कलाकारलाई विमानस्थलको भीभीआईपी कक्ष प्रयोग गर्न दिन गृहलाई पत्राचार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कलाकारलाई त्रिभुवन विमानस्थलको विशिष्ट र अति विशिष्ट कक्षको प्रयोग गर्न अनुमति दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । यसबारेमा पहल गर्न अभिनेता शिव श्रेष्ठ पर्यटनमन्त्री प्रेम आलेलाई भेट्न सिंहदरबार पुगेका थिए । गृहमा पत्राचार गर्नुअघि आफूलाई मन्त्री आलेले छलफलमा बोलाएकाले गएको श्रेष्ठले बताए ।


