मिस अर्थमा सरिशाले पेस गरिन् राष्ट्रिय पोशाक, जंगल र चरा संरक्षणको सन्देश

फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा शनिबार बेलुका नेसनल कस्ट्युम प्रतिस्पर्धा भएको छ । जहाँ प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे । भर्चुअल माध्यमबाट भएको प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले वनजंगलको आत्मा प्रतिविम्बित गर्ने पोशाक प्रस्तुत गरिन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसको रातो रङ र वनस्पतिको हरियो

कलाकारले राजनीतिकर्मीबाट अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी खोजिरहेका छन् : नीर शाह

वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहले राजनीतिकर्मीबाट कलाकारले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी खोजिरहेको बताएका छन् । नेपाली कांग्रेसले चलाएको निर्वाचन संवादमा कुरा गर्दै शाहले संगीत, नाटक र चलचित्र क्षेत्रका व्यक्तिहरु निरकुंशताको पक्षमा उभिन नसक्ने बताए । ‘राजनीतिकर्मीसँग कलाकारको सम्बन्ध अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीलाई लिएर हो । यसकारण राजनीतिकर्मीसँग कलाकारको सम्बन्ध राम्रो

‘महापुरुष’ नेपालमा दोस्रो शनिबार पनि आक्रामक, अमेरिकामा थपियो शो

नेपालमा दोस्रो सप्ताहन्तमा समेत उत्कृष्ट कमाइ गरिरहेको फिल्म ‘महापुरुष’ले अमेरिकी र अष्ट्रेलियाली बजारमा सन्तोषजनक कमाइ गरिरहेको छ । डलासबाट अमेरिका प्रदर्शन थालेको फिल्मले एट्लान्टा, रेले, डेनभर, ह्युस्टन, अस्टिन, लस एन्जल्स, एक्रोनमा दैनिक कम्तीमा दुईवटा शोजसहित प्रदर्शन गरिरहेको छ । अमेरिका वितरणको जिम्मा लिएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका अनुसार युलेलस्थित सिनेपोलिस

सेलेना गोमेजलाई आमा बन्न नपाउने चिन्ता

अमेरिकी गायिका सेलेना गोमेज व्यवसायिक जीवनसँगै निजी कुराले पनि चर्चामा रहन्छिन् । उनलै हालै खुलासा गरेको एक कुराले चाहिं सबैलाई छक्क बनाएको छ । आफू कहिल्यै आमा बन्न नसक्ने हो कि भन्ने चिन्ता आफूलाई लागिरहेको खुलासा सेलेनाले गरेकी छन् । आफूले कहिल्यै बच्चालाई जन्म दिन नसक्नेबारे उनको चिन्ता देखिएको छ

भूमिका र प्रकाशको जोडी ‘देउराली’मा फिट, गीत पनि हिट

लोक सांगीतिक दुनियाँमा भूमिका गिरी र प्रकाश दूतराजको जोडी जमेको छ । उनीहरुले १० दिन अगाडिमात्रै सार्वजनिक गरेकोे ‘देउरालीमा’ गीतले युट्युबमा १२ लाख भन्दा बढी भ्युज बटुलिसकेको छ । यसअघि उनीहरुकै ‘चोली मैलै भो’ गीतले १ करोडभन्दा बढी भ्युज पाएको थियो । ‘देउरालीमा’ गीत कात्तिक ८ गते मात्रै भूमिका गिरीको

नेपालमा यसरी खिचियो फिल्म ‘उचाइ’, अनुपम खेर भन्छन्– जीवनकै चुनौतीपूर्ण फिल्म

बलिउड फिल्म ‘उचाइ’ आगामी साता नेपालमा समेत रिलिज हुँदैछ । नेपालका पर्यटकीय थलोमा छायांकन भएकाले पनि नेपाली दर्शक यसको प्रतीक्षामा छन् । झण्डै एक महिना नेपालमा रहेर छायांकन गरिएको यो फिल्मले नेपालमा मात्र २० करोड रुपैयाँभन्दा बढी खर्च गरेको अनुमान छ । ठूलै संख्यामा आएको भारतीय कलाकार र प्राविधिकको टोलीले

घरको पूजाकोठामा भगवानसँगै महजोडीको फोटो पनि राख्छु : प्रदीप भट्टराई

निर्देशक प्रदीप भट्टराई र महसञ्चार एकअर्काका पर्यायजस्तै हुन् । एकबिना अर्को अधुरो हुन आउँछ । महसञ्चारकै गोरेटोमा प्रदीपले फिल्म निर्देशनको करिअर बनाए ।महजोडी र प्रदीपको पछिल्लो सहकार्य फिल्म ‘महापुरुष’ अहिले हलमा चलिरहेको छ । सकारात्मक प्रतिक्रिया मात्र होइन, फिल्मले बक्स अफिसमा पैसा पनि छापिरहेको छ । हरिवंशदेखि निर्देशक भट्टराईसम्म फिल्मको

फिल्म ‘नीरमाया’को गीत ‘मायाको रङ हुँदैन’मा जातीय विभेदविरुद्धको सन्देश

जातीय छुवाछुतको कथावस्तुमा निर्माण भएको फिल्म ‘नीरमाया’को पहिलो गीत ‘मायाको रङ हुँदैन’ सार्वजनिक भएको छ । रिमेशकुमारको संगीत रहेको गीतमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर समावेश छ । उत्तम भेटवालको रचना छ ।गीतमा फिल्मका मुख्य कलाकारहरु जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल र समृद्धि पौडेल चित्रित छन् । रमेश

चेतन कार्कीका शब्द समावेश गीति एल्बम ‘म चेतन’ सार्वजनिक

गीतकार तथा फिल्म निर्देशक स्वर्गीय चेतन कार्कीको गीति संग्रह ‘म चेतन’ सार्वजनिक भएको छ । कार्कीको ८४ औं जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा म्युजिक नेपालले उक्त गीति संग्रह सार्वजनिक गरेको हो । कार्कीका शब्द यसअघि विभिन्न गीति एल्बममा फुटकर रुपमा समावेश गरिएका भए पनि ‘म चेतन’ भने उनको

सेन्सर अनुमति नपाउँदा नेपालमा रोकियो अक्षय कुमारको फिल्म ‘रामसेतु’

चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि अक्षय कुमार स्टारर बलिउड फिल्म ‘रामसेतु’को नेपाल रिलिज रोकिएको छ ।बोर्डका प्रदर्शन तथा वितरण अधिकृत गिरीश शर्माले दिएको जानकारीअनुसार वितरकले समयमै कागजपत्र पेस नगर्दा फिल्मले सेन्सरको अनुमति नपाएको हो । वितरण संस्था डिजिटल सिनेमा नेपाल (डीसीएन)ले उक्त फिल्मलाई शुक्रबार नेपालव्यापी रिलिजको तयारी गरेको थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.