अजितको ‘वलिमै’ नेपालमा रिलिज हुने पक्का

नेपालमा साउथका चलचित्रको बजार विस्तार हुन थालेको छ । चलचित्र ‘पुष्पा’पछि धमाधम नेपालमा साउथका चलचित्रहरु रिलिज हुन थालेका छन् । पुष्पापछि रवि तेजाको ‘खिलाडी’ नामक चलचित्र नेपालमा रिलिज भयो । अब साउथका अर्का सुपरस्टार अजित कुमारको ‘वलिमै’ पनि नेपालमा रिलिज हुने पक्का भएको छ । यो चलचित्रलाई नेपालमा निरज पौडेल

नेपालमा पहिलो पटकमै लिग च्याम्पियन बन्दा खुशी छु : नुर्लान

मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई बुधबार १–० ले हराएपछि लगातार दोस्रो पटक ए डिभिजन लिगको उपाधि जितेको छ । मछिन्द्रले यसपटक दुई खेलअघि नै च्याम्पियन बन्ने अवसर पायो । बी डिभिजन च्याम्पियन बनेर पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोविरुद्ध मछिन्द्रका लागि अजरवैजानी खेलाडी नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।

भारतको कीर्तिमानी जित

नयाँ खेलाडीहरूले सुसज्जित भारतले वेस्ट इन्डिजलाई पहिलो टी–२० खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । योसँगै भारतले आफूले नै बनाएको कीर्तिमान बराबरी गरेको छ । टी–२० खेलमा भारतको यो लगातार सातौँ जित थियो । यसअघि भारतले नै लगातार सात खेल जितेर कीर्तिमान बनाएको थियो । भारतीय खेलाडीले छक्का

हारबाट जोगियो बायर्न

६ पटकको विजेता बायर्न म्युनिख च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ । बुधबार राति रेडबुल साल्जबर्गविरुद्धको खेलमा किंग्लसले कोमानले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई स्तब्ध हुनबाट जोगाएका हुन् । कोमानले खेलको ९० औँ मिनेटमा थोमास मुलरको पासमा गोल गरेपछि अन्तिम–१६ खेलको पहिलो लेग १–१ को बराबरीमा सकियो । यसअघि पहिलो

साबिक विजेता एथ्लेटिको स्तब्ध

साबिक विजेता एथ्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा पुछारको टोली लेभान्तेसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा एथ्लेटिको १–० गोलअन्तरले पराजित भएको हो । दोस्रो हाफमा गोन्जालो मेलेरोले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।इन्जुरी समयमा एन्जेल कोरेयाले एथ्लेटिकोका लागि गोल फर्काए पनि त्यसलाई फल भन्दै रद्द गरिएको

इन्टरमाथि लिभरपुलको जित

इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ ।इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २–० जित निकालेको हो । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १–१ गोल गरे । योसँगै लिभरपुलले तीन अंक जोडेको छ । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिगमा आज ११औं चरणका अन्तिम दुई खेल हुनेछ । मछिन्द्र एफसीले बिहीबार सातदोबाटोलाई हराएर लिग उपाधि पक्का गरेसँगै अब उपाधि होड सकिएको छ । तर शीर्ष तीनमा रहने, मिड टेबलमा रहने र रेलिगेसनबाट जोगिनका लागि अझै क्लबहरू प्रतिस्पर्धामा छन् । आज दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी

एलपीएलमा एभरेस्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) विद्यालय स्तरीय अन्डर–१९ क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार एभरेस्ट एकेडेमी अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया विजयी भएका छन् । यो उनीहरूको लगातार दोस्रो जित हो । धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गरे ।

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फाउण्डेशनले पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण

श्रेयस कोलकाताको कप्तान नियुक्त

  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको लागि भारतीय ब्याट्सम्यान श्रेयस ऐयरलाई कप्तान नियुक्त गरेको छ । कोलकाताले बुधबार श्रेयसलाई कप्तान नियुक्त गरेको जनाएको छ । आईपीएल आगामी मार्च अन्तिमबाट सुरु गर्ने तयारी छ । कोलकाताले यसअघिका कप्तान दिनेश कार्तिकलाई रिलिज गरेपछि नयाँ कप्तानको खोजीमा थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.