमुग्ध बन्थे । उनले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतबाट गायन सुरुवात गर्दा दिनैभरी एभरेष्ट स्कुलको सभाहल सङ्गीतमय बनेको थियो ।

पाकिस्तानी गजल गायक गुलाब अलीका गजल गीत पस्केका फागोले आफ्नो स्वरमा हिन्दी गजल पनि सुनाउन भ्याए । हिन्दी गजल गायनमा ‘चाँदी जैसे रङ तेरा…’ चर्चित गजलमा दर्शकहरुलाई भरपूर आनन्द दिइरहेका थिए । यता गजलका सम्राट ‘विवश’ले मनै छुने गजल पस्किदा इलाम, झापा, मोरङबाट आएका गजलप्रेमीले साथ दिएका थिए । उनको मनै छुने गजलको एक शेर :–
‘घाम कहाँ हेर्नलाई जूनजस्तो मज्जा हुन्छ
कसले भन्यो हेरेर फूल छुन जति मज्जा हुन्छ ।’

त्यसरी कार्यक्रममा सन्तोष रसाइली तबलावादक, आकाश राईको बेस गिटारिष्ट र अनिल राईको रिदम गिटारिष्टले साँच्चैकै प्रसंशायोग्य थियो । करिब ३ सयका हाराहारी रहेका दर्शकहरुलाई कार्यक्रमभरि बडो आनन्द तुल्याएका थिए ।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार (किशोर) राईले पनि यस्ता कार्यक्रमले आफूलाई मन परेकाले, अबदेखि प्रदेशस्तरीय कार्यक्रम बनाउनुपर्नेमा जोड दिएकाले पनि नगरका साहित्यप्रेमी साथीहरुलाई पनि उत्साहप्रदान भएको छ ।

त्यसमा पनि यस कार्यक्रममा ‘विवश’ का गजलले पनि दर्शकमाझ अमिट छाप छोडेको र धेरैलाई मन परेको कुरा पनि कार्यक्रममा गरेको पाइयो । उनका गजलबाट हेरौँ :
‘पुरै झा¥यो दिलको पर्दा मलाई बानी बनाएर
जमिरहन्छौ तिमी आफू मलाई बानी बनाएर’

अनिल फागोको ‘माइती गयौ किनारामा…’ जस्ता गीत गाएका थिए । उनले अधिकांश समय गजल गीत पस्केकाले पनि अन्तिम अवस्थासम्म पनि साहित्यप्रेमीहरु सुन्न आतुर नै थिए । कर्णप्रिय स्वरका धनी फागो लामो समयदेखि सङ्गीत साधनामा लागेका ब्यक्ति हुन् ।

दमकमा नै सुरभी कलाकेन्द्र खोलेर आफूलाई चिनाइसकेका व्यक्तिले पथरीको प्रस्तुतिमा फागोको दमदार रहेको थियो । यस कार्यक्रमको विशिष्ट अतिथि हुन पाउने व्यक्तिहरुमा युवराज बास्कोटा ‘यज्ञ’ लेखक तथा एभरेष्ट आर्ट फ्युजनका सल्लाहकार, विरध्वज शिवा अध्यक्ष–कला साहित्य प्रवद्र्धन समिति पथरीशनिश्चरे नगरपालिका, सरोजा खड्गी प्राज्ञ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान सदस्य र गायक रविन कन्दङ्वा र अमर प्रजापति लगायत रहेका थिए ।

त्यसमा पनि अति परिश्रमी मेहनेती आर्ट फ्युजनका अध्यक्ष षडानन्द (निश्चल) सुवेदीले कार्यक्रम गर्दा उनले गरेको योगदान पनि ठुलो नै छ ।

त्यसैगरी कार्यक्रमका संयोजक राजेन्द्र भट्टराई ‘विवश’ र कार्यक्रम सञ्चालक तथा
एभरेष्ट आर्ट फ्युजनका सहसचिव दिपक ढुङ्गाना ‘दियालो’ पनि यो उर्जाशील कार्यक्रम बनाउँदा खटेको कुरा कतैबाट छिपेको छैन ।

सोही संस्थाको कोषाध्यक्ष सीता राई, सदस्य टीका लुइटेल सदस्य, प्रेमकला ढुङ्गाना पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसकारण यत्रो कार्यक्रम हुनुमा पनि अर्जुन सेन्चुरी र ओमप्रकाश शर्मा पुडासैनी ‘अभिन्न’लाई नाम छुटाउँदा अधुरो–अपुरो बन्ने यस कार्यक्रममा सबैले आ–आफ्नो ठाउँबाट खटेका कारण यत्रो कार्यक्रम हुन सकेको सबैले महशुस गरेका छौँ ।

जे गरे पनि विवश बलिभद्र कोइरालाको गजल नै एक वाचनमा सबैको मन तानेको छ । गजलको एक शेर हेरौँ ः–
‘जन्म–जन्म तिमीसँगै हुने भन त म सँगसँगै छ
भेट हुँदा हाँसिदेउ रुने मन त म सँगसँगै छ ।’

एभरेष्ट आर्ट फ्युजनको संस्था परिचय संस्थापक अध्यक्ष सरोजा खड्गीले राखेकी थिइन् । सरोजा खड्गीकोे योगदानबाट आज ‘सृजना चौतारी’ साख गिरेको बेला एउटा नयाँ उचाइमा कार्यक्रम पुगेको अनुभूति गरेका छौँ ।

एभरेष्ट स्कुलका निर्देशक रविन कन्दङ्वा पनि हामीलाई निःशुल्क हल उपलब्ध गराएर गुन लगाएका छन् । कन्दङ्वा आफै साहित्यप्रति लगाव राख्ने व्यक्ति भएकाले पनि हामीले उनको गुनलाई बिर्सनु हुँदैन । सुरुदेखि अन्त्यसम्म बसेका कन्दङ्वा यस क्षेत्रका गायक पनि हुन् । उनले शिक्षा लगानी समय खर्चिए पनि उनको साहित्यिक झुकावलाई हामीले सह्राहना गर्न चुक्नुहुदैन ।

त्यसैले यस क्षेत्रका गजलकार भूपेन्द्र तिम्सिनाले ‘विवश’को ‘स्रष्टा परिचय’ दिएका थिए । निकै बान्कीपूर्ण ढङ्गबाट स्रस्टाको परिचयलाई उनले राम्ररी प्रस्तुत गरेका थिए । एक गजलकारले अर्का शक्तिशाली गजलकार परिचय दिँदा जुन खालको परिचय थियो । त्यो सबै आउनु पनि राम्रो कुरा हो । बेला–बेलामा हुने कार्यक्रम भूपेन्द्रजीको गजलवाचन मलाई निकै राम्रो लाग्ने गर्दछ ।

त्यस्तैगरी अर्का स्रष्टा सङ्गीतकार तथा गायक अनिल फागोको परिचय ओमप्रकाश शर्मा पुडासैनी ‘अभिन्न’ ले गराएका थिए । ‘अभिन्न’का समकालीन फागो सँगै पढेका हुन् । ‘अभिन्न’ लाई परिचय बनाउन त्यति गाह्रो पनि हुदैन । ‘अभिन्न’ आफै राम्रा गजलकार हुन् । उनीसँग गजल लेख्ने काइदा छ ।

समग्रमा भन्नुपर्दा विगत भए गरेका कार्यक्रममा भन्दा यो कार्यक्रम निकै उत्साहप्रद रहेको कुरा सबैले भनिरहेका छन् । त्यसैले अब आउँदा दिनमा यस्ता खालका प्रेरणादायी कार्यक्रम गर्न सक्दा ‘सृजना चौतारी’ जमघट अझ सार्थकता बन्ने थियो भन्ने लाग्दछ ।
अझै विवशको मनले छोएको गजलको एक शेर अन्त्यमा
‘शितको थोपा भुइँमा झर्छ नजर जुधेपछि
फूलको बथान ओझेल पर्छ उनमा नजर जुधेपछि’

सम्बन्धित खवर