‘कमी कमजोरीलाई शिक्षाको रुपमा लिएर अगाडि बढ्नेछ’ - Crazysaptahik.com

‘कमी कमजोरीलाई शिक्षाको रुपमा लिएर अगाडि बढ्नेछ’

 

– नविन राई, अध्यक्ष
ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह, कानेपोखरी

नवीन राईको परिचय त्यति नौलो होइन । कानेपोखरी गाउँपालिका वडा नं–७ चण्डीटोलका स्थायी बासिन्दा हुनुहुन्छ । राई किराँत यायोख्खाका केन्द्रीय पदमा बसेर कार्य सम्पादन गरिरहनु भएको छ । त्यसैगरी, राई आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को सचिव दुई कार्यकाल भइसक्नु भएको छ ।
हाल त्यसै पदमा सल्लाहकारका रुपमा कार्यरत हुनुहुन्छ । राई ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह कानेपोखरीको अध्यक्ष पदमा रहेर दुई कार्यकाल (२०६५–२०६८) र (२०७३–२०७६) बिताइसक्नु भएको छ । यही भदौ ३१ गते १९ औँ साधारणसभाबाट अध्यक्ष पदमा दावेदारका रुपमा उभ्याइसक्नु भएको छ । यही सन्दर्भको सेरोफेरोमा रहेर तयार पारिएका संवादका मुख्य अंशहरू :–

 

ग्रामीण सुधार सामुदायिक वन समूह उपभोक्ता कानेपोखरीको अध्यक्ष पदमा तपाइले नै दावेदार गर्नुको कारण के हो ?
– धन्यवाद । बिशेषगरी म १५ औ वार्षिक साधारणसभाको चुनावी प्रक्रियाबाट अध्यक्ष पदमा नै आएँ । हामी आउने विक्तिकै यस वन समूहमा विषम परिस्थिति कारण आयौँ । यस वन समूहमा मुद्दा–मामिला भइसकेपछि पनि हाम्रो कार्यको निरन्तरता अगाडि बढिरह्यो । हामी यस वन समूहमा बसेर राम्रो काम गर्ने सोच बनाएर आयौं । हामीले सामूहिक वनलाई संरक्षण र सम्वद्र्धन गर्दै विकास गर्नुपर्छ सोच बोकेर आयौँ । तर, हाम्रो ध्यान अन्तैतिर गयो । हामीले भने जस्तो काम गर्न सकिएन । वनका कार्ययोजना अनुरुप कामहरु गर्न सकिएन । ती कामहरु पूरा गर्नका निम्ति उपभोक्ताहरुको चाहनालाई पूरा गर्न, फेरि नया सोचका साथ सामुदायिक वनलाई अगाडि बढाउनका लागि १९ औ वार्षिक साधारणसभामा मेरो उम्मेद्वारी अध्यक्ष पदमा दावेदारी उपभोक्ता मार्फत् फेरि आफूलाई उभ्याइरहेको छु ।

तपाइले यो दुई कार्यकालमा उपभोक्ता सामू कस्ता कार्यहरु गर्नुभएको छ त ?
– पहिलो मेरो कार्यकाल (२०६५–२०६८) पहिलो पटक अध्यक्ष हुने मौका पाए । जतिबेला राष्ट्र विद्रोहबाट शान्तिपूर्ण ढंगबाट खोजिरहेको थियो । त्यस्ते विषम परिस्थितिजन्य समय भए पनि वनलाई संरक्षण गर्ने कुरामा हामी सफल भयौँ । वनलाई विभिन्न कारणहरु चोरी–तस्करी हुने गरेको थियो । त्यसलाई रोक्न हामी सफल भयौँ । हामीसँग कार्ययोजना अनुसार संकलन गरिएका वन पैदावर उपभोक्ताहरुलाई वितरण गरियो । जसबाट प्राप्त रकमहरु कार्ययोजनामा उल्लेखित शीर्षकमा वन विकासमा न्यूनतम २५ प्रतिशत, विपन्नमा ३५ प्रतिशत अनि सामाजिक विकास र कार्य सञ्चालनमा ४० प्रतिशतको मान्यता भित्र रहेर कार्य गरियो । त्यसपश्चात २०७३ बैशाखबाट २०७६ बैशाखसम्म वैज्ञानिक वन ब्यवस्थापनको सुरुवात गरियो । १८ हेक्टर खाली जग्गामा वृक्षारोपण गरियो । यसै वन समूहबाट कार्यालयलाई आवश्यक सामग्रीहरु वनप्राविधिकलार्इृ जीपीस, कम्पास, पावर – चेनसी यी सामग्रीहरु खरिद गरियो कार्ययोजना र विधानअनुरुप काम गर्दै आयौं । उल्लेखित वार्षिक कार्ययोजनामा लेखिएका कामहरु पूर्ण रुपमा गर्न त सकिएला तर पनि संरक्षण र सम्वद्र्धन विकासको कार्य १ नम्वरमा नै रहेको छ ।

यस वन समूहको १९ औं वार्षिक साधारणसभाबाट तपाईले चुनाव जित्ने आधारहरु के–के छन त ?
– १९ औँ साधारणसभाले मात्र अध्यक्ष पदको निम्ति साथीहरुले गर्दा मैले जित्ने आधारहरु भनेको अगाडि नै मेरा कार्यकालमा भएका वृतान्त भनिसकेको छु । उपभोक्ता माझ त्यति भएको छ जस्तो लाग्दैन । यस्तो बिषम परिस्थितिमा केही गर्न नसकिएपनि वनका मालिक उपभोक्ताहरुले बुझ्नु भएको छ । त्यही कारणले वहाँहरुको मुद्दा–मामिला भएकाले, वहाँले चाहनुभयो भने चुनाव भएपनि जिताउने सहमति पनि स्वीकार छ ।

अहिले वनका भावी योजनाहरू के–के छन् त ?
– अब वनमा के–के गर्ने भन्ने सम्बन्ध आउने १९ औ वार्षिक साधारणसभाले प्रस्तुत गर्दछ । तर पनि अब वनमा खाली खाल्सा जग्गाहरु अझै छन् । त्यसमा वृक्षारोपण गरेर हराभरा बनाउने योजना छ । हिजोका कमी–कमजोरीलाई शिक्षाका रुपमा लिएर वनलाई समृद्ध बनाउन अगाडि बढ्ने नैछु । वनबाट प्राप्त वन पैदावर उपभोक्ताहरुलाई आम्दानीको आधारमा वितरण गर्नेछु । वैज्ञानिक वन व्यवस्थापनको प्रक्रियाबाट सञ्चालन भइरहेको त्यसलाई निरन्तरता दिइरहेका हुनेछौँ । सरपट कटानको जुन आरोप छ, त्यसलाई चिर्नका लागि प्रक्रियामा छनौट गरेर
मेरो सुझाव रहनेछ ।

तपाई अध्यक्ष बनेपछि के–के गर्नुहुन्छ त ?
– वनका मालिक उपभोक्ताहरुले वनको गोठाला गर्न मलाई अध्यक्षको रुपमा पठाउनु भयो भने त वन संरक्षण र सम्वद्र्धन विकासकै पक्षमा नै रहने छु । सँगसँगै प्राप्त विकासकै पक्षमा नै रहेको छु । वनबाट प्राप्त आम्दानीहरुलाई सही ठाउँमा सदुपयोग गर्नेछु । हाम्रो वनमा भएका सम्भावनाहरुको खोजी गरेर अगाडि बढाउनेछु । जस्तै ः– सिमसार भलुवा भुल्के, सुकुना जाने पोखरीहरुलाई विस्तृत कर्मयोजना बनाई पर्यटकीय स्थल बनाइने छ । पर्यटनको विस्तृत कार्ययोजना बनाई पर्यटकीय स्थल बनाइनेछ । पर्यटनको विकास गर्न हाम्रो जङ्गलमा ‘जङ्गल सफारी’ को व्यवस्था गर्ने सोच बनाएको छौं । हामीसँग सिमसार प्राकृतिक वनको क्षेत्र प्रशस्त हुने भएकाले, वन विज्ञानका विद्यार्थीलाई ‘बोटानिकल गार्डन’ को विकास गर्नेछु । सिमसार क्षेत्रमा आकर्षक वनयोजना स्थल ‘बालउद्यान’ लगायत वन्यजन्तुहरुको संरक्षण गरी प्राकृतिक चिडियाखाना रुपमा विकास गर्नेछु त्यसैगरी, धरै–धेरै आन्तरिक तथा वाह्य पर्यटक भित्राई आर्थिक आम्दानी बढाउने योजनाहरु छन् । त्यससँग गाँसिएका बहुसङ्ख्यक उपभोक्ताहलाई रोजगारीको सुअवसर पाउने छन् । आसपासमा व्यवसाय वृद्धि गरी आर्थिक स्तरमा समुन्नत
हुनेछ ।

अहिले वन उपभोक्ता समूहमा आर्थिक पारदर्शीको प्रश्न उठिरहन्छ, यसमा तपाईको धारणा के छ ?
– हाम्रो वन उपभोक्ता समूहको केही बर्षदेखि यता करोड बराबरको आम्दानी हुन थालेको छ । हिजोको वन संरक्षण प्रक्रियाबाट केही कम हुन्थ्यो । वनको यति आम्दानी देखिरहँदा सबैको ध्यान दृष्टि त्यही केन्द्रित हुँदोरहेछ । हामीले काम कार्ययोजना अनुसार वुझाएका शीर्षकहरु गरिरहेका केही काम अपुग भए हेरुन । तर नियत खराब बनाएर काम गरेका छैनन् । प्रक्रियामा त्रुटि भए होलान् मानिस आफैमा पूर्णता हुदैन, सिक्ने प्रक्रियामा हामी
छांै । अनि हाम्रा वनका लेखा कर्मचारीहरु लेखासम्बन्धी बिषयमा ज्ञान छैन । हिजो वन २०५६ सालमा स्थापना भएकोले पनि अनुभवका आधारले काम गर्ने कर्मचारीहरु मात्र भएकाले ती लेखाका बिषयहरुमा आधारले काम गर्ने कर्मचारीहरु मात्र भएकाले ती लेखाका बिषयहरुमा अपुग हुन सक्दछन । सामाजिक काम गर्ने अभियान्तालाई आरोप–प्रत्यारोप लगाउने नै गर्दछन । त्यसमा हाम्रो समूहका साथीहरु ल्गायत आफूले अपारदर्शी काम गरेका छैनौ । समूह ठूलो र समितिहरुको सङ्ख्या वृहत् भएकाले विविध खर्च ठूलो देखिएको छ ।

अन्त्यमा केही भन्नु छ ?
– अन्त्यमा मेरो भनाइ यो छ कि, दुई पटक यस समूह सुधारको अध्यक्ष पदमा उपभोक्ताहरुले मलाई नेतृत्व गर्न वनमा पठाउनु भयो । मैले पनि आफ्नो विवेक अनुभवले भ्याएसम्म सकारात्मक काम गरे । सम्पूर्ण उपभोक्ताहरु ‘नवीन राई’ त्यति खराब छैन भन्ने महशुस गर्नुभएको होला । विगतका क्रियाकलापहरुमा जे–जति सकारात्मक कामहरु गर्न सकियो, अब फेरि अध्यक्ष पदमा स्वीकार गर्नुभयो भने हिजोका कमी– कमजोरीहरु सुधारेर माथि उल्लेखित क्रियाकलापहरु कार्यान्वयन गर्ने कुरामा उपभोक्ता सहमत अनुसार लागिरहने छ । सम्पूर्ण उपभोक्ताहरुलाई र सरोकारवालाहरुलाई १९ औ साधारणसभा मेरो उम्मेद्वारीलाई स्वीकार गरिदिनुहोला यस वन समुहका सबै मित्रहरुलाई सहयोगको अपेक्षा गर्दछु । हालसम्म सहयोग गर्नुहुने समितिका साथीहरु सवैलाई धन्यवाद दिन चाहन्छु । यस अनलाईन मार्फत् मेरो विचार राख्न पाउँदा म अत्यन्त खुसी छु । धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।

  • प्रस्तुति : भूमिप्रसाद पाठक

सम्बन्धित खवर