‘एसआरके प्लस’ नाममा ओटीटी लन्च गर्ने तयारीमा शाहरुख
बलिउड अभिनेता शाहरुख खानले ओभर दी टप (ओटीटी) प्लेटफर्म सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । मंगलबार आफ्नो ट्वीटर ह्याण्डलमार्फत उनले चाँडै नै ‘एसआरके प्लस’ नाममा ओटीटी लन्च गर्ने जानकारी दिएका हुन् । उनले ट्वीट गरेका छन्, ‘ओटीटीको दुनियाँमा केही हुनेवाला छ ।’ यसबाट बुझ्न सकिन्छ उनले चाँडै नै आफ्नो ओटीटी


