श्री सिद्धेश्वरद्वारा रक्तदान
ईस्वर दुलाल शनिश्चरे । पथरी शनिश्चरे ८ मा स्थापित श्री सिद्धेश्वर साकोसले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय देखिको बन्दाबन्दीे भएको कारण रक्तबैंकमा रगतको अभाव हुन नदिने हेतुले रक्तदान कार्यक्रम साकोसले आफ्नै कार्यालयमा मङ्लबार (आज) सम्पन्न गरेको हो ।


