महिला समूहलाई आत्मनिर्भर बनाउन ढाकातान तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा अवस्थित दोहोलु शुक्रबारेमा पथरी शनिश्चरे नगरपालिकाको सहयोग र नुमाफुङ महिला समुहको आयोजनामा पैंतालीस दिने ढाकातान तालिम सुरुवात भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना बिष्ट बास्तोलाले महिलाहरु सामाजिक र आर्थिक परिवर्तनमा सिपमुलक तालिमहरु मार्फत् दक्ष

कानेपोखरीमा नयाँ प्रशासकीय अधिकृत घिमिरे

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा नव प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई स्वागत गरिएको छ । ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाबाट सरुवा भइ कानेपोखरी आएका घिमिरेलाई पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम लगायतले स्वागत गरेका हुन । आज बिहिवार पालिकाको सभाहलमा सम्पन्न स्वागत कार्यक्रममा बोल्दैँ पालिका अध्यक्ष काफ्लेले गाउँपालिकाको

सहकारी संस्थाको सघन अनुगमन

क्रेजी संवाददाता पथरी । नगरस्थित सहकारी शाखाले पथरी शनिश्चरे नगरका ५ सहकारी संस्थाको सघन अनुगमन गरिएको छ । प्रदेश सहकारी रजिष्टारको कार्यालयले उपलब्ध गराएको सघन अनुगमनको फर्मेट अनुसार नगरको नियमन क्षेत्राधिकारभित्रका ५ सहकारीको त्यस प्रकारको अनुगमन गरिएको हो । नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, सहकारी

पथरीमा भ्वाइसका फाइनलिष्ट रुक्सानालाई सम्मान

ईस्वर दुलाल पथरी । नेपालको पहिलो रियालिटी शो द भ्वाइस किड्स अफ नेपाल–२०७८ को फाइनलिष्ट रुक्साना लिम्बुलाई पथरीशनिश्चरेमा सम्मान गरिएको छ । आज किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरेले रुक्सानालाई सम्मान–पत्र सहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा किरात याक्थुम चुम्लुङ केन्द्रीय सदस्य खिनमाया लिम्बु, प्रदेश नम्बर १ सदस्य सन्तोष

मिलन चौकमा रुक्सानाको सांगीतिक प्रस्तुति

क्रेजी संवाददाता शिवसताक्षी । गायन रियालिटी सो ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे फिनाले सम्मको यात्रा तय गर्न सफल रुक्साना लिम्बुले झापाको शिवसताक्षी–७ मा अवस्थित मिलन चौकमा सांगीतिक प्रस्तुति दिएकी छिन् । मंगलबार साँझ मिलन चौकमा आमा सहित आएकी लिम्बुले आफूले द भ्वाइस किड्समा प्रस्तुत गरेको गीतहरु गाएर उपस्थित दर्शकहरुलाई मनोरञ्जन

रेडस्टार माविलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे –२ मा अवस्थित रेडस्टार माध्यमिक विद्यालयले ईन्टरनेशनल स्कुल (आइसए) अवार्ड जितेको छ । अवार्डका लागि यस वर्ष २०२१ को विभिन्न प्रोजेटहरुको संचालन तथा संपादन गरीसकेको रेडस्टार माविले प्रथम, फूल इन्टरनेशनल स्कूल अवार्ड हात पारेको हो । अब पूर्वी मोरङमै रेडस्टार मावि सो अन्तर्राष्ट्रिय स्कूल

न्यायिक समितिद्वारा पालिकाहरूको न्यायिक अवलोकन भ्रमण

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरको न्यायिक समितिले न्याय सम्पादनका आफ्ना गतिविधि थप प्रभावकारी बनाउने उद्देश्यले ३ वटा पालिकाको न्यायिक अध्ययन अवलोकन भ्रमण गरेको छ । मकवानपुरको हेटौडा उपमहानगर उपप्रमुख मिनाकुमारी लामा, गोरखा नगर उपप्रमुख विनाकुमारी श्रेष्ठ र पाल्पाको तानसेन नगरका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे सहित न्यायिक समितिसँग

नेतृत्व विकास तालिम सम्पन्न

क्रेजी साप्ताहिक दमक – झापाको दमक ४ स्थित युएनडिपि नेपालको आर्थिक सहयोग र धिमाल महिला संघ केन्द्रिय समितिको आयोजनामा सात दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । ठुलो अर्नाखाडी दमक ४ मा रहेको धिमाल ग्रामथानको सभा हलमा झापा र मोरङका गरी ३० जना धिमाल महिलाहरुले नेतृत्व विकास सम्बन्धि तालिम

मिक्लाजुङ्ग ४ ले गर्यो खेलाडीलाई सम्मान्

लङसिङ श्रेष्ठ मिक्लाजुङ , मोरङ्ग मिक्लाजुङ्ग गाउँपालिका वडा न ४ ले अघिलो बर्ष सम्पन्न प्रथम अध्यक्ष कप रनिङ्ग सिल्ड फूटबल प्रतियोताको उपबिजेता टिमलाई सम्मान गरेको छ । खेलाडीहरु लाई प्रोत्साहन गर्ने उद्ेश्यका साथ वडाले उपबिजेता टिमका खेलाडीहरु र प्रशिक्षकलाई सोमबार एक कार्यक्रमका विच प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान् गरेको हो

उर्लाबारी क्याम्पसमा पत्रकारिता पढाइ हुने

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी–४ मा अवस्थित उर्लाबारी बहुमुखी क्याम्पसमा यही शैक्षिक सत्र २०७८ बाट ४ वर्षे स्नातक तह (वि.ए.)मा पत्रकारिता र सामाजिक कार्य विषय पठनपाठन सुरु हुने भएको छ । पूर्वाेत्तर मोरङको पुरानो र अग्रणी शिक्षा प्रदायक क्याम्पसले सोमबार क्याम्पस हातामा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.