भ्वाइस अफ नेपाल–४ मा २० हजार जनाको आवेदन, ब्लाइन्ड अडिसन चाँडै सुरु हुने
गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ


