एसीसी प्रिमियर कप : कप्तान पौडेल एक रन बनाएर आउट
यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका हुन् । रोहन मुस्तफाले उनलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका हुन् । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए


