मिरुनाले लण्डनको ब्रनेल विश्वविद्यालयबाट जितिन् स्वर्णपदक

अभिनेत्री मिरुना मगरको लागि यो वर्ष तीतोमीठो रह्यो । यही साल उनी अभिनित फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बन्यो । यही साल फुर्वा लामा प्रकरणमा उनी विवादित भइन् । उनको जीवनमा बुधबार नयाँ खुसी थपिएको छ । उनी लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण मात्र भएकी छैनन्, ब्रनेल गोल्ड अवार्ड पनि जितेकी

गोपीकृष्ण मुभिजको नयाँ फिल्ममा पनि सौगात र सृष्टि !

गोपीकृष्ण मुभिजको आगामी फिल्ममा पनि सौगात मल्ल र सृष्टि श्रेष्ठ ‘स्क्रिन कपल’कै रुपमा दोहोरिने भएका छन् । बुधबार काठमाडौंमा आयोजित फिल्म ‘माइकल अधिकारी’को पत्रकार सम्मेलनमा निर्माता निरक पौडेलले यस्तो संकेत गरेका हुन् । ‘मलाई जिन्दगीभर उहाँहरुसँग काम गर्ने इच्छा छ र आउने प्रोजेक्टमा पनि उहाँहरुसँगै काम गर्न इच्छुक छु,’ निर्माता

नेटफ्लिक्सले गुमायो थप १० लाख ग्राहक, ब्लकबस्टर सिरिजमाथि भरोसा

स्ट्रिमिङ प्लेटफर्मको रुपमा लामो समय शासन गरेको नेटफ्लिक्स यतिबेला भने आफ्नो साख जोगाउन कठिन लडाईं लडिरहेको छ । गत अप्रिलदेखि जुलाईबीचमा नेटफ्लिक्सले १० लाख सब्सक्राइबर गुमाएको छ । तर त्यो मात्रै उसको लागि डर पक्कै होइन । प्लेटफर्मका कार्यकारी प्रमुख रिड हास्टिङले थप सब्सक्राइबरले नेटफ्लिक्स छाड्न सक्ने बताए । पछिल्लो

मिस्टर एण्ड मिस थारु–२०२२ को आवेदन खुला, १० सहरमा अडिसन हुने

चौथो संस्करणको मिस्टर एण्ड मिस थारु–२०२२ को आवेदन खुला गरिएको छ । प्रतियोगितामा सहभागी हुने चाहने युवायुवतीले रजिस्ट्रेसन डट जहइन्टरटेनमेन्ट डटकम वेबसाइटमा गएर आवेदन दिन सकिने आयोजक जह इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । यस्तै खल्ती एपमार्फत पनि आवेदन दिन सकिने प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश चौधरीले जानकारी दिए ।

‘केजीएफ–२’लाई उछिन्दै ‘कबड्डी ४’ बन्यो क्यूएफएक्समा धेरै कमाउने फिल्म

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘कबड्डी ४’ले सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान रचेको छ । मंगलबारसम्मको कमाइ हेर्दा दयाहाङ राई स्टारर फिल्मले भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाइलाई पनि उछिनेको छ । मंगलबारसम्म क्यूएफएक्सका २६ वटा पर्दाबाट ‘कबड्डी ४’ ले ७ करोड ९ लाख रुपैयाँ ग्रस कमाएको छ

सम्झौता गरेर मात्रै मेरो लगानीका गीत स्टेजमा गाउनुस् : वसन्त सापकोटा

संगीतकार वसन्त सापकोटाले आफ्नो लगानीका गीतलाई सार्वजनिक कार्यक्रममा गाउनुपूर्व अनिवार्य आफूसँग सम्झौता गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत बुधबार वक्तव्य जारी गर्दै सापकोटाले सम्झौता नगरी गीत नगाउन चेतावनी दिएका हुन् । आफ्नो अनुमतिबिना गीत गाइए प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी उपचारमा जाने उनको भनाइ छ । ‘यतिबेला सार्वजनिक

फष्टलुक सार्वजनिक गर्दै ‘बबली बाउन्सर’ को रिलिज डेट घोषणा

अभिनेत्री तमन्ना भाटियाको मुख्य भुमिका रहेको फिल्म ‘बबली बाउन्सर’ २३ सेप्टेम्बर २०२२ मा रिलिज हुने भएको छ । मधुर भण्डारकरको निर्देशन रहेको फिल्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको हो । स्टार स्टुडियो र जंगली पिक्चर्सको निर्माण रहेको फिल्म हिन्दीको अलवा तमिल र तेलगु भाषामा पनि रिलिज हुनेछ । निर्माण

फिल्म स्क्यान्डलले होइन, कन्टेन्टले चल्छ : प्रदीप

अभिनेता प्रदीप खड्काले फिल्म स्क्यान्डलले भन्दा पनि कन्टेन्टले चल्ने बताएका छन् । स्क्यान्डलले फिल्म रिलिजको दिन दर्शक हलमा ल्याउनेबाहेक अन्य केही नगर्ने उनको भनाइ छ । ‘स्कयान्डल लगायत चर्चाले रिलिजको दिन केही फाइदा गर्ला, तर चल्नलाई फिल्म नै राम्रो हुनुपर्छ’ प्रदीपले भने, ‘स्क्यान्डलले फिल्म चल्छ भन्ने म मान्दिनँ ।’ स्क्यान्डलको

ट्रेलरमा यस्तो देखियो प्रदीपको ‘प्रकाश’

दिनेश राउतको निर्देशन रहेको फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका केही मुख्य विषयवस्तुले प्रथामिकता पाएका छन् ।विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको कथामा निर्माण भएको यो फिल्म १० भदौमा रिलिज हुँदैछ ।

विश्वचर्चित ब्याण्ड चेनस्मोकर्सले अन्तरिक्षमा कन्सर्ट गर्ने

विश्वचर्चित सांगीतिक समूह द चेनस्मोकर्सले अन्तरिक्षमा कन्सर्ट गर्ने भएको छ । एपीका अनुसार अनुसार सन् २०२४ मा सांगीतिक कार्यक्रम गर्दै ब्यान्डले कीर्तिमान रच्न लागेको हो । ब्यान्डका दुई सदस्य ड्रु ट्यागगार्ट र एलेक्स पालले अन्तरिक्ष पर्यटन कम्पनी वल्र्ड भ्युसँगको साझेदारीमा पृथ्वीबाट करिब २० माइलमाथि हुने कन्सर्टको लागि अन्तरिक्ष बेलुन र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.