हलमा सशस्त्र द्वन्द्वको पीडादेखि ‘सिरियल किलर’को कथासम्मका फिल्म
शुक्रबारदेखि नेपाली बक्स अफिसमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘पानीफोटो’ र दुई भारतीय फिल्म ‘एक भिलेन रिटर्न्स’ र ‘विक्रान्त रोना’ रिलिज भएका हुन् । पछिल्लो साता रिलिज भएका फिल्मले बक्स अफिसमा अपेक्षित व्यावसायिक प्रदर्शन गर्न नसकिरहेको बेला तीन नयाँ फिल्मको सम्भावित प्रदर्शनलाई लिएर पर्खाइ छ ।


