मोरङको रतुवामाईमा सुस्तमनस्थितिकी बालिकामाथि बलात्कार
मोरङको रतुवामाईमा सुस्तमनस्थितिकी एक बालिकामाथि बलात्कार भएको छ । बलात्कारमा संलग्न एक वृद्ध पक्राउ परेका छन् । रतुवामाई नगरपालिका–४ का ६६ वर्षीय फौदीलाल मुखियाले ८ वर्षीया बालिकामाथि बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार पीडित बालिकाका अभिभावकको किटानी जाहेरीका आधारमा मुखियालाई पक्राउ गरिएको छ


