फिफा विश्व कप : मोरक्कोको जितमा खुसी भए इमरान खान, भने, ‘यस्तो पहिलो पटक भयो ’
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले फिफा विश्वकप फुटबलमा पोर्चुगलविरुद्धको जितमा मोरक्को टोलीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पोर्चुगललाई हराएर फुटबल विश्वकपको सेमिफाइनलमा प्रवेश गरेकोमा मोरक्कोलाई बधाई छ । पहिलो पटक कुनै अरब, अफ्रिकी र मुस्लिम देशको टोली विश्वकपको सेमिफाइनलमा पुगेको छ । खेलको लागि बधाई छ ।’


