गजल

 तारा लाओती लिम्बू  मलाई उनीसंगै प्रेम दिवस मनाउने मन छ रातो गुलाब उनकै हातमा थमाउने मन छ एक आपसमा भरपूर प्रेमभाव पोख्ने दिनमा बगैंचामा भेटी उनीसंगै मलाई रमाउने मन छ प्रेमिल जोडीहरू संगसंगै खुशीले रम्दै डुलिरहँदा फलैंचामा बसी ठट्टा गर्दै उनलाई हँसाउने मन छ मायाका शब्दहरू उनी सामु प्रकट गरिरहँदा मैले वाचा कसम खाँदै उनलाई दिलमा बसाउने मन छ चोखो माया प्रेम सायद कमैले गर्लान यो दुनियाँमा निस्वार्थ भई सदा उनलाई जीवनमा सजाउने मन छ -पथरी-शनिश्चरे नगरपालिका-१, मोरङ

नगर अस्पतालमा आकस्मिक र अन्तरंग सेवाका लागि चौविसै घण्टा उपचार सञ्चालन

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे २ स्थित नगर अस्पतालमा अव आकस्मिक र अन्तरंग सेवाका लागि चौविसै घण्टा उपचार सञ्चालन हुनेभएको छ । संविधानसभा सदस्य चण्डीप्रसाद राईले आइतबार आकस्मिक र अन्तरंग सेवाको उद्घाटन गर्दै नगरवासीकालागि स्वास्थ्यको पहुँच पुर्याउन नगरपालिकाले महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । उहाँले प्रत्येक वडामा समेत स्वास्थ्य

एमसीसी विरुद्ध पथरीशनिश्चरेमा विरोध प्रदर्शन

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आज विरोध प्रदर्शन गरेको छ । पार्टी सम्वद्ध युवा संगठनले आयोजना गरेको प्रदर्शनमा राष्ट्रघाती एमसीसी, खरेज गर, देश बेच्न–पाइदैन, सम्पूर्ण राष्ट्रवादी नेपालीहरु–एक हौं लगायतका नारा लगाउँदै पथरी बजार परिक्रममा गरेका

फिल्ममा नछुट्ने अनमोल–सलोनको जोडी, ‘हनी–बनी’मा पनि सँगै

अभिनेता सलोन बस्नेतले बाल्यकालमा केही नेपाली चलचित्रमा काम गरेपनि अर्का अभिनेता अनमोल केसी भने पर्दामा देखिएका थिएनन् । अनमोलले चलचित्र ‘साथी म तिम्रो’को एक गीतमा अभिनय गरेका थिए । दुवै कलाकार फिल्मी पृष्ठभूमिबाट हुर्किएकाले पनि उनीहरुलाई चलचित्र क्षेत्रको मोह भने थियो । अनमोल अभिनेता भुवन केसीका छोरा हुन् भने सलोन

प्रत्यक्ष दोहोरी कलाकार संघको अध्यक्षमा लामिछाने

प्रत्यक्ष दोहोरीमा सक्रिय कलाकारहरुको छाता संगठन ‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को अध्यक्षमा लोक तथा दोहोरी गायक रविन लामिछाने चयन भएका छन् । शनिबार भएको संघको पहिलो अधिवेशनले लामिछानेको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको हो । थुप्रै लोक दोहोरी गीतमा स्वर दिएका लामिछाने प्रत्यक्ष दोहोरीमा अब्बल गायक मानिन्छन् । अधिवेशनले संस्थाको

सिनेमा हल खुले, फेरि लागे ‘चपली हाइट ३’ र ‘कठपुतली’

२७ दिन बन्द रहेका सिनेमा हल आइतबारबाट खुलेका छन् । कोरोना संक्रमणको तेस्रो लहरका कारण बन्द रहेका देशभरका सबै हल खुलेसँगै दुई नेपाली चलचित्र रिलिज भएका छन् । शुक्रबारबाट रिलिज भएका दुई नेपाली चलचित्र फ्रेस भने होइनन् । यसअघि प्रदर्शन हुँदाहुँदै रोकिएका ‘चपली हाइट ३’ र ‘कठपुतली’ले दोस्रो अवसर पाएका

राजकुमार र भूमिको ‘बधाई दो’को कमजोर सुरुवात

भारतमा शुक्रबारदेखि नयाँ चलचित्र ‘बधाई दो’ रिलिज भएको छ । यो चलचित्रले बक्स अफिसमा अपेक्षित सुरुवात गर्न भने सकेन । चलचित्रलाई दर्शक र समीक्षकले राम्रो प्रतिक्रिया दिएका छन् । तर पनि बक्स अफिसमा भने शुक्रबार यो चलचित्रले १.६५ करोडको मात्र कमाइ गरेको छ । शनिबार भने ‘बधाई दो’ले बक्स अफिसमा

न्यायिक समितिसँग मानव अधिकारको कार्यक्रम मार्फत् सहकार्य गर्ने

क्रेजी संवाददाता पथरीशनिश्चरे । राष्ट्रिय मानव अधिकार आयोगले न्याय सम्पादनमा देशमै उत्कृष्ट काम गरेको भन्दै मोरङको पथरीशनिश्चरेस्थित न्यायिक समितिसँग मानव अधिकारको कार्यक्रम मार्फत् सहकार्य गर्ने बताएको छ । न्यायिक समितिसङग अन्तरक्रिया गर्दै आयोगका केन्द्रीय सदस्य मिहिर ठाकुरले गतिविधि बुझ्ने क्रममा न्याय सम्पादनको काममा देशमै उत्कृष्टमध्ये पथरी शनिश्चरे समेत अग्रस्थानमा रहेको

दीपिकालाई चुम्बन गर्दै रणवीरले गरे ‘गहराइयाँ’को प्रशंसा

दीपिका पादुकोणको मुख्य भूमिका रहेको बलिउड चलचित्र ‘गहराइयाँ’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । यो चलचित्रले समीक्षक र दर्शकको मन पनि जितेको छ । चलचित्रकोे प्रचार सामग्रीमा दीपिका निक्कै बोेल्ड देखिएकी छन् । चलचित्रमा उनको थुप्रै चुम्बनका दृश्य छन् । यी दृश्यहरुको विषयमा दीपिकाका श्रीमान रणवीर सिंहको प्रतिक्रिया के होला

अन्तराष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकप फागुन १३ बाट

क्रेजी संवाददाता पथरीशनिश्चरे । चौथो अन्तराष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकपको मिति सरेको छ । फागुनको ६ गतेबाट सुरु हुने भनिएको गोल्डकप फागुन १३ गतेबाट हुने भएको हो । अमरदह ढल्के जोवन युवा क्लब अमरदहको आयोजनामा मोरङको सुनवर्षी २ मा हुन गइरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.