लक्ष्मी पूजा गर्दा ध्यान दिनै पर्ने कुरा, हेलचेक्राई गरेमा सबै सम्पत्ति पनि नष्ट हुन सक्छ - Crazysaptahik.com

लक्ष्मी पूजा गर्दा ध्यान दिनै पर्ने कुरा, हेलचेक्राई गरेमा सबै सम्पत्ति पनि नष्ट हुन सक्छ

काठमाडौं- नेपाली तथा हिन्दूधर्मालम्बीहरुको महान पर्व मध्येको एक हो, तिहार । तिहारको आज लक्ष्मी र गाई पूजा । आज बिहान गाईको पूजाआराधना गरेपछि साँझ धनधान्यकी देवी लक्ष्मी पूजा गरिन्छ । झिलिमिली बत्ति बालेर लक्ष्मी पूजा गरिन्छ भने देउसी भैलो खेल्ने पनि गरिन्छ । घरलाई झिलिमिली सफासुग्घर राखेमा लक्ष्मीको बास हुने र धन सम्पत्तिको कमी नहुने विश्वास गरिन्छ । तर, लक्ष्मी पूजा गर्दा केही हुरामा ध्यान दिन सकिएन भने भएका सम्पत्ति पनि नष्ट हुन सक्छ ।

लक्ष्मी पूजा गर्न भन्दै दियो, मैनबत्ति तथा इलोक्ट्रोनिक्स बत्ति घरको जताततै बालिएको हुन्छ । अब याद गर्नुहोस् यसरी बत्ति बाल्दा कतै आगलागी हुने सम्भावना त छैन ? दियो र मैनबत्ति बाल्दा झ्याल ढोकाका पर्दा तथा अन्य कुनै बस्तुबाट आगो सल्कने गरी बाल्नु हुँदैन भने बेला बेलामा आफूले बत्तिको अवस्थामाबारे ध्यान दिनु आवश्यक छ ।

यसैगरी, लक्ष्मीपूजाको दिन अधिकांश घरमा धेरै इलोक्ट्रोनिक्स बत्ति बालिन्छ । यसका कारण विद्युतीयभार बढ्ने गर्छ । विद्युतीयभार बढ्दा बत्ति आउने जाने गर्छ, यसबेला विद्युत सर्ट पनि हुन सक्छ, यस तर्फ पनि ध्यान दिनु पर्छ ।

लक्ष्मी पूजा गर्दा घरका झ्याल ढोका खुला राखिन्छ, लक्ष्मी प्रवेशका लागि । तर, तपाईंको सोच बिना गलत उद्देश्य राखेर कुनै व्यक्ति घरभित्र छिरेर सबै सम्पत्ति कुम्ल्याउन पनि सक्छ । यदी मेनगेट, झ्याल ढोका खुला राखेर लक्ष्मी पूजा गर्नुहुन्छ भने एक जना रेखदेखमा खटिनुहोस् । देउसी भैलो खेल्ने बहानामा कतै चोर त आइरहेको छै ? याद राख्नुहोस् ।

सम्बन्धित खवर