‘नयाँ कामहरू थालनी गरेका छौं, पूरा गर्न पाएका छैनौं’ - Crazysaptahik.com

‘नयाँ कामहरू थालनी गरेका छौं, पूरा गर्न पाएका छैनौं’

– हेमभक्त गुरुङ
उपाध्यक्ष, शान्ति सामुदायिक बन उपभोक्ता समूह
पथरीशनिश्चरे, मोरङ

हेमभक्त गुरुङ, पथरी शनिश्चरे मोरङका स्थायी बासिन्दा हुन् । नगरका परिचित युवा, उमेरको हिसावले ४४ वर्ष पुगे । प्रमाणपत्र तह (२०४९) सम्म अध्ययन गरेका गुरुङ शान्ति सामुदायिक बन उपभोक्ता समूहका उपाध्यक्ष हुन् । उपाध्यक्ष गुरुङसँग वन समूहको बारेमा तयार पारिएको कुराकानी :–

सामुदायिक वनमा संलग्न कसरी हुनुभयो ?
– सामुदायिक वनमा प्रस्तावित सामुदायिक वन हुदा देखिनै वनको संरक्षण गर्नुपर्छ, भनी सवै लागि परिरहँदा देखि नै साधारण उपभोक्ता सदस्य बनियो । २०७१ असार ३० गतेको विशेष साधारण सभादेखि वन क्षेत्रमा रुख रौपौँ, वन जोगाउ, प¥यावरण र स्वच्छ अनि सुन्दर वातावरण मानिसको लागि तयार पारौँ भन्ने सोचले गर्दा उपाध्यक्ष पदमा उम्मेद्धार भएँ । चुनावी प्रक्रियावाट आम उपभोक्ताहरुले धेरै माया गरेर अत्याधिक मतले विजय गराउनुभयो र उपाध्यक्षमा निर्वाचित भएँ ।

सामुदायिक वन भनेको कस्तो वन हो ?
– सामुदायिक वन भनेको वन ऐन २०४९ र नियमावली २०५१ अनुसार नेपाल सरकारद्धारा समुदायमा कानून र विधि सम्वत् हस्तान्तरण गरिएको एक स्वशासित अविछिन्न, एकीकृत र संगठित समुदायद्वारा संरक्षण, सम्वद्र्धन र विकास गरिने एक प्रकारको वन हो ।

तपाई संलग्न हुनुभएको शान्ति सामुदायिक वन उपभोक्ता समूहको वारेमा बताइदिनूहोस् न ?
– हाम्रो शान्ति सामूदायिक वन उपभोक्ता समिति २०५५ सालमा प्रस्तावित सामुदायिक वनको हस्तान्तरण भई जिल्ला बन कार्यालय मोरङमा दर्ता भएको बन हो । यस वनलाई हाम्रो समूहद्वारा संरक्षक र सम्वद्र्धन गर्दै निरन्तर आइ–२०६० सालमा ३ समूहमा विभाजन भइ पूर्वमा हरियाली, पश्चिममा मनकामना, बीचमा शान्ति बन छ । यस बीचमा रहेको शान्ति सामूदायिक वनको विधिवत जिल्ला वन कार्यालय मोरङवाट २०७१÷११÷५ मा हस्तान्तरण भएको हो । हाम्रो समूहको वन क्षेत्र १६९ हेक्टर जमिन रहेको छ । झण्डै ११०० घरधूरी उपभोक्ता अवद्ध रहेको छ । हाम्रो उपभोक्ताको वसाई क्षेत्र पथरी शनिश्चरे न.पा. १ को क्षेत्र भित्र पर्दछ । हाम्रो उपभोक्ताहरुमा आदिवासी जनजाति, खस, आर्य, दलित मुस्लिम र मधेसी सहितको मिश्रित जनसमूदायको वसोबास रहेको छ । वनमा वैज्ञानिक वन विकास कार्यक्रम विगत २ वर्ष देखि लागू गरिएको छ । समूहको वन क्षेत्रभित्र नै पर्यटकीय हिसावले शान्ति भूल्के सिमसार पनि ब्यवस्थापन गर्दै आइरहेको छ ।

शान्ति सामूदायिक वन उपभोक्ता समूहमा निर्वाचित हुुनुभएपछि तपाई ले के कस्तो भूमिका निर्वाह गर्नुभयो ?
– म उपाध्यक्षमा निर्वाचित भएपछिको सम्वन्धमा हामीले पदग्रहण गरी जिम्मेवारी सम्हाल्यौं । त्यस समयमा बनको अवस्था जर्जर थियो । समूहलाई मुद्दा परिरहेको अवस्था थियो । त्यस वेला मुद्दा मिलाउने देखि वन हस्तान्तरण गराउन भूमिका खेलेँ । वनको वन ऐन २०४९ नियमावली २०५१ र निर्देशिका सामुदायिक वनको मार्ग निर्देशन २०६५ अनुरुप समूह सञ्चालन गर्ने विधि प्रकृया अनुरुप वैज्ञानिक वन व्यवस्थापनको विधिमा वन संरक्षण र सम्वद्र्धनको कार्यक्रमहरु गर्ने र सिमसार निर्माण जस्ता ५ वर्षको अवधिमा गरिएको सम्पूर्ण कामहरुमा सक्रिय सकारात्मक रोल खेलेर राम्रो भूमिका निर्वाह गरेँ ।

उसो भए छैटौँ साधारण सभामा उपभोक्ताहरुस“ग गर्नुभएको प्रतिवद्धता पूरा गर्नुभयो त ?
– जहाँसम्म लाग्छ तत्कालको प्रतिबद्धता त केही केही कमी कमजोरी भएता पनि सवै पूरा नै गरेको जस्तो लाग्छ । वरु अरु नयाँ कामहरु थालनी गरेको छौँ । त्यो चाहि पूरा गरी सक्न पाएका छैनौँ ।

समूहको आगामी कार्तिक ४ गते हुने साधारण सभामा तपाईको उम्मेद्वारी रहन्छ कि रह“दैन ?
– मेरो उम्मेद्धारी अवस्य रहन्छ । किनकी मैले अघि नै भनिसके हामीले समूह भित्र चिनारी हुने नमूना केही कामहरुको थालनी गरिसकेका छौँ, त्यो अधूरो छ । त्यसलाई पूरा गर्न हाम्रो नैतिक दायित्व पनि रहन्छ । त्यसै कारण पनि मेरो उम्मेद्वारी हुनेछ ।

पहिले पनि उपाध्यक्षमा निर्वाचित हुनुभयो । पुनः उपाध्यक्ष मै उम्मेद्वारी दिदै हुनुहुन्छ, किन ?
– प्रश्न गम्भीर सोध्नुभयो । कुरा के हो भने म पहिले छैटौं साधारण सभामा पनि उम्मेद्धारी दिदा सम्पूर्ण सदस्यहरु मध्ये सवैभन्दा बढी मतको सम्मान गर्दै मैले समूहको विभिन्न क्षेत्रको कामको जिम्मेवारी लिएर सक्रिय र सफलता पूर्वक कार्यहरु सम्पन्न गरेको छु । मेरो मेहनत कार्य कुलता आम उपभोक्ता ज्यूहरुलाई थाहा छ । मैले पनि चाहदा अध्यक्षमा उम्मेद्वार दिन नसक्ने होइन । चलाउन पनि नसक्ने होइन, सक्छु । तर मेरो आदरणीय दाजु अध्यक्षज्यू, अनि म लगायत समितिको साथीहरुले मिलेर धेरै मेहनत गरी समूहलाई अगाडि वढायौँ । पद मात्र ठूलो होइन । वनको पाटोमा मात्र होइन विभिन्न सामाजिक कार्यहरु पनि गर्दै एकतावद्ध भइ मोरङ जिल्लाभरीका प्रथम सामुदायिक बन पुरस्कार समेत हात पार्न सफल भयौँ । मैले भनि सकेँ अन्य नयाँ कुरा पनि थालनी गरेका छौँ, सम्पन्न भइसकेको छैन । अध्यक्षको सल्लाहले गर्दा १ पल्ट सोही स्थानमा वसेर जाउँ भन्ने सकारात्मक सल्लाह आएकाले उपाध्यक्षमै मैेले उम्मेद्धारी दिदैछु ।

तपाईलाई चुनावमा आम उपभोक्ताहरुले मत दिई विजयी गराउलान् त ?
– मलाई त पूर्ण विश्वास छ, अवश्य अत्याधिक मतले विजयी गराउनु हुन्छ भन्नेमा । किन भने मेरो सक्रियता क्रियाशिलपन र समुदायप्रतिको वफादार पदीय मर्यादाक्रम अनुसारको योग्यता, क्षमता कार्यकौशलता के कति छ भन्ने ५ वर्षको मेरो कार्य अवधिमा सवै आम उपभोक्ता सदस्यहरुले जानी वुझी सक्नू भएको छ । त्यसमा पनि पहिलेको वन भन्दा अहिले को वन समूहमा काम गर्न निकै गाह्रो छ । त्यस कारण मेरो कार्य कौशलता र इमान्दारिता, व्यवहारलाई हेरी अवस्य आम उपभोक्ताहरुले अत्यधिक मत दिई विजयी गराउनु हनेछ भन्ने मलाई लागेको छ ।

शान्तिको विधानमा ५ वर्ष कार्य काल र मेजर फाइभ पोस्टमा उम्मेवारी दिन अनिवार्य १ कार्य काल काम गरेको हुनुपर्ने रहेछ । किन यस्तो लामो अवधि र समितिवाट मात्रै मेजर फाइभ आउने प्रावधान राख्नु भएको ?
– समय सापेक्ष प्रश्न राखीदिनु भयो, हाम्रो विधान र कार्ययोजना संशोधन गर्ने बेलामा । बनको बारेमा हामीलाई त्यति साह्रो पर्याप्त ज्ञान थिए । प्राविधिकहरुले ड्राप्ट बनाएर ल्याईदियो, हामीले प्राविधिकहरुले बनाएको कुरा सही नै होला भन्ने ठान्यौँ । साधारण सभामा लगियो । अन्य आम उपभोक्ताहरुले पनि त्यसैलाई सही मानेर ताली बजाई सहमति जनाएर निर्णय भयो । यो जानी जानी, जे मन लाग्यो, त्यही गरेको होइन । गर्दै जादा यस्तो भएको हो । तर यो हाम्रो विधान अकाट्य हुदैन । उपभोक्ताहरुले नियमको संशोधनको माग आएमा साधारण सभाबाट शंसोधन गर्न सकिहालिन्छ नि । हाम्रोमा ५ वर्ष कार्यकाल अन्यहरुमा ३ वर्षे कार्यकाल र हाम्रोमा मेजर फाइभ समितिमा १ कार्यकाल अनिवार्य वसेको हुनु पर्ने तर अन्य समूह संघ÷संस्थामा मेजर फाईभ मध्ये अध्यक्षलाई मात्र १ कार्यकाल अरु मेजर ४ लाई वाहिरवाट पनि आउ सक्ने प्रावधान छ । हाम्रो वनको कार्यकाल ५ वर्ष छ । यो नयाँ अभ्यास हो । यसले हाम्रो समूहलाई सकारात्मक प्रगति तिर लैजान्छ । उपलब्धि हात लाग्छ भने ठिकै छ । तत्र नकरात्मक असर बढी हुन्छ भने उपभोक्ता ज्यूहरुवाट साधारण सभामा प्रस्ताव ल्याई विधिपूर्वक संसोधन गर्दा हुन्छ । यो विषयमा अत्तिरहनु पर्ने आवश्यक छैन । विधानमा संचालक समितिको सदस्य बन्न न्यूनतम नेपालीमा लेख्न, पढ्न र अरुलाई केहि भन्न सक्ने हुनुपर्छ भन्ने पनि प्रावधान हुनपर्छ भन्ने पनि प्रावधान रहेको छ । जुन राम्रो पक्ष हो ।

अन्त्यमा उपभोक्ताहरुलाई केही भन्न चाहनु हुन्छ कि ?
– प्रायः भन्ने कुराहरु सबै आए कै जस्तो लाग्छ । तर पनि अन्त्यमा मा यो भन्न चाहान्छु कि सामूदायिक वन उपभोक्ता समूह भनेको हाम्रो साझा सामूहिक संस्था हो । संस्थामा यो जाति त्यो जाति, यो पाटी त्यो पाटी, यो समूह त्यो समूह हुदैन । त्यसैले यो साझा सम्पत्ति हामी हालको मलगायतको कार्य समितिले सानो दुःखले यहाँसम्म ल्याई पु¥याएको सजिलै होइन । अझ यसलाई फलाई फुलाई माथि लैजान धेरै कामहरु गर्नुछ । त्यस कारण अबको दिनको नयाँ नयाँ नियम पद्धतिहरु आइरहेको हुँदा हाम्रो वनमा काम गर्ने पदाधिकारीहरुलाई चुन्दा सक्षम क्रियाशील पारदर्शी, मेहनती र उपभोक्ताहरुको दुःख बुझ्ने इमान्दार ब्यक्तिलाई भोट हाली विजयी गराई दिनू होला । मेरो र तेरो मान्छे भन्दा पनि हाम्रो सक्षम नेतृत्वलाई जिताउनुहोस् । नत्र समूहको स्थिति नाजूक रहुन सक्छ । मेरो मान्छे भन्दा पनि हाम्रो सक्षमलाई नेतृत्वलाई जिताउनुहोस् ।

– प्रस्तुति : फिपराज बेघा

सम्बन्धित खवर