सिन्धुपाल्चोक पुगेर फर्किए कलाकार, बाढी प्रभावितलाई पक्की घर बनाइदिने

असार १ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, दनुवारबस्ती लगायतका स्थान सर्वाधिक प्रभावित बने । अधिकांशको घर समेत बाढीले बगायो । यसपछि, यी बस्तीहरुमा खाद्यान्न र लत्ताकपडाको सहयोग उपलब्ध गराउन कलाकारहरु पनि पुगे । बाढी प्रभावित बासिन्दाहरुले भने आफूहरुलाई खाद्यान्न भन्दा पनि घर नै चाहिएको बताउँदै आएका थिए ।

स्विमिङमा रमाएकी प्रियंका

आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने नायिका हुन् । प्रियंकाले केही

कोरोना महामारीले धमाधम हल बन्द हुँदा निर्मातालाई तनाव

  चलचित्र संघको आँकडा अनुसार, कोरोना महामारीका कारण २ दर्जन हल बन्द भैसकेका छन् । नेपाली चलचित्रले राम्रो कमाई गर्ने हलहरु धमाधम बन्द हुँदा हललाई नै अन्तिम विकल्प मानेर चलचित्र रिलिजको पर्खाइमा बसेका निर्माताहरुको तनाव झनै बढेको छ । काठमाडौंका जय नेपाल, कुमारी, गोपिकृष्ण, गंगा लगायतका हलबाट निर्माताले राम्रो शेयर

७० लाखमा कार किनेपछि पुष्प भन्छन्–‘सपना पुरा हुँदैछ’

नेपाली चलचित्र क्षेत्रमा नायक पुष्प खड्काको व्यस्तता दिनप्रतिदिन बढिरहेको छ । कोरोनाको कारण केही महिनादेखि चलचित्रको काम ठप्प भएपनि पुष्प म्यूजिक भिडियोमा व्यस्त छन् । उनै, पुष्प खड्काले सोमबार ७० लाखमा क्रेटाको गाडी खरिद गरेका छन् । सेतो रंगको कार खरिद गरेपछि पुष्पले भने–‘मैले यो क्षेत्रमा आउनु अगाडि केही सपनाहरु

आफ्ना लागि आर्थिक संकलन नगरिदिन पल्पसाको आग्रह

हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा

विक्कीलाई ‘कमेडी च्याम्पियन’मा भोट गर्न सिक्किमका मुख्य मन्त्रीको ५ लाख सहयोग

नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन चलिरहेको छ । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो टप ७ सम्म पुगेको छ । यो शोको उत्कृष्ट ७ मा पुगेका प्रतिस्पर्धीविच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ । प्रतिस्पर्धीहरुको भिडमा सिक्किमबाट आएका विक्की अग्रवाल पनि चर्चामा

‘मिस वर्ल्ड’मा ‘पपुलर च्वाइस’का लागि नम्रताले मागिन् भोट

यो बर्षको डिसेम्बर १६ तारिखमा अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगीतामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् । ‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न आफ्ना

सुनसान फिल्म बजारमा कलाकारको महंगो पारिश्रमिक

डेढ बर्षदेखि शुन्य अवस्थामा रहेको नेपाली चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ अझै भन्न सकिने अवस्था छैन । चलचित्रबाट नै करिअरलाई अगाडि बढाइरहेका धेरै चलचित्रकर्मीको भविष्य अन्यौलमा छ । केही कलाकार र प्राविधिकहरुले म्यूजिक भिडियोबाट राम्रै रकम कमाएपनि सबैको अवस्था भने यस्तो छैन । कतिपय कलाकारले भिडियोमा काम गरेका छैनन् ।

जन्मदिनमा ऋचाः पर्दामा चरित्र खोज्ने एक नायिका

चलचित्र ‘फस्ट लभ’बाट नेपाली चलचित्रमा प्रवेश गर्दै गर्दा नायिका ऋचा शर्माको करिअर कुन गतीमा दौडिन्छ, कमैले मात्र अड्कल लगाएका थिए । लभ स्टोरी चलचित्रबाट उदाएकी ऋचाले करिअरको दौडको दौरानमा आफूलाई विभिन्न पात्रमा ढालेकी छिन् । आज आफ्नो जन्मदिन मनाइरहेकी ऋचा सन्तानलाई जन्म दिने दिनको प्रतिक्षामा छिन् । डेढ बर्ष अगाडि

कलाकार तथा रेस्लर खड्कालाई कलाकार संघको सहयोग

नेपाल चलचित्र कलाकार संघले कलाकार तथा नेपालको पहिलो महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष भगवती खड्कालाई आर्थिक सहयोग गरेको छ । संघले खड्कालाई २३ हजार नगद सहयोग गरेको हो । कोभिडको दोश्रो भेरियन्टबाट पिडित खड्का समस्यामा रहेकोले कलाकार संघले सहयोग गरेको हो । आफू कोभिडबाट पिडित भएको र महिला रेस्लरलाई सहयोग