मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जीत
टोटनहम हटस्पर्सका स्ट्राइकर रिचार्लिसनको दुई गोलको मद्दतले ब्राजिलले मैत्रीपूर्ण खेलमा घानालाई ३–० गोल अन्तरले पराजित गरेको छ । २५ वर्षीय खेलाडीले नेयमारसँगको कम्बिनेसनमा पहिलो हाफमा दुई गोल गरेका थिए । खेलमा ब्राजिलले अग्रता भने मार्किन्होसको गोलको मद्दतले लिएको थियो । खेलको नवौँ मिनेटमा नै मार्किन्होसले राफिन्याको पासमा गोल गरेका


