स्वस्तिमा, सुरक्षा वा वर्षा, को होला ‘भष्मे डन’की हिरोइन ?

निर्देशक दीपेन्द्र के खनाल आफ्नो बहुचर्चित फिल्म ‘पशुपति प्रसाद’को स्पिनअफ निर्माणको तयारीमा छन् । फागुन १२ गतेदेखि छायांकन सुरु हुने फिल्म ‘भष्मे डन’को शीर्ष भूमिकामा विपिन कार्की भइहाले । उनीबाहेक सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे पनि यसमा जोडिएका छन् । प्रमुख अभिनेत्री तय भएपछि कलाकारको लाइनअपले पूर्णता पाउनेछ ।

जब सिउँदो भरेर चन्द्रागिरि पुगिन् दीपाश्री

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको भरिएको सिउँदो देखिएपछि उनी यतिबेला भाइरल बनेकी छन् । दीपकराज गिरीसँग चन्द्रागिरि पुगेकी दीपाश्रीसँगको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा पोस्ट गरेका थिए । उक्त टिकटक पोस्टमा दीपाश्रीलाई सिन्दूर लगाएर रातो सारीमा सजिएको देख्न सकिन्छ । यो टिकटक भिडियो भाइरल मात्र होइन, गसिपको स्रोत

‘अवतार ३’मा विन डिजेल र ड्वेन जोन्सनको चर्चा

ड्वेन जोन्सनले १५ वर्षसम्म तयारी गरेर अभिनय गरेको पछिल्लो सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’ हलिउड बक्स अफिसमा नराम्रोसँग असफल भयो । रिलिजअघि निकै प्रतीक्षा गरिएको फिल्मले दर्शकको मन जित्न सकेन । डीसी स्टुडियोले अब यो फिल्ममाथि श्रृंखला निर्माण गर्ने तयारीलाई रोकेको छ । यतिबेला भने हलिउडमा जेम्स क्यामरुनको अवतार युनिभर्समा प्रवेश

ओस्कार अवार्डको थप सर्टलिस्ट घोषणा, ‘कश्मीर फाइल्स’सहित पाँच भारतीय फिल्म सूचीमा

द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले ओस्कार अवार्डका लागि योग्य ३०१ फिचर फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा भारतीय फिल्महरू द कश्मीर फाइल्स, आरआरआर, गंगुबाई काठियावाडी र कान्ताराले स्थान बनाएका छन् । ओस्कारको यो रिमाइन्डर सूचीमा समावेश फिल्मले आधिकारिक रूपमा विभिन्न विधामा प्रतिस्पर्धा गर्न सक्छन्, तर जनवरी

कार्तिक आर्यनसँग मिलेर बक्स अफिसमा जादू छर्ने मनिषा कोइरालाको आशा

ब्लकबस्टर वर्ष २०२२ पछि कार्तिक आर्यन आफ्नो आगामी फिल्म ‘शहजादा’मार्फत दर्शकलाई मनोरञ्जन दिलाउन तयार छन् । गत महिना यी अभिनेताको जन्मदिनमा सार्वजनिक गरिएको फिल्मको फस्टलुकले दर्शकलाई झनै कौतुहल तुल्याएको छ । कार्तिक यो फिल्मबाट आधिकारिक रुपमा निर्माता पनि बनेका छन् । ‘शहजादा’को रिमेकमा कृति सेनन र मनिषा कोइराला पनि फिचर्ड

‘केजीएफ ३’ सन् २०२५ मा आउने, पाँचौं भागपछि यशलाई रिप्लेस गर्ने निर्माताको संकेत

प्रतीक्षित भारतीय फिल्म आगामी सन् २०२५ मा रिलिज हुने भएको छ । निर्माण कम्पनी होम्बले फिल्म्सले अभिनेता यशको जन्मदिन छेकोमा प्रदर्शन मिति बाहिर ल्याएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार होम्बले फिल्म्सका संस्थापक विजय किरणगन्दुरका अनुसार सन् २०२५ मा फिल्मको तेस्रो श्रृंखला सार्वजनिक हुनेछ । यतिबेला फिल्म निर्देशक प्रशान्त नील ‘सालार’को

३७ लागे केजीएफ स्टार यश, जसलाई स्टार बन्न भाषाले अवरोध गरेन

कन्नड स्टार नवीन कुमार, जसलाई उनको स्टेज नामले यश भनेर चिनिन्छ । दक्षिण भारतीय फिल्मका महंगा अभिनेतामध्ये एक उनलाई दुई फिल्महरु ‘केजीएफ : १ र २’ले स्टार बनाइदिए । रक्की भाइको रुपमा उनले दर्शकको मनमा ठाउँ ओगटे । फिल्म र काम राम्रो हुँदा भाषा बाधक हुँदैन भन्ने कुराका स्पष्ट उदाहरण

नोरासँग होइन पाकिस्तानी अभिनेत्रीसँग डेट गर्दैछन् शाहरुखका छोरा आर्यन

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन यतिबेला प्रेम जीवनले चर्चामा छन् । हालै उनले मोडल तथा डान्सर नोरा फतेहीलाई डेट गरिरहेको खबर आएको थियो । तर यी सबैको बीचमा अहिले उनी पाकिस्तानी अभिनेत्री सादिया खानसँग डेट गरिरहेको बताइएको छ । वास्तवमा यी दुवैको एकसाथको तस्वीर बाहिर आएको छ, जसलाई हेरेर

दुई बिलियन डलरको बाटोमा ‘अवतार २’, बन्यो धेरै कमाउने १० औं फिल्म

हलमा प्रदर्शन सुरु भएको २२ दिनपछि हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले विश्वभर १.५ बिलियन डलर कमाएको छ । यो कमाइसँगै फिल्मले टम क्रुज स्टारर ‘टपगन : माभेरिक’लाई उछिनेको छ भने विश्व फिल्म इतिहासमा दशौं सर्वाधिक कमाउने फिल्मको कीर्तिमान समेत रचेको छ । नेपालमा भने बिहीबारसम्म

फिल्म ‘गोरखा’बाट पछि हटे अक्षय कुमार, कथावस्तुको प्रामाणिकतामा उठाए प्रश्न

कथावस्तुमा असमझदारी भएपछि बलिउड अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । रचनात्मक मतैक्यता नहुँदा अक्षयले फिल्म छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७१ को भारत–पाकिस्तान युद्धमा भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको वीरतामा फिल्म आधारित थियो । यो फिल्मलाई अक्टोबर २०२१ मा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.