सुनिल थापा र भोलाराज सापकोटा स्टारर सिरिज ‘ब्रह्माण्ड’को छायांकन पोखरामा सुरु

नेपाली फिल्म र नाटकका चर्चित कलाकारहरु समावेश श्रृंखला ‘ब्रह्माण्ड’को छायांकन मंगलबारदेखि पोखरामा सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीले फिचर फिल्म ‘म’पछि यो सिरिजको निर्माण गरेको हो । स्थानीय गुप्तेश्वर मन्दिरमा मुहूर्त गरी छायांकन थालिएको हो । आठ घण्टाको यो सिरिजलाई आठ एपिसोडमा निर्माण गरिने भएको छ । नाटककार रियाजले

चलचित्र विकास बोर्डले ६ कथानक र ६ छोटा फिल्म निर्माणमा सघाउने (सूचीसहित)

फिल्म निर्माणमा प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले स्थापना गरेको स्टोरी बैंकका लागि यस वर्ष ६ वटा कथानक र ६ वटा छोटा फिल्म छानिएका छन् । बोर्डले सूचना जारी गर्दै छानिएका फिल्मको सूची सार्वजनिक गरेको छ । कथा र पटकथाको मूल्यांकनको आधारमा यी फिल्म छानिएको बोर्डले जनाएको छ । स्वदेशी फिल्मको

प्रतिस्पर्धी हिरोको फिल्म प्रचारमा सँगै उभिए प्रदीप र अनमोल

नेपाली फिल्म क्षेत्रका कलाकारबीच एकता छैन भनिन्छ । एकअर्कालाई सहयोग गर्ने परिपाटी नबन्दा हरेक कलाकारका फ्यानहरु पनि विभाजित छन् । अझ एक कलाकारको फिल्म रिलिज हुँदा वा प्रचार सामग्री सार्वजनिक हुँदा अर्को कलाकारले शुभकामना दिन समेत हिच्किचाएको पाइन्छ । बारम्बार कलाकारबीच एकता आवश्यक रहेको टिप्पणी पनि हुँदै आएको छ ।

‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा प्रकाश सपुत

गायक प्रकाश सपुत पछिल्लो गीत ‘सकम्बरी’लाई लिएर चर्चामा छन् । नारीद्वेषी भन्दै कतिपय यो गीतको विरुद्ध खनिएका छन् भने प्रकाशले चाहिं पितृसत्तात्मक कोणबाट उक्त गीत प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । जे होस्, यी दुई मतबीच ‘सकम्बरी’ रिलिजको पाँच दिनदेखि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ ।यो चर्चा र विवादको बीचमा गायक

प्रियंका चोपडा अभिनित सिरिज ‘सिटाडेल’को लण्डन प्रिमियर 

प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’को भव्य प्रिमियर गएराति लण्डनमा गरिएको छ । यो ग्लोबल प्रिमियरमा प्रियंका म्याडेन र श्रृंखलाका निर्मातासँग नीलो कार्पेटमा हिंडेकी थिइन् । प्रिमियरमा प्रियंका पति निक जोनस र आमा मधु पनि सहभागी रहे । उक्त ग्राण्ड प्रिमियरमा मिडियाका लागि पोज दिएका प्रियंकाको तस्वीर

अविवाहित इलियानाले गरिन् ‘प्रेग्नेन्सी’ घोषणा, कट्रिनाका भाइसँग अफेयरको हल्ला

बलिउड अभिनेत्री इलियाना डिक्रुजले विवाहबिनै ‘प्रेग्नेन्सी’ घोषणा गरेकी छन् । मंगलबार बिहान उनले आफू गर्भवती भएको खबर इन्स्टाग्रामबाट सार्वजनिक गरेपछि बलिउड तरंगित बनेको छ । तरंगित बन्नुको कारण के हो भने इलियाना अविवाहित हुन् । पोस्ट सेयर गर्दै इलियानाले आफूले सन्तानलाई जन्म दिन लागेको भन्दै ‘गुड न्युज’ सुनाएकी हुन् ।

आईपीएल क्रिकेटमा मुम्बईको तेस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । मुम्बईले मंगलबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई १४ रनले हराउँदै जित दर्ता गरेको हो। राजीव गान्धी अन्तराष्ट्रिय रंगशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो । त्यसअघि

एसीसी प्रिमियर कप क्रिकेट : आज पनि दुई खेल हुँदै

आज पनि दुई खेल हुँदै एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित खेल मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बुधबार बिहान पौने ९ बजे सुरु हुनेछ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको उदघाटन खेलमा नेपालले मलेसियालाई ६

रियय म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा सिट सुरक्षित गरेको छ । इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै साविक बिजेता स्पेनिस क्लब रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफसम्म बराबरीको खेल खेलेको भए पनि दोस्रो हाफको ५८ औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए

काठमाडौँ टिम च्याम्पियन

काठमाडौँले १३ औँ राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौँ टिम च्याम्पियन बनेको हो । प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णसाथ दोस्रो भयो । तेस्रो स्थानको मकवानपुरले ६ स्वर्ण हात पायो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.