खुकुरी प्रहार गरि गाउँपालिका अध्यक्षका छोराकोे हत्या
क्रेजी साप्ताहिक दाङ । खुकुरी प्रहारबाट गाउँपालिका अध्यक्षका छोराको हत्या भएको छ । खुकुरी प्रहार गरी सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोराको सोमबार हत्या गरिएको हो । दाङको तुलसीपुर उपमहानगरपालिका ५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ


