‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ सुखद् : वितरक

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ व्यापार सुखद् भएको वितरक करण क्रेजीले जानकारी दिएका छन् । चलचित्रको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा पुगेका वितरक क्रेजीले बिहानी शोबाट नै दर्शकको उपस्थिति सुखद् रहेको बताए । उनले भने, ‘काठमाडौंभित्रका अधिकांश हलमा चलचित्रले सुखद् व्यापार गरेको छ ।

सिने समीक्षा : गंगुबाई काठियावाडी

समाजसँग आफ्नो अधिकारको लागि लड्ने एक महिला, जसले आफ्नो जिन्दगीको सपना गर्न पाइनन्, तर कहिल्यै हार पनि मानिनन् । यस्ती थिइन् गंगुबाई‘ गंगुबाई काठियावाडी । गंगा जगजीवनदास काठियावाड नाम थियो उनको । रमणीक नामको युवकसँग उनले प्रेम गरेकी थिइन् । फिल्मको हिरोइन बन्ने सपना थियो गंगाको । रमणीकले मुम्बई गएर

म सुकेशसँग प्रेममा थिएँ : ज्याकलिन

भारतीय व्यापारी सुकेश चन्द्रशेखरको रकम ठगी मुद्दामा नयाँ नयाँ खुलासा भइरहेका छन् । यसैैबीच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले पनि इडीको सोधपुछमा सुकेशसँग प्रेममा रहेको खुलासा गरेकी छन्। सुकेशले आफूलाई हीराको औंठी दिएर प्रेम प्रस्ताव राखेको उनको खुलासा छ । ज्याकलिनले इडीसँगको बयानमा आफूले सुकेशसँग करोडौं रुपैयाँको उपहार लिएको पनि खुलाएकी

यी हुन् युक्रेनमा खिचिएका भारतीय चलचित्र

युक्रेन र रुसबीच बढ्दो तनावले पूरै विश्वलाई चिन्तित बनाएको छ । बिहीबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै युक्रेनको जनजीवन आक्रान्त बनेको छ । युद्ध रुस र युक्रेन दुई देशबीचको भएपनि यसको असर पूरै विश्वमा पर्नेछ । यसले विश्वभरकै अर्थव्यवस्था, स्टक मार्केटका साथै चलचित्र उद्योगमा समेत

आज रिलिज : पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ हलमा

चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन यसअघि पटकपटक सरेको थियो । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार साँझ राजधानीमा प्रिमियर शो आयोजना

युरोपा लिगबाट बाहिरियो डर्टमुन्ड

डर्टमुन्ड युरोपा लिग जर्मन क्लब बोरुसिया बाहिरिएको छ ।​ इएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको डर्टमुन्ड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएपछि युरोपा लिगबाट पनि बाहिरिएको हो । डर्टमुन्ड अन्तिम ३२ को प्ले अफ खेलमा स्कटिस क्लब रेन्जर्ससँग समग्रमा ६–४ ले पराजित भएको थियो । पहिलो लेगमा ४–२ को हार बेहोरेको

सहज जितसंगै बार्सिलोना अन्तिम १६ मा

इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४–२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । नेपोलेको घरेलु मैदानमा सहज जित निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५\३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । बार्सिलोनाको

प्रचारका लागि ‘आकासे खेती’ ले ल्यायो नयाँ ट्रेलर

२७ फागुनबाट प्रदर्शनमा आउँने फिल्म हो ‘आकासे खेती’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले नयाँ ट्रेलर सार्वजनिक गरेको छ । बिहिबार सार्वजनिक ट्रेलरमा फिल्मका महत्वपुर्ण अंश समेटिएको छ ।  ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान लगाउन सकिन्छ । करिब तीन मिनेटको ट्रेलरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विल्सन

बक्रा घाट निर्माणको प्रारुप, निर्माण स्थलमा सडक विस्तार थालियो

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको बक्राघाट निर्माणले गति लिएको छ । घाट निर्माणको पहिलो आधार सो स्थान सम्म पुग्नका लागि यति बेला सडक विस्तारको काम धमाधम भै रहेको छ । घाट सम्म पुग्नका लागि २० फिटको सडक विस्तार गरिएको र सडक ग्राभेल गर्ने तयारी

एशियन कप छनोटका लागि खेल तालिका सार्वजनिक

नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेशिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ । एएफसीले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.