
लर्ड बुद्धको १७ औँ स्थापना दिवस सम्पन्न
प्रेमप्रसाद भट्टराई(के.डी) पथरीशनिश्चरे वडा नं २ मा अवस्थित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले १७ औँ स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष अमिर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट (बास्तोला)को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा संबिधानसभा सदस्य चण्डीप्रसाद राईको बिशेष आतिथ्यता रहेको थियो