प्रबल गुरुङको डिजाइन लगाएर मेटगालामा आलियाको डेब्यु (तस्वीर)

बलिउड अभिनेत्री आलिया भट्टले नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाएर विश्व फेसनको महाकुम्भ मेटगालामा डेब्यु गरेकी छन् । नेपाली समयानुसार मंगलबार बिहान न्युयोर्कमा भएको यो भव्य समारोहमा प्रबलको डिजाइनलाई आलियासहित दर्जन हलिउड सेलिब्रिटीले समेत लगाए । रेड कार्पेटमा डेब्यु गर्दा आलिया सेतो पर्ल गाउनमा सुन्दर देखिइन् ।

मोन्टी देशाई भन्छन् : नेपाली खेलाडीको प्रदर्शनमा खुशी छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले एसिसि मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताएका न् । मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सबिरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा

मेस्सी स्टाइलमा खेलाडीहरूको ट्रफी पोज

एसीसी प्रिमियर कप उपाधि जित्दै नेपाल यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ । मंगलबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।ऐतिहासिक जीतमा नेपाली क्रिकेट टोलीलाई बधाई दिने क्रम जारी रहेको छ । उता नेपाली खेलाडीहरूको खुसीयाली मनाउने क्रम पनि जारी रहेको छ ।

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । मंगलबार कीर्तिपुरस्थित खेल मैदानमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएईलाई हराउँदै नेपाली टोली एसिया कपमा छनौट भएको थियो । यस अवसरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले खेलाडीहरू, प्रशिक्षकहरू तथा सम्बन्धित पदाधिकारीहरूलाई बधाई ज्ञापन गरेका हुन् ।

प्रशिक्षकले भन्नुभएजस्तै मैले आफ्नो ‘स्ट्रेन्थ’मा खेलेँ : गुल्सन झा

एसीसी प्रिमियर कपको फाइनलमा ‘प्लेअर अफ द म्याच’ बनेका गुल्सन झाले आजको खेलमा आफूले प्रशिक्षक मोन्टी देसाईको सुझाव अनुसार आफ्नो स्ट्रेन्थमा खेलेको बताएका छन् । झाले ८४ बलमा ६७ रन बनाएपछि नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । अवार्ड लिँदै झाले भने, ‘प्रशिक्षकले आफ्नो स्ट्रेन्थमा खेल्नु भन्नुभएको थियो ।

सहिद स्मारक ’ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।एन्फा कम्प्लेक्स जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । जावलाखेल १३ खेलबाट २४ अङ्क जोडेर शीर्ष स्थानमा छ भने पुलिसले १२ अङ्कमा सीमित छ । यसैगरी, च्यासल खेल मैदानमा थ्री

सुरु हुँदै रारा फुटबल प्रतियोगिता

धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा सञ्चालन हुँदै आएको १०औँ रारा कप फुटबल प्रतियोगिता यही वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । जिल्लाको दोस्रो ठूलो यस फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था रारा (राजारानी) फुटबल क्लब धनकुटाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । चण्डी पूर्णिमाको अवसर पारेर यही

लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिँदै अङ्क बाँडे

लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अङ्क बाँडेका छन् । इङ्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अङ्क बाँडेका हुन् । किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । लेस्टरका

सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल

सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा वैशाख १८ गते मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालसहित सशस्त्र प्रहरी बल नेपालको टिमले सो खेलमा सञ्चारकर्मीहरूको टिमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको हो । सोही दिन प्रधान

एसीसी प्रिमियर कप : सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित

नेपालका सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको उत्कृष्ट खेलाडी छनोट भएका छन् । उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि लामिछानेले यो सबैका लागि खुसीको पल भएको बताए । उनले भने, ‘खेल भनेकै सबैले आ–आफ्नो तरिकाले योगदान दिने हो । आज पनि तेस्रो स्थानमा उक्लिएर गुल्सन झाले राम्रो योगदान दिए ।’ उनले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.