च्याम्पियन युभेन्टस अन्तिम खेलमा पराजित
इटालियन सिरी ए को उपाधि जितिसकेको युभेन्टस अन्तिम खेलमा रोमासँग ३(१ ले पराजित भएको छ । क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा युभेन्टसले पहिले अग्रता लिएपनि रोमाले उत्कृष्ट पुनरागमन गर्दै खेल जितेको हो । यस्तै दोस्रो स्थानको इन्टरले तेस्रो स्थानको एटलान्टालाई पराजित गर्दा चौथो स्थानको लाजियो सातौं स्थानको नापोलीसँग पराजित भएको


