सी स्वागतको लागि २० करोड रुपैयाँ सजावटमा मात्रै - Crazysaptahik.com

सी स्वागतको लागि २० करोड रुपैयाँ सजावटमा मात्रै

क्रेजी साप्ताहिक
पथरी । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि शुरु भएको दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ ।

नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ । अस्तव्यस्त तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएका छन् । विमानस्थल–तीनकुने–वानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ । सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ ।

कारोबार दैनिकबाट

सम्बन्धित खवर