प्रदेशस्तरिय अन्तरकलेज वक्तृत्वकलाको तयारी तयारी लगभग सकिएको छ ः सुमन कुरुङवाङ - Crazysaptahik.com

प्रदेशस्तरिय अन्तरकलेज वक्तृत्वकलाको तयारी तयारी लगभग सकिएको छ ः सुमन कुरुङवाङ

सामुदायिक विकास मञ्च नेपाल र अन्तरधार्मिक शान्ति युवा समुहको आयोजनामा मोरङको पथरीशनिश्चरेमा प्रदेशस्तरिय अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । भोलि २४ गते शुक्रवार पथरीशनिश्चरे वडा नं–२ स्थित शिन भिलेज पाटी प्यालेसमा हुने सो कार्यक्रमको अन्तिम तयारी भैरहेको आयोजकले जनाएको छ । प्रश्तुत छ सोही विषयमा रहेर कार्यक्रमका संयोजक सुमन कुरुङवाङसँग गरिएको यो कुराकानि  ः
के मा व्यस्त हुनुहुन्छ ?
सामाजिक क्रियाकलापका साथसाथै यहि २४ गते हुन गइरहेको प्रदेशस्तरिय अन्तरकलेज वक्तृत्वकलाको तयारी लगभग सकिएको छ ।
कार्यक्रमको तयारी कस्तो हुँदैछ ?
हामि कार्यक्रमको व्यवस्थापनमा व्यस्त छौँ । अहिले ७५ प्रतिशत काम भइसकेको छ । कार्यक्रमको मिती नजिकिदै गरेकोले अहिले हामि थप तयारी गर्दैछौँ ।
कार्यक्रमको वारेमा केही वताइदिनुस न
सामुदायिक विकास मञ्च नेपाल र अन्तरधार्मिक शान्ति युवा समूह मोरङको आयोजनामा हुन लागिरहेको यो कार्यक्रमको उद्धेश्य सामाजिक सद्भाव कायम गर्ने हो । अन्ततः मुख्य उद्धेश्य समाजमा रहेका जातिय, वर्गिय तथा धार्मिक द्धन्द हटाइ शान्तिपूर्ण समाज स्थापना गर्ने हो ।
कार्यक्रमका लागि लाग्ने खर्च तथा अन्य कुराहरु कसरी व्यवस्थापन हुँदैछ ?
स्थानिय सरकार र अन्य विभिन्न गैरसरकारी संस्थाहरु तथा मुख्य सहयोग युनाइटेड मिसन टु नेपालकाृ सहयोगमा हुने कार्यक्रम हो ।
प्रतिस्पर्धि कहाँ–कहाँवाट कुन तरिकाले सहभागी गराउने योजना छ ?
प्रदेश नं १ का १४ जिल्लालाई खुल्ला आह्वान गरी सम्पूर्ण कलेजहरुलाई निमन्त्रणा गरिएको छ । अहिलेसम्म ७ वटा जिल्लावाट २० वटा कलेजका प्रत्येक १–१ जनाका दरले २० जना विद्यार्थीले आवेदन दर्ता गरिसकेका छन् । अन्य विद्यार्थीहरुले पनि आवेदन दिने क्रम जारी छ ।
कार्यक्रमका विजेतावाट भोलिको दिनमा कस्तो अपेक्षा राख्नुभएको छ ?
हाम्रो कार्यक्रमको उद्धेश्यअनुसार वहुभाषिक, वहुजातिय र वहुधार्मिक संरचना भएको यस समाजमा भोलीको दिनमा अन्तरद्धन्द र हिंसा न्युनिकरण गर्न प्रतिस्पर्धिहरु मार्फत सन्देश प्रवाह होस भन्ने अभिप्राय रहेको छ । मुख्यत हामिले युवाहरु शान्तिपूर्ण वाटोमा सरिक हुदै देशमा एकता र शान्ति फैलाउन सहयोगी हुन सकुन भन्ने नै अपेक्षा राखेका छौँ ।
स्थानियस्तरमा कार्यक्रमवारे कस्तो प्रतिक्रिया पाउँदैहुनुहुन्छ ?
विभिन्न सञ्चारमाध्ययमद्धारा कार्यक्रमसम्वन्धि वृहत जानकारी गराइएको छ । र यो विल्कुल फरक शिर्षकमा प्रदेश नं १ मा नै प्रदेशस्तरको पहिलो कार्यक्रम हो । यस अर्थमा विभिन्न स्थानियवासि तथा वुद्धिजिविहरुले सकारात्मक पृष्ठपोषण दिइराख्नुभएको छ । प्रदेशस्तरिय कार्यक्रम यस नगरमा भइरहँदा अन्य जिल्लाहरुका सहभागीहरुविच बौद्धिक जगतमा राष्ट्रिय स्तरमै पथरीशनिश्चरेको गरिमा वढाउन सहयोग पुग्ने छ । यसकारण पनि स्थानियवासि यो कार्यक्रमवाट सकारात्मक हुनुहुन्छ ।
अन्त्यमा केही भन्नु छ ?
सम्पूर्ण स्थानियवासीलाई कार्यक्रममा अनुपस्थित भइ कार्यक्रमको शोभा बढाइदिन अनुरोध गर्दछौँ । साथै सम्पूर्ण सञ्चारमाध्ययम समाजसेवि, वुद्धिजिवी जनप्रतिनिधी तथा स्थानियवासीहरु प्रति उचित सरसल्लाह रचनात्मक सहयोगको उपेक्षा राख्दछौँ । सािथै हाम्रा कुराहरु राख्न दिनुभएकोमा यस पत्रिकालाई धन्यवाद समेत दिन चाहन्छौँ ।

 

प्रश्तुति ः प्रेमप्रसाद भट्टराई (के.डी)

सम्बन्धित खवर