‘कृष्ण लीला’को रिलिज स्थगित
फिल्म ‘कृष्ण लीला’को रिलिज मिति सरेको छ । २७ चैत्र प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको लगानी जोखिममा परेको भन्दै रिलिज स्थगित गरेको हो । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले हल व्यवसायीहरुको साथ नभएको कारण फिल्म सार्नु परेको गुनासो गरे । ‘फिल्म २७ चैत्रमा रिलिज गर्न हामी तयार थियौं ।


