‘सेवा सुविधा प्रवाहका लागि हामीले कन्जुस्याई गरेका छैनौ’ - Crazysaptahik.com

‘सेवा सुविधा प्रवाहका लागि हामीले कन्जुस्याई गरेका छैनौ’

– दिलीपकुमार राई (किशोर), प्रमुख
पथरीशनिश्चरे नगरपालिका

पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राई (किशोर) आफ्नो नगरलाई विकास गर्नतिर लागि पर्नुभएको छ । यस नगरलाई कसरी हरितनगर तथा समृद्ध बनाउने कुरामा अहोरात्र खटिनुभएको छ । चुनाव जितेपछि जनताका आकांक्षाहरू धेरै छन्, ती पूरा गर्नका लागि भरमग्दुर प्रयास गर्दै हुनुहुन्छ राई । २ वर्षको अवधिमा यस नगरमा के कस्ता उपलब्धिहरु भए, आफूले कुर्सीमा बसेर कार्य सम्पादन गरेका बिषयवस्तुको सन्दर्भमा क्रेजी साप्ताहिकले गरेको अन्तर्वार्ता : –

यो दुई वर्षको अवधिलाई आफंैले मूल्याङ्कन गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
– यो दुई वर्षको अवधिलाई आफंैले मूल्याङ्कन गर्नुभन्दा उपलव्धिमूलक रहेको अवगत गराउन चाहन्छु ।

तपाईको नगरपालिकाको चालू आर्थिक वर्षका लागि प्राथमिकताका क्षेत्र के–के हुन् ? कुन क्षेत्रमा बढी बजेट विनियोजन गर्नुभएको छ ?
–  यस नगरपालिकाको चालू आर्थिक वर्षका लागि प्राथमिकतामा बिशेष गरी भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन जस्ता क्षेत्रहरुमा बढी वजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षका लागि तपाईहरूले छनौट गरेका साना, ठूला, मझौला योजनाहरु के–कस्ता छन् ?
– चालू आर्थिक वर्षका लागि हामीले सबै विषयको योजना ठूला योजना अस्पताल सञ्चालन, सडक निर्माण र कालोपत्रेका लागि ठूला–ठूला योजनाका लागि करोड र मझौला योजना २५ लाख रहेका छन् । त्यसैगरी, यस नगरपालिका रु १ लाख भन्दा कमका योजनाहरु छैनन् ।

गत आर्थिक वर्षमा तोकिएका योजनाहरू पूरा भएकि भएनन् ?
– गत आर्थिक वर्षमा तोकिएका ठूला योजनाहरु बाहेक सबै योजनाहरु पूरा भएका छन् ।

तपाईको नगरपालिकाको मौलिकता के हो ? कृषि, पर्यटन, उद्योग, पर्यटन वा अन्य ?
– यस नगरपालिकाको मौलिकता कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य यिनै क्षेत्रहरु नै हुन् । यिनै उद्योग र पर्यटन पनि हाम्रा मौलिकताभित्र पर्दछन् ।

कर्मचारीको अभाव वा बढी कस्तो अवस्था छ ?
– कर्मचारी आवश्यक अनुसारको दक्ष जनशक्तिको अभाव छ ।

संघ तथा प्रदेश सरकारबाट कस्तो सहयोग पाउनुभएको छ ?
– संघीयता प्रारम्भिक अभ्यास भएका कारणले, नमिलेका बिषयहरु छन् । तथापि स–विस्तार कार्यान्वयन हुन्छ । यसमा हामी सवैले मिलेर सहकार्य र सहअस्तित्व अभ्यास गरेर जानुपर्छ ।

नगरपालिकाबाट प्रदान गर्ने सेवा–सुविधा प्रवाहका लागि कस्ता विधि र प्रविधिको प्रयोग गर्नुभएको छ ?
– यस नगरपालिकाबाट प्रदान गर्ने सेवा–सुविधा प्रवाहका लागि हामीले कतैबाट कन्जुस्याई गरेका छैनांै । प्राविधिक कारणले कहिलेकाँही बनेको समयमा सेवा प्रवाह नहुन सक्छ । अवस्था अनुसार सहज र सरल तरिकाले सेवा प्रवाह गरिरहेका छौं ।

सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा अलग्गै व्यवस्था गरिएको छ कि ?
– सामाजिक सुरक्षा–भत्ता लगायतका बैंकिङ सेवा प्रदान गरिरहेका छौं । त्यस बाहेक दीर्घ रोगीलाई प्रवाह गरेको सेवा आपत विपत परेको अवस्थामा गरेको सेवा नगरपालिकाबाट यस शीर्षकमा सेवा प्रदान गरिरहेका छौं ।

विकासमा खर्च गर्नुपर्ने पैसाले गाडी किन्ने सुविधा थप्ने कुराले आलोचित हुनुपरेको छ कि छैन ?
– यस नगरपालिकाले आजको मितिसम्म जनप्रतिनिधिले हिँड्ने चढ्ने ४ चक्के गाडी खरिद गरेको छैन ।

तपाईको नगरपालिकामा विपत्को अवस्था कस्तो छ ? विपत्बाट पीडित भएकालाई के–कस्तो राहत दिनुभएको छ ?
– पहिलोमा हाम्रो नगरपालिकामा विपत् अवस्था भनेको मुख्य क्षति पु¥याउने बाढी नै हो । दोस्रो कहिलेकाहीँ आगजनी, हात्तीले घर भत्काउने, पुरानो क्षति मौसम अनुसारको हावाहुरीले पु¥याउने क्षति नगरपालिकाबाट देखिएका समस्यालाई विपत कोषबाट राहत दिने गरेका छौं ।

तपाईको नगरपालिकामा भूमिहीन सुकुम्वासीको अवस्था कति छन् ?
– हाम्रो नगरपालिका भूमिहीन सुकुम्वासीको अवस्था उस्तै छ ।

 

विकास निर्माणको काम कसरी गराउनुहुन्छ ? ठेक्काबाट कि उपभोक्ता समिति वा अन्य समिति वा अन्य कुनै माध्यम ?
– विकास निर्माणको काम गर्नको लागि उपभोक्ता समितिको माध्यमद्वारा गरेका छौं । त्यसमा ठेक्का प्रणालीबाट पनि विकास निर्माणका कामहरू गरिरहेका छौं ।

तपाईको नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम कस्तो रह्यो ?
– हाम्रो नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमा नै आउन सकेन । त्यसमा कर्मचारी, जनप्रतिनिधिको तदारुकताको साथ प्रधानमन्त्री रोजगार कार्यक्रम १० वटै वार्डमा प्रत्येक वडाबाट २० जनाको योजना छनौट गरिएको हो । योजना छनौट प्राविधिक इष्टमेट गरी २५ दिनसम्म निरन्तर काम गराइयो ।

तपाईको नगरपालिकामा विकास भएको छ भन्ने आधार के ? जनताले कसरी थाहा पाउने कि यहा“ विकास भएको छ भनेर ?
– यस नगरपालिकामा साना र ठूला गरी १५ वटा पुलहरु निर्माण भएका छन् । कुनै वार्डको कुनै टोल वस्तीमा जानको स्तरोन्नति नभएको सडक छैन । यस नगरपालिका ३ वटा सडकहरु आवधिक योजनामा समावेश गरेका छौं । यस नगर–पालिकाले शिक्षा क्षेत्रमा गत आर्थिक वर्षमा जे–नीति अवलम्वन ग¥यो चालु आर्थिक वर्षमा सोही नीतिलाई संघीय सरकारले सम्बोधन गरेको छ । कृषि क्षेत्रमा कृषकलाई क्रण, जैविक मलको व्यवस्थापन, जैविक उत्पादनमा सेवा प्रदान । पैनी र बाँधहरुको निर्माण र कृषि औजारको वितरण, सिँचाइको लागि मोटर वितरण गरिएको छ । स्वास्थ्य क्षेत्रमा ७० वर्षभन्दा माथिका वृद्ध/ वृद्धालाई अस्पताल जानका लागि एम्बुलेन्स सुविधाको व्यवस्था गरिएको छ । दीर्घ रोगीहरुको तोकिएको अंकमा आर्थिक सहयोग दिने व्यवस्था छ । बक्राहा नदी र डाँस नदीमा नियन्त्रणका लागि संघीय सरकार, राष्ट्रिय योजनामा समावेश पथरी–डाइनिया सडक, मनमोहन गान्धीमार्ग राखिएका छन् । आन्तरिक पर्यटन सम्बन्धी लिइएको लक्ष्य प्रादेशिक गौरवका रुपमा प्रदेश सरकारबाट स्वीकृति भएको वृहत् साँस्कृतिक सङ्ग्राहालय विद्युतीय व्यवस्थापन जस्ता रहेका छन् ।

कार्य सञ्चालनका क्रममा कानूनी समस्याहरु अर्थात् कानुन नबनेका जस्ता कुराको महसुस गर्नुभएको छ कि छैन ?
– कार्य सञ्चालनका क्रममा कानुन नबनिसकेको अवस्थाले नगरपालिकाले गर्नुपर्ने कामहरु केही समस्या छन् ।

वडा कार्यालयबाट के–कस्ता सेवा सुविधा प्रवाह हुन्छन् ?
– विगत गाउँ विकास समितिको कार्यालयले जस्तो प्रकारको सेवा प्रवाह गरिरहेको थियो । त्यस्तै प्रकारको सेवा वडा कार्यालयबाट प्रवाह भइरहेको छ ।

सार्वजनिक कार्यक्रममा कतिको व्यस्त हुनुपर्छ ?
– नगरभित्रका सार्वजनिक कार्यक्रममा सधै व्यस्त हुनुपर्छ ।

सार्वजनिक कार्यक्रममा बढी समय दिदा कार्यालयमा बसेर गर्नुपर्ने काममा वाधा पुगेको महसुस गर्नुभएको छैन ?
– आवश्यकता र उपर्युत्तताको आधारमा समय व्यवस्थापन गर्न सकिरहेको छु ।
स्वास्थ्य, शिक्षा, खानेपानीको अवस्थाको बारे बताइदिनुहोस् न.. ?
– आवश्यकता अनुसार नगरपालिकाले व्यवस्थापन गर्दै जानेछ ।

सम्बन्धित खवर