रिफ्युजी च्यालेन्ज कपको फाइनलमा योङ ब्रदर सिरिजंघा र आयोजक भिड्ने
क्रेजी साप्ताहिक पथरी । ५ औं रिफ्युजी च्यालेन्ज कपको फाइनलमा आयोजक वाई.एफ.सी. र योङ ब्रदर सिरिजंघा फुटबल क्लब भिड्ने भएका छन् । फाइनल खेल भोलि पथरी शनिश्चरे १० मा अवस्थित पथरी रंगशालामा हुदैछ । मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा दुधेलाई टाईब्रेकरमा पाखा लगाउदै योङ ब्रदर सिरिजंघाले फाईनलको यात्रा तय गरेको


